काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका लागि प्रदशृन गर्न सरकारले बल्खु स्थान तोकिदिएको छ ।प्रसाईंले ७ मंसिरमा राजधानी केन्द्रति प्रदर्शनको घोषणा गरेका छन् । यसअघि सोही दिन घोषित एमाले युवा संघको प्रदर्शनका लागि सोमबार स्थानीय प्रशासनले तिनकुने तोकिदिएको थियो ।प्रसाईं र युवासंघ दुवैले माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्ने घोषणा गरेपछि सम्भावित झडपको स्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न भनेको हो ।यसअघि सोमबार प्रशासनले दुवै समूहका प्रतिनिधिलाई बोलाएर छलफल समेत गरेको थियो । यस्तै बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्रमा एक महिनासम्मका लागि निषेधाज्ञ
काठमाडौं / एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय सल्लाहकारमा सुशान्त (मिक्कि) सुवेदी, आशिष् अधिकारी र दीपक पराजुली मनोनीत भएका छन् ।मोरङको विराटनगर निवासी दुवै जना पर्थमा रहेर विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नुहुने सुवेदी र पराजुली सल्लाहकारमा मनोनीत हुनुभएको एनआरएन वेसर्टन अस्ट्रेलियाका यूथ कोडिनेटर मनिष सिग्देलले जानकारी दिनुभयो ।यस्तै काठमाडौँ निवासी अधिकारी समेत अस्ट्रेलियामा रहेर सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । सबैलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै सिग्देलले वहाँहरूको सहकार्यमा अस्ट्रेलिया रहेका नेपालीहरूको हितको लागि थप काम गर्न हौसला मिल्ने अपेक्षा गरिएको छ । पराजु
दिपक प्रसाद पौडेलको छैठौं पुस्तक "जीवन यात्रा र अनुभूति" प्रकाशन भएको छ । (संस्मरण ) ७ खण्ड मा ३४ वटा लेख र तस्बिरहरू समाबेस भएको पुस्तक २२४ पृष्ठ काे रहेको छ । २०७९ मा छपाइ कार्य सम्पन्न भएर २०७९ पुस २५ गते आफ्नो जन्मदिनम बिमाेचन / सार्वजनिक गर्ने तयारी भए पनि २०७९ पुस ०२ गते ममतामयी माता बिष्णु कुमारी पाैडेल स्वर्गीय हुनुभएकोले, माताकाे बार्षिक कार्य सम्पन्न पछी ,पुस्तक सार्वजनिक गरेर सहयाेगी, इष्टमित्र, साथीहरूलाई उपलब्ध गराउने इच्छा राखेको। तर २०८०/०७/०९ गते पिता बिष्षु प्रसाद पाैडेल समेत स्वर्गीय हुनुभएकोले हाम्रो दुखकाे याे समयमा पुस्तक बिमाेचन/ सार्वजनिक का
भोजपुर / भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् ।बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएका छन् । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबिजनभन्दा ठूलो समस्या बाँदर बनेको उनको भनाइ छ ।पछिल्लो समयमा बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको बोखिमका किसान गङ्गा प्रधानले बताए । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्न
इटहरी : इटहरी जेसीजको ३६ औँ शाखा अधिवेशनबाट सुमन सुवेदी सर्वसम्मत रूपमा निर्वाचित भएका छ्न् ।जेसीज भवनमा सम्पन्न अधिवेशनबाट सुवेदी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।उनले लामो समयदेखि इटहरी जेसीजमा सक्रिय भएर काम गरेका थिए । यस्तै, कार्यकारिणी उपाध्यक्षमा मिलल कार्की र प्रज्वल बस्नेत निर्वाचित भएका छन् ।यस्तै, सचिवमा प्रदोश ढकाल तथा उपाध्यक्षहरूमा सरोज कार्की, सरोज चौलागाईं, सन्तोष ढकाल र खगेन्द्र चौलागाईं चयन भएको निर्वाचन अधिकृत गोकुल थापाले जानकारी दिए ।नवनिर्वाचित अध्यक्ष सुवेदीले सन् २०२४ का लागि निर्वाचित यस कार्यसमितिले आगामी वर्ष नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको आतिथ्यता
सुनसरी / धनकुटाको पर्यटकीय क्षेत्र राजारानीमा प्रथम ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति रारा अन्तराष्टिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार राजारानीमा पत्रकार सम्मेलन गर्दै रारा भेट्रान फुटवल क्लव राजारानी धनकुटाको आयोजनामा यहीँ मंसिर ११ गते देखि १४ गतेसम्म राजारानीमा प्रथम रारा अन्तराष्टिय आमन्त्रण भेट्रान फुटबल हुने प्रतियोगिता हुने भएको छ । १४ गते साँझ राष्ट्रिय कलाकारहरूको प्रस्तुतीसँगै नृत्य प्रतियोगिता हुने भएको छ ।Bermiok-Namphing v Fc Sikkim, Damak Lakhanpur v Fc Jhapa, Hamro Itahari v Fc , Hamro Dharan v Fc ,Megha Biratnagar v fc , Dudhe v
इटहरी/ मालिका बचत तथा ऋण सहकारीले १३औँ साधारणसभा सम्पन्न गरेको छ ।इटहरी स्थित गंगा जमुना पार्टी प्यालेसमा आयोजिक कार्यक्रम मालिका बचत तथा ऋण सहकारीका अध्यक्ष नबिन गिरी को सभापतित्व तथा इटहरी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य साथै इटहरी उपमहानगरपालिका सहकारी साखा प्रमुख बाल कुमार पोख्रेल र जिल्ला सहकारी संघ सुनसरी अध्यक्ष गंगा दाहाल को विशेष आतिथ्यमा सहकारीको साधारणसभा गरिएको हो । कार्यक्रम सन्चालन सस्थाका सचिब कपिल घिमिरेले गरेका थिए । कार्यक्रममा अतिथिहरु अडिटर दुर्गा प्रसाद पोखरेल, अभियन्ता टोल बिकास सस्थाका अध्यक्ष गोपाल घिमिरे लगायतको उपस्थिति रहेको थि
विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको दोस्रो बैठकले तेह्रथुमका लक्ष्मण तिवारीलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेबारी दिएको छ ।कोशी प्रदेशका पूर्वमन्त्री समेत रहेका तिवारीलाई प्रचार विभाग सगैं प्रदेश प्रवक्ताको जिम्मेवारी समेत दिइएको हो।यस्तै बैठकले विभिन्न विभागका प्रमुख र संगठनका इन्चार्जहरु समेत तोकेको छ । साथै प्रदेश कमिटिमा ११ जनालाई मनोनित समेत गरेको छ ।बैठकले ३८ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
काठमाडौं । जिल्ला प्रशासन काठमाडौले माइतिघर मण्डलादेखि बानेश्वरसम्म मंसिर मसान्तसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।निषेधित क्षेत्र घोषण भएसगै आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको हो ।जिल्ला प्रशासन आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने सूचना जारी गरेको हो ।स्थानीय प
विराटनगर : नेकपा एमाले कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् ।दोस्रो बैठक बसेको १० दिनपछि अन्तर कमिटी निर्देशन–२ मार्फत मनोनितको नाम सार्वजनिक भएको हो ।१० प्रतिशत (करिब २२ जना) मनोनित गर्ने व्यवस्था भएपनि अहिले ११ जना मनोनित गरिएको छ । मनोनित हुनेमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी छन् । त्यस्तै संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा रहेका छन् ।करिब ६ सय सदस्य प्रदेश कमिटी गत असोजमा निर्वाचन भएपछि २१५ मा कायम भएको थियो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.