इटहरी । सुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीको १८ औँ वार्षिक साधारणसभा २०८३ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षता तथा निवर्तमान उपाध्यक्ष चेतन भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका अतिथि चन्द्रप्रसाद कोइराला, सञ्चालक समिति सदस्य प्रमीला पराजुली तथा शिक्षा उपसमिति संयोजक भवनाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो। २०६५ सालमा २५ जना शेयर सदस्य र पाँच लाख २० हजार रुपैयाँ शेयर पुँजीबाट स्थापना भएको संस्थामा हाल एक हजार ९१५ जना शेयर सदस्य आबद्ध छन्।
संस्थाको शेयर पुँजी ३ करोड ६ लाख रुपैयाँ, निक्षेप सङ्कलन ३८ करोड १९ लाख ३६ हजार ४३० रुपैयाँ तथा ऋण लगानी ११ करोड ३३ लाख रुपैयाँ रहेको छ। साधारणसभाका अवसरमा संस्थाको स्थापना तथा सञ्चालनमा योगदान पु¥याउने व्यक्तित्व, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा बाल बचतकर्तालाई सम्मान गरिएको थियो। त्यसैगरी एसईई तर्फ तीन जना र कक्षा ११ तथा १२ तर्फ तीन जना गरी छ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको थियो। कक्षा १२ मा उत्कृष्ट जीपीए हासिल गरी उत्तीर्ण विद्यार्थीलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ। विद्यार्थीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गर्दै उनीहरूको शैक्षिक प्रगतिलाई प्रोत्साहन गर्ने र आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ।
कार्यक्रममा अध्यक्ष पोखरेलले सदस्यहरूको विश्वास, साथ र सहयोगकै कारण संस्था निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको बताउनुभयो। प्रमुख अतिथि भट्टराईले सहकारीले सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्नुका साथै आर्थिक आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सञ्चालक समिति तथा शेयर सदस्यहरूले संस्थाको प्रगति र आगामी योजनाबारे आ–आफ्ना धारणा राखेका थिए। संस्थाले आगामी दिनमा सदस्यहरूको आर्थिक अवस्था सुधार, बचत प्रवद्र्धन तथा गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकता दिँदै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


