तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।

पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्षाको पानी संकलन गर्न र आगलागीबाट जोखिम कम गर्न पालिकालाई फुसको छानो मुक्त पालीका घोषणा गर्न लागीएको हो ।

गाउँपालीकाले प्रत्येक घरमा पक्की शौचालय, सुधारीएको चुलो सहित आगनमा फुलबारी कार्यक्रम प्रवद्र्धन गर्ने, प्रत्येक घरघरमा शुद्ध खानेपानी प्रबन्धका लागी फिल्टर वितरण गर्ने, सबै वडादेखी पालिका केन्द्रसम्म नियमित सडक सुविधा पुर्याउने र सिंधुवा शुक्रबारे सडक फूल र विरूवाको सडक बनाउने र अन्य ग्रामीण सडक कालोपत्रे गर्ने कार्यक्रम समावेश गरीएको छ ।

पालिकाले अनाथ र असहाय नागरिकलाई खाना सहित सुरक्षाको प्रबन्ध मिलाउने, लोकल रक्सीसँगै सबै स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने, गाउँपालिकाको छथर अस्पताल नयाँ भवनबाट संचालनमा ल्याउने, उपकरण थप्ने, ल्याब सेवा विस्तार गर्ने, टेलीफोन स्वास्थ्य सेवा लागू गर्ने, पालिकाभर जेष्ठ नागरिक, एकल महिला, अपाङगता, भएका, गर्भवती महिला, एकल पुरुष, सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

कम्युटर नभएका सामुदायिक विद्यालयहरुमा इन्टरनेट सहित जडान गर्ने, स्थानीय पाठ्यपुस्तक तयार गर्ने, बालकक्षा बालमैत्री बनाउने, प्रअ तालिम, शिक्षक विषयगत तालिम, कक्षा १२ मा सीप तालिम, विद्यालय बाहिर रहेका गरिब विपन्न असहाय अपाङ्गता भएका बालबालिका शिक्षा लागू गर्ने पालिकाको निती तथा कार्यक्रम छ । आगामी वर्षको निती तथा कार्यक्रममा दीगो लक्ष्यको पहुँचमा पुग्न कृषी, पशु, रोजगार र खेलकुद क्षेत्रलाई प्राथमकिता दिने लक्ष्य लिएको गाउँपालीकाले जनाएको छ ।