सुस्मा खत्री /पारस चौधरी सुनसरी/ मिडियामा काम गरेर आफ्नो परिश्रमको मुल्य पाउने प्राय कम मात्र मिडिया कर्मी, पत्रकार छन हिजो आज । बाटोमा भेट हुदा होस या च्याटमा कुरा हुदा होस मिडिया कर्मी को पहिलो बातचित नै ``के छ पैसा आउदै छ ?´´ प्राय: को उत्तर उहीँ बटारिएको मुख ``अह´´ `उस्तै त हो पहिला जस्तै´ या मन खुम्चाएर निस्केको अलिकति लाज पचाइ सकेको हासो हुने गर्दछ। साह्रो, गाह्रो ,अप्ठ्यारो सबैलाइ पर्छ , परेका बेला सहयोग मागौ न त भन्दा लामो समय मिडिया लाइन मै काम गरेको हुनाले, चिनेका आफ्ना सर्कलका साथी भाइ कति हुन कति गनि भ्याइ सकिन्न कस्लाइ भनौ भन्दै सबैका च्याट बक्स ओपेन गर्दै हेर्यो ,यस्को हालत
सुनसरी / उदयपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।बुधबार राति करिब १० बजेतिर चौदण्डीगढी नगरपालिका ६ खत्रीटोलस्थितत भित्री सडकखण्डमा मदन भण्डारी राजमार्गबाट खत्रीटोलतर्फ आउँदै गरेको प्रदेश १–०५–०००१ प ८५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २३ वर्षीय दिप्सन मगर घाइते भएका थिए ।घाइते भएका मगरलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनले मापसे गरी मोटरसाइकल चलाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विराटनगर / आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजो बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिका - ४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो ।शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो । सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिराम
मोरङ : मोरङको ग्रामथान गाउँपालिका वडा ७ नेता चोकस्थित नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका गार्ड बैंकभित्रै मृत भेटिएका छन् ।बुधबार बिहान ४२ वर्षीय पदमकुमार माझी बैंकको माथिल्लो तलाको सिँढीमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बेलबारीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।आज साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराउनु भएको हो ।तर यो कार्यक्रमको बारेमा नि–वर्तमान मुख्यमन्त्री हिकमत कुमार कार्कीले अधिनायकवादको यात्रा भन्दै टिप्पणी गर्नु भएको छ ।उहाँले आफ्नो आधिकारिक फेसबुक मार्फत टिप्पणी गर्दै लेख्नु भएको छ ‘ निर्लज्जता को पराकाष्ठ,अधिनायकवाद तर्फको यात्रा ।आज कोशि प्रदेश प्रमुख कार्यालय द्वारा नया मुख्यमन्त्रीको सपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्विकार गरेनन् । ’यस घटनाबाट संबिधानको सर्बोच्चता ,कानुनिराज को उपहास मात्रै गरेनन, सर्बोच्
सुनसरी / कोशी राजमार्गमा पर्ने धरानको सेउती पुल नजिकै चारकोसे जङ्गलको छे पुलमा गोली हानी युवकको हत्या गरेको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छन् ।गत साउन ५ गते धरान-तरहरा सडकखण्डअन्तर्गत चारकोसे जङ्गलमा अज्ञात समूहले गोली चलाउँदा घाइते भएका विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।उनीहरूलाई आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।घटना भएको १२ दिनपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोल पनि बरामद भएको
सुनसरी / विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा कारागारमा रहेका इटहरीका लालबहादुर विश्वकर्मा आज जेल मुक्त भएका छन् ।उच्च अदालत विराटनगरले मंगलवार लालबहादुरसहित तीन जनालाई सफाइ दिएको थियो । सुनसरी जिल्ला अदालतको आदेशमा उनी ३ करोड बिगो जरिवाना तिर्न नसक्दा झुम्का कारागारमा रहेका थिए । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी दुवै मुद्दामा सफाइ दिएको थियो । विनाइजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ । विकला
काठमाडौं, १६ साउन । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बढाएको छ। एलपी ग्याँसको मूल्य भने घटाएको छ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ रहेकोमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेकाे छ।खाना पकाउने एल्पी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ। १७९० रुपैयाँ पर्दै आएको ग्यास अब १६६० मा झरेको छ । यता हवाई इन्धनको म
इटहरी : ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले इटहरीका लालबहादुर बिकलाई निर्दोष ठहर गरेको छ । सुनसरी जिल्ला अदालतले मतियारको रूपमा दोषी ठहर्याउने आदेशलाई उल्ट्याउदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश 'उल्टि' गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो ।जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.