All Posts By कोशी प्रेस

    Showing १,०६१-१,०७० of १२,७५६ items.
  • गलत विषादीका कारण जुटबाली नष्ट

    इटहरी ।  सुनसरीको इनरुवा नगरपालिका–१ स्थित साह कृषि एग्रोभेटबाट खरिद गरिएको विषादीका कारण एक किसानको एक विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको जुटबालीमा क्षति पुगेको आरोप लागेको छ। भोक्राहा नरसिंह गाउँपालिका–५ का किसान आलम अन्सारीले जुटबारीमा उम्रिएको घाँस नियन्त्रण गर्न भन्दै खरिद गरिएको विषादी छर्किएपछि घाँससँगै जुटबालीसमेत सुकेर नष्ट भएको गुनासो गर्नुभएको छ। उहाँले करिब तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको दाबी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको छ। किसान अन्सारीले क्षतिपूर्तिको माग गर्दै सम्बन्धित एग्रोभेट, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र तथा वडा कार्यालयमा निवेदन दिएका छन्।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १८३ पटक पढिएको
  • प्रदेश कानुनको उत्तरविधायिकी परीक्षणको माग

    इटहरी । कोशी प्रदेशमा हालसम्म ९२ वटा कानुन निर्माण भए पनि तिनको कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘प्रदेश कानुन र कार्यान्वयनको अवस्था’ विषयक बहुसरोकार अन्तव्रिर्mयामा वक्ताले कानुन निर्माण सङ्ख्यात्मक रूपमा उत्साहजनक भए पनि जनताले त्यसको यथोचित लाभ पाउन नसकेको औँल्याएका हुन् ।  कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले बनाएका कानुनको प्रभावकारिता मापन गर्न अब ‘उत्तरविधायिकी परीक्षण’ गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले प्रदेश स्थापनाको सुरुवा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १८४ पटक पढिएको
  • संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

    इटहरी ।  संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४।० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १२५ पटक पढिएको
  • सिदिङ्वाद्वारा असार ७ गते गाउँ अधिवेशन आह्वान

    इटहरी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यही असार ७ गतेका लागि गाउँसभा तथा अधिवेशन आह्वान गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी गाउँपालिकाले १९ औं गाउँसभा तथा अधिवेशन आह्वान गरेको हो । गाउँपालिका अध्यक्ष मानबहादुर राईले असार ७ गते आइतबारका लागि पालिकाको १९ औं गाउँसभा तथा अधिवेशन आह्वान गर्नु भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार अध्यक्ष राईले आह्वान गर्नुभएको गाउँसभा तथा अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । अधिवेशनमा सिदिङ्वा गाउँपालिकाको आर्थिक विधेयक २०८३, बिनियोजन विधेयक र मध्यकालिन खर्च संरचना २०८३र

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ११३ पटक पढिएको
  • भोजपुरको पर्यटकीय क्षेत्र सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    इटहरी । भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो ।  आयोजना सम्पन्न भएपछि यहाँको दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत हालसम्म २० घनमिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सबइन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुईवटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथ

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १२५ पटक पढिएको
  • इटहरीमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडी सम्मानित, खेल विकासबारे अन्तरक्रिया

    इटहरी । सुनसरी जिल्ला खेलकुद विकास समितिले १६औँ राष्ट्रपति रनिङ शिल्ड केन्द्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ। प्रदेशिक रंगशाला इटहरीमा बिहीबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका खेलाडीहरूलाई ट्याकसुट, माला तथा अबिरसहित सम्मान गरिएको हो।कार्यक्रमको अध्यक्षता सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बिमल पोखरेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लब घोष सहभागी हुनुभएको थियो। त्यसैगरी बोर्ड सदस्य टिकाराम पुरी विशिष्ट अतिथि रहनुभएको कार्यक्र

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १८७ पटक पढिएको
  • झापामा दुई दिनमा २४ जना फरार अभियुक्त पक्राउ

    इटहरी ।   जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न चलाइएको अभियानमा २४ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । प्रहरीका अनुसार पक्राउ परेका २० जनाको फैसला कार्यान्वयन भएमा पाँच वर्ष तीन महिना छ दिन कैद सजाय र छ लाखभन्दा बढी जरिवाना असुलउपर हुने छ । अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानमा पक्राउ परेकालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक चौहानका अनुसार पछिल्ला दुई दिनमा जिल्लाका व

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २४९ पटक पढिएको
  • हात्ती प्रभावित बस्तीमा पूर्वसूचना प्रणाली विस्तार

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकाका हात्ती प्रभावित क्षेत्रमा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले साइरन जडान गरिएको छ । उज्यालो नेपाल संस्थाको सहकार्यमा नगरपालिकाका वडा नं। २, ३ र ७ का प्रभावित बस्तीमा साइरन जडान गरिएको हो । पूर्वी नेपालमा झापाको क्षेत्र हुँदै प्रवेश गर्ने जङ्गली हात्तीले वराहक्षेत्रस्थित वन तथा आरक्ष आसपासका बस्तीमा लामो समयदेखि समस्या सिर्जना गर्दै आएको छ । मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य हुने गरेको वराहक्षेत्र–२ का स्थानीय मदन कार्कीले बताउनुभयो । उज्यालो नेपालका कर्मचारी सुमन आचार्यका अनुसार पछिल्लो समय वराहक्षेत्रका ब

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १२१ पटक पढिएको
  • धनकुटाको चौबिसेमा नौ तले युमा माङ्गहिम निर्माण हुने

    इटहरी ।  धनकुटाको चौबिसेमा नौ तले युमा माङ्गहिम निर्माण हुने भएको छ । चौबिसे गाँउपालिका–६, राजारानीमा विश्वकै अग्लो युमा माङ्गहिम निर्माण हुन लागेको हो । प्रदेश सरकार गाउँपालिका वडा कार्यलय तथा किराँत धर्मावलम्बीबाट सहयोग सङ्कलन गरेर निर्माण गर्न लागिएको चौबिसे गाँउपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।  युमा माङ्गहिम निर्माण भइसक्दा करिब नौ करोड रुपियाँ खर्च हुने अनुमान पालिकाको रहेको छ । हालसम्म करिब दुई करोड रुपियाँ खर्च भइसकेको छ । अहिले जमिनमाथि दुई तला निर्माण भएको छ । विश्वकै किराँत धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्ने गरी काम भइरहेको पालिका अध्यक्ष चेम्

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १६९ पटक पढिएको
  • ताप्लेजुङमा प्रदेशस्तरीय अलैँची महोत्सव हुने

    इटहरी ।  ताप्लेजुङमा प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको हाङ्पाङमा अलैँची महोत्सव हुने भएको हो । नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामा आउँदो असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको हो । अलैँचीको प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने अलैँची महोत्सव हाङ्पाङमा आयोजना गर्ने निश्चित भएको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले जानकारी दिनुभयो । संयोजक आङ्बुहाङका अनुसार आठराई त्रिबेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा महोत्सव हुन लागेको हो । महोत्सवमा अलैँचीका बोट

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]