इटहरी।  ग्रामीण क्षेत्रमा दाउराबाट खाना पकाउने चलन हराउँदै गएको छ । दैनिक जीवनमा खाना पकाउनदेखि भोजभतेर पकाउन प्रयोग हुँदै आएको दाउरा पछिल्लो समय ग्रामीण भान्साबाट हराउँदै गएको हो । एलपी ग्यासको पहुँच बढेसँगै गाउँघरका चुलोबाट दाउरा विस्थापित हुँदै गएको हो । 

चतराका स्थानीय युवराज भट्टराई भन्नुहुन्छ,दाउराको तुलनामा सजिलो, छिटो र धुवाँरहित हुने भएकाले गाउँघरमा दाउराको विकल्पमा एलपी ग्यासको प्रयोग बढ्दै गएको छ । घरमा खाना पकाउने कामदेखि विवाह, काजकिरिया, भोजभतेर तथा अन्य सामाजिक र सांस्कृतिक कार्यव्रmममा समेत ग्यासबाट चल्ने चुलो प्रयोग हुन थालेको उहाँ बताउनुहुन्छ । प्रकाशपुरका ग्यास डिलर सञ्चालक अकल राउतका अनुसार अहिले गाउँका झुपडीदेखि पक्की घरसम्म ग्यासको प्रयोग भइरहेको छ । ग्यासको माग बढ्दै गएको र उपभोक्ताले घरमै अतिरिक्त सिलिन्डर राख्ने व्रmमसमेत बढेको उहाँ बताउनुहुन्छ । राउतले भन्नुभयो,  पछिल्लो समय उपभोक्ताको माग साबिकभन्दा बढी भएको उहाँको भनाइ छ । पछिल्लो समय सामुदायिक वनमा दाउराको माग कम भएको रामधुनी सामुदायिक वनले जनाएको छ । पहिला प्रत्येक गाउँका घरमा चुलो बाल्न दाउरा चाहिन्थ्यो । महिला तथा पुरुष बिहानै जङ्गल पुगेर दाउरा काट्ने, बोक्ने र घरमा ल्याउने गर्थे । खाना पकाउने कामसँगै दाउरा जुटाउनु ग्रामीण परिवारको नियमित दैनिकी थियो । वराहक्षेत्र नगरपालिका–१० की ६८ वर्षीय टेककुमारीले भन्नुभयो । उहाँ केही वर्षअघिसम्म बिहानबेलुका दाउरा बालेर खाना पकाउने गरेको सुनाउनुहुन्छ । 

कुनै समय दाउरा खोज्न बिहानै जङ्गल पस्ने ग्रामीण जीवन अहिले घरमै ग्यासको सिलिन्डर राखेर खाना पकाउँदै आएका छन् । दाउराको विकल्पमा ग्यास प्रयोग हुन थालेपछि मानिसको जीवनशैली र भान्साको स्वरूप पनि फेरिँदै गएको छ । ग्रामीण भान्सामा आएको परिवर्तनसँगै दाउरा खोज्ने, काट्ने र बोक्ने पुरानो दैनिकी घटेको स्थानीय इन्दिरा कटवाल बताउनुहुन्छ । उहाँले भन्नुभयो,दाउराको भारी बोक्नुपर्ने बोझसमेत हटेको उहाँ सुनाउनुहुन्छ । वराहक्षेत्र उद्योग वाणिज्य सङ्घका अध्यक्ष तुलसी श्रेष्ठका अनुसार सुनसरीका ग्रामीण बजार र बस्तीमा ग्यासका डिपो तथा डिलर खुलेपछि उपभोक्ताले नजिकैबाट सिलिन्डर खरिद गर्दै आएका छन् । केही वर्षअघिसम्म ग्यासको प्रयोग मुख्यतः सहरी क्षेत्रमा बढी हुने गरे पनि अहिले गाउँमा समेत यसको प्रयोग सामान्य बनेको उहाँ बताउनुहुन्छ । गाउँमा पनि सुविधा, कोशी, प्रिमा, रिजालको, कामाख्य, कनकाईलगायतका कम्पनीका डिलरले ग्यास बिक्रीवितरण गर्दै आएका छन् । 

काठका घर विस्थापित हुँदै पक्की घर थपिँदै जाँदा भान्सामा पनि ग्यासको प्रयोग बढेको श्रेष्ठ बताउनुहुन्छ ।