All Posts By कोशी प्रेस

    Showing १,०३१-१,०४० of १२,७३४ items.
  • धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

    इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय रामकृष्ण थापा रहनुभएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा अचानक बन्दुक पड्किएको थियो। घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।घटनापछि प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा थप प्रहरी टोली घटना

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • १४९ पटक पढिएको
  • रामधुनी नगरपालिकाद्वारा समाचारप्रति खण्डन, नगरप्रमुखमाथि लगाइएका आरोप भ्रामक भएको दाबी

    रामधुनी, सुनसरी । रामधुनी नगरपालिकाले नगरप्रमुख शंकरलाल चौधरीलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाएर नगरप्रमुखले व्यक्तिगत प्रयोजनका लागि नगरपालिकाको रकम खर्च गरेको, होटल तथा भ्रमण खर्चमा अनियमितता गरेको भन्ने आशयका समाचारहरू तथ्यहीन र भ्रामक रहेको नगरप्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।नगरपालिकाका अनुसार सार्वजनिक भएका खर्चहरू नगरप्रमुखको व्यक्तिगत प्रयोजनका लागि नभई नगरपालिका तथा नगरवासीको प्रतिनिधित्व गर्दै विभिन्न औपचारिक, धार्

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २८७ पटक पढिएको
  • कोशी प्रदेश सुरक्षा परिषद्को बैठक सम्पन्न

    विराटनगर । कोशी प्रदेश सुरक्षा परिषद्को बैठक आज आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय इन्द्रमणि पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री माननीय उमाकान्त गौतम, कोशी प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव तथा प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।             त्यसैगरी मोरङ, झापा र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू तथा सुरक्षा प्रशासनसँग सम्बन्धित अन्य

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • ७५ पटक पढिएको
  • ताप्लेजुङका विभिन्न विद्यालयमा विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना

    इटहरी ।  ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्थापित संस्था होप फर अल ताप्लेजुङले विश्व बाल श्रमिक दिवसको अवसरमा विद्यार्थीलाई केन्द्रिकृत गरि सचेतना प्रदान गरेको हो ।  लागू औषधको बढ्दो प्रयोगलाई रोक्ने भूमिका, यसले स्वास्थ्य, परिवार अनि समाजमा पार्ने नकरात्मक प्रभावका विषयमा विद्यार्थीलाई सचेत गराइएको होप फर अल ताप्लेजुङका अध्यक्ष मौसम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन, गलत संगतबाट बच्न तथा कुनै पनि शङ्कास्पद

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २२७ पटक पढिएको
  • पङ्खुखोलामा आएको बाढीले दिक्तेल(चखेवाभञ्ज्याङ सडक अवरुद्ध

    इटहरी ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका(८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल(चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ ।  मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल(चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको हो ।  मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वारपार गर्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । लेदोसहितको बाढीले सडक बन्नुअघि नै क्षति पुर्‍याएपछि अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सडक प

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • १५८ पटक पढिएको
  • लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी को एरिया–४ सम्मेलन सम्पन्न, एक वर्षमा १ करोड ८ लाखभन्दा बढीको सामाजिक सेवा

    इटहरी । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गतको जीएटी (GAT) एरिया–४ को एरिया कन्फ्रेन्स इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। एरिया चिफ भोजराज दाहालको अध्यक्षतामा आयोजित सम्मेलनमा विभिन्न लायन्स क्लबहरूले वर्षभरि गरेका सामाजिक सेवामूलक गतिविधिहरूको समीक्षा तथा अनुभव आदानप्रदान गरिएको थियो।कार्यक्रमको सञ्चालन एरिया कोअर्डिनेटर टङ्क फुयालले गर्नुभएको थियो। तीन रिजन, सात जोन र २८ वटा क्लब समेटिएको एरिया–४ अन्तर्गतका सातवटै जोनले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सम्मेलनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानव सेवा तथा सामुदायिक विकास

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ६४७ पटक पढिएको
  • तुवाचुङ नगरपालिकामा घरबारविहीन परिवारलाई भूकम्प प्रतिरोधी घर

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नागीका १२ वर्षदेखि घरबारविहीन अवस्थामा जीवन बिताइरहेका टेकबहादुर सार्की र उनकी श्रीमती सरिता सार्कीले अब आफ्नै सुरक्षित घरमा बस्ने अवसर पाएका छन्। हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी घर शुक्रबार परिवारलाई हस्तान्तरण गरेको छ। विगत लामो समयदेखि आफ्नै बसोबासको व्यवस्था नभएका सार्की दम्पती छिमेकीको घरमा आश्रय लिएर जीवनयापन गर्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका कारण घर निर्माण गर्न नसकेका उनीहरूको परिवारले विभिन्न कठिनाइ भोग्दै आएको थियो। यसैबीच, गत वर्ष साउन २९ गते उनीहरूकी १२ वर्षीया छोरी अरूकै घरमा झुन्डिएको अवस्थामा मृत

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २७४ पटक पढिएको
  • उर्लाबारी–६ बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरण सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सूचकहरू पूरा गरेपछि वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो।उर्लाबारी नगरपालिका वडा नम्बर ६ को आयोजनामा सम्पन्न घोषणा समारोह वडा अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता तथा नगर प्रमुख गंगा प्रसाद खरेलको प्रमुख अतिथ्यता रहेको थियो।कार्यक्रममा नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले तथा नगरपालिकाका

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १२५ पटक पढिएको
  • गलत विषादीका कारण जुटबाली नष्ट

    इटहरी ।  सुनसरीको इनरुवा नगरपालिका–१ स्थित साह कृषि एग्रोभेटबाट खरिद गरिएको विषादीका कारण एक किसानको एक विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको जुटबालीमा क्षति पुगेको आरोप लागेको छ। भोक्राहा नरसिंह गाउँपालिका–५ का किसान आलम अन्सारीले जुटबारीमा उम्रिएको घाँस नियन्त्रण गर्न भन्दै खरिद गरिएको विषादी छर्किएपछि घाँससँगै जुटबालीसमेत सुकेर नष्ट भएको गुनासो गर्नुभएको छ। उहाँले करिब तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको दाबी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको छ। किसान अन्सारीले क्षतिपूर्तिको माग गर्दै सम्बन्धित एग्रोभेट, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र तथा वडा कार्यालयमा निवेदन दिएका छन्।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १८३ पटक पढिएको
  • प्रदेश कानुनको उत्तरविधायिकी परीक्षणको माग

    इटहरी । कोशी प्रदेशमा हालसम्म ९२ वटा कानुन निर्माण भए पनि तिनको कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘प्रदेश कानुन र कार्यान्वयनको अवस्था’ विषयक बहुसरोकार अन्तव्रिर्mयामा वक्ताले कानुन निर्माण सङ्ख्यात्मक रूपमा उत्साहजनक भए पनि जनताले त्यसको यथोचित लाभ पाउन नसकेको औँल्याएका हुन् ।  कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले बनाएका कानुनको प्रभावकारिता मापन गर्न अब ‘उत्तरविधायिकी परीक्षण’ गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले प्रदेश स्थापनाको सुरुवा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]