All Posts By कोशी प्रेस

    Showing १०,१६१-१०,१७० of १३,७४३ items.
  • आम्दानीको स्रोत गुमाउँदै हिमाली क्षेत्रका सामुदायिक वन

    सुनसरी / तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् ।निर्यातका लागि आवश्यकपर्ने पूर्वाधार नहुँदा पर्याप्त वनपैदावार सम्मभावना भएका हिमाली क्षेत्रका सामुदायिक वनहरूले आफ्नो आम्दानीको स्रोत गुमाउनु परेको हो । सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा वनपैदावार त्यतीकै वनमै सढेर जाने गरेको छ । यातायात साधन पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्या हुनुजस्ता कारण हिमाली क्षेत्रका समुदायिक वनहरूले आम्दामीको स्रोत गुमाउनु परेको हो ।ताप्लेजुङका आधाभन्दा धेरै भूगोल ओगटेको कञ्चन

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • १८९ पटक पढिएको
  • चिर्पटले हानेर श्रीमतिको हत्या

    सुनसरी / खोटाङमा चिर्पटले हानेर श्रीमानले मादक पदार्थ सेवन गरी श्रीमतिको हत्या गरेका छन्  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका छन् ।४० वर्षीय दावाले  बिहीबार साँझ करिब ७ बजे ३६ बर्सिया लाक्पा शेर्पालाई चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरूबिच सामान्य विवाद हुँदा श्रीमानले चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ  ।श्रीमती लाक्पाको शव घरदेखि करिब २०० मिटर टाढा गोरेटो बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन ।  चि

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • १७२ पटक पढिएको
  • तेह्रथुमको फेदापमा आगलागी हुँदा पसलमा क्षति

    तेर्ह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबुमा गयराती आगलागी भएको छ ।आगलागीबाट दसै तिहार लक्षित सामान ले भरिभराउ पसलमा गए राति १२ बजे आगलागी भएको र आगलागी बाट बिक्री का लागि राखिएका लत्ताकपडा , जुत्ता चप्पल , खाध्यान , स्टेसनरी , घर निर्माण सामाग्री , बिजुली जडानका सामाग्री सहित  सामान बिक्रि भएर जम्मा भएको रु ४ लाख बढि नगद सहित ४१ लाख भन्दा माथी क्षती भएको फेदाप गाउँपालिका-५ का वडा अध्यक्ष पुरूशोत्तम तिम्सिनाले बताए । ।फेदापका बिस्णुप्रसाद तिम्सिना को इसिबु माबि नजिक रहेको घरमा आगलागी भएको र आगलागी भइरहेको समयमा त्यस स्थानमा पुगि स्थानीयसँग को सहकार्यबाट आगो नियन्त्रणमा लिएर अझ

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ११४ पटक पढिएको
  • इटहरीमा चोरी अभियोगमा पक्राउ परेका नौ जना सार्वजनिक

    सुनसरी / इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेका छन् । दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • १२१ पटक पढिएको
  • चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङकाे ६८ वर्षकाे उमेरमा निधन

    काठमाडौं / चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् । पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आउनुभएको थियो । उहाँ सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा थिए ।सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका उनले अर्थनीतिको जानकार पनि थिए ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ९० पटक पढिएको
  • दशैं बिदामा घर गएकाहरू फर्किन थाले कार्यथलो

    सुनसरी / दशैं बिदामा घर गएकाहरू कार्यथलो फर्किन थालेका छन् ।बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहल बढ्न थालेको छ । त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।घरबाट फर्किनेहरू बढेपछि  सुनसरी इटहरी चोक र बसपार्क , सुनसरीबा विभिन्न बजारमा भिडभाड छ ।  आज इटहरीका सडकमा सवारीसाधन चहलपहल बाक्लो देखिएको थियोे ।सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो । शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • १२४ पटक पढिएको
  • बडादशैँको टीका लगाउने क्रम जारी

    सुनसरी / आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • १०५ पटक पढिएको
  • टीका लगाउन जानेको इटहरीमा चहलपहल देखियो

    सुनसरी / विजयदशमीको दोस्रो दिन टीका लगाउन जानेको इटहरीमा चहलपहल देखिएको छ । गत सालको भन्दा मानिसहरूको सङ्ख्या कम देखिएको छ ।  सवारीसाधनमा भने मानिसको भिडभाड कमै मात्रमा रहेको थियोे । दुर्गापक्षको दोस्रो दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । घरमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी मामाघर, ससुरालीलगायत आफन्तकहाँ जानेका कारण चहलपहल बढेको हो । आज दिउँसोपछि

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • १२६ पटक पढिएको
  • प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

    सुनसरी / सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोशी गाउँपालिका- ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो।घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • १६८ पटक पढिएको
  • नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जित्यो

    सुनसरी / नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगद

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • १८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]