रामधुनी / थारू समुदायको भाषा, संस्कृति र संस्कारलाई जोगाउने उद्देश्यले दुई दिने तेस्रो थारू चलचित्र महोत्सव बुधबार बाट सुनसरीको रामधुनी, झुम्कामा सुरु भएको छ।थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रिय कार्यसमितिको आयोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीको प्रमुख आतिथ्यतामा पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारु चलचित्रकर्मीहरु तथा थारु चलचित्र उद्योगमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गरिने भएको छ ।पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समूदायका कलाकारले निर्माण गरेका फिल्म एउटै थलोमा देखाउन र बजार प्रवर्द्धन गर्न महोत्सव गरिएको त
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले छाता ऐन ल्याएर अधिकार विहीन वनाउन खोजेको भन्दै धरानका सर्वदलीय संघष समितीले वुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ। विहान प्रतिष्ठानका निमित्त कुलपति प्राध्यापक डाक्टर संजीव शर्मा मार्फत संघर्ष समितिले उक्त ज्ञापन पत्र वुझाएको हो । समिीका संयोजक मुक्साहाङ मेन्याङ्बोका अनुसार पहिलो चरणमा समितीले ध्यानार्षण र ज्ञापन पत्र वुझाएको हो र भोली फेरी प्रतिष्ठानका चिकित्सक कर्मचारी सहित सरोकारवालासँग छलफल गर्ने भएको छ ।यसैवीच धरान सरोकार समाजले पनि सरकारको ध्यानाकर्षण गराएको छ । समाजले शिक्षा,विज्ञान तथा प्रविध
विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार कानुनको पालनामा अब्बल रहेको बताएका छन् ।बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रदेशसभामा बोल्दै भण्डारीले सरकारले संविधानको बाटोभन्दा एक इन्च वरपर नगर्ने कुरामा ढुक्क हुन विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।यस्तै सरकार अल्पमतमा रहेका कारण ३० दिनभित्र संवैधानिक प्रक्रियाअनुसार .विश्वासको लिने उनले बताए । अल्पमतमा परेको ३० दिनभित्र विश्वसको मत लिने संवैधानिक व्यवस्था भएको स्मरण गराउँदै उनले अहि
पथरी शनिश्चरे, जेठ ३१/मोरङको पथरी शनिश्चरे वडा नं. ८ को विभिन्न टोल विकास संस्थाहरुलाई कृर्षि सामग्रीहरु वितरण गरिएको छ । आज वडाको सभाहलमा आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा ति सामग्रीहरू वितरण गरिएको हो। उक्त अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले ९ वटा टोल विकास संस्थालाई सामग्री वितरण गर्नुभएको थियो । वडामा स्थापित वाग्डुगरा, शुक्रबारे, शिवजी, मंगलबारे, मिलीजुनी, सिद्धेश्वर, नमूना, फाल्गुनन्द र स्कुलडाँडा टोल विकास संस्थाहरूलाई मकै छोड्याउने मेसिन, मकै रोप्ने मेसिन, विद्युतीय स्पे ट्याङ्की वितरण गरिएको हो । वडा
सुनसरी : नेपाली काङ्ग्रेसको रूपान्तर अभियान इटहरीमा भएको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा कांग्रेस रूपान्तर अभियानका संयोजक गुरूराज घिमिरेले नेपाली काङ्ग्रेस विधिको शासन हो । नेपालको पुरानो राजनीति दल भगकाले अहिले हामीलाई नेपाली काङ्ग्रेस पार्टी कसरी चलिरहेको छ भन्ने विषयमा पत्रकार सँग अन्तरक्रिया कार्यक्रम भएको छ ।पार्टीले गम्भीरता पुर्व लिन र जनताले अपेक्षा गर्ने पार्टी भएकाले हामीले नयाँ सोच विचार लिन आवश्यक रहेको छ । जनताको तह सम्म पुर्याउने हामीले ठुलो हौसला पाएको बताए । पार्टी रूपान्तरण हुन अभियान गरिएको हाम्रो अभियानले अर्को फ
चन्दन रौनियार दुहबी / नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित नगरपालिकाको प्राङ्गनमा नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाले विश्व रक्तदाता दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार विभाग, विराटनगरको प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा ४ महिला सहित ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।दुहवी नगरपालिका नगरप्रमुख वेद नारायण गच्छदारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाका उपाध्यक्ष शुशिला काफ्ले , सचिव रमेश बाबु थापा, प्रविन अ
मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत कम्पोष्ट विन वितरण गरिएको छ ।आज मंगलबार आर्थिक वर्ष २०७९/०८० को शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कम्पोष्ट विन वितरण गरिएको हो ।वडा नं. १ लक्षित सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र वडा नं. १ वडाध्यक्ष भीम राईले कम्पोष्ट विन वितरण गर्नुभएको थियो । नगरपालिकामा भएको सो कार्यक्रममा ५९ वटा कम्पोष्ट विन वितरण गरिएको शाखा प्रमुख टिका राईले बताउनुभयो ।
इटहरी/ 'मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा' भन्ने मुल नाराको साथ स्थापना भएको आरके इन्टरटेन्मेन्ट ग्रुप काठमाडौले २४ औ वार्षिकोत्सब सम्पन्न गरेको छ । जेष्ठ २७ गते शनिबारका दिन राष्ट्रिय नाचघरको सभाहलमा आयोजित वार्षिकोत्सब कार्यक्रमबाट परिकलाकर्मी तथा रंग पत्रकार सुवास संकल्प 'खेमराज श्रेष्ठ' सम्मानित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संकल्पलाई माननीय किराँतीले सम्मान पत्र तथा कार्यक्रम सभापति किसन राज शिहले ढाकाटोपी र फुलको माला लगाएर सम्मान गरिएको हो । संकल्प विगत १३ वर्षदेखि कोशी प्रदेशको इटहरीलाई कार्यक
इटहरी / यही जेठ ३२ गतेदेखि असार ९ गतेसम्म इटहरीमा तालतलैया च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।इटहरी २ स्पोटर्स एरिया फुटसल आपगाछिमा पत्रकार सम्मेलन गर्दै प्रथम तालतलैया च्यालेन्ज कपको आयोजनामा इटहरी २ स्थित बुढासुब्बा खेल मैदानमा फुटबल हुने भएको छ । प्रतियोगितामा सुनसरी , मोरङ , झापा र उदयपुर लगाएत विभिन्न टिम गरी १० टिमको सहभागी हुने छ ।प्रतियोगितामा विजयी टिम नगद ५१,००० हजार उपविजेता टिमलाई नगद ३१,००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरीने भएको छ । खेलमा कुल लागत १२ लाख ३२ हजार हुने तालतलैया फुटबल कपका अध्यक्ष शंकर राईले बताए ।खेलमा हरेक खेलको म्यान अफ दि पुरस्
इटहरी । मनसुन वर्षाका कारण कोशी प्रदेशमा हुन सक्ने सम्भावित विपद्बाट हुने जनधनको क्षती न्युनिकरण गर्ने उद्धेश्यले कोशी प्रदेश एकिकृत अभ्यास हातेमालो ५ को एक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रलयको आयोजना तथा पुर्वी पृतना हेडक्वाटरको समन्वमा भएको ज्येष्ठ २८ र २९ गते विपद पुर्व तयारी तथा उद्धार कार्यको सिमुलेशन अभ्यास समेत गरी कार्यक्रम सम्पन्न गरिएको हो ।कोशी प्रदेशका विभिन्न विषयगत क्षेत्र र सरोकारवाला निकायहरुको सहभागितामा जोखिम न्युनिकरण तथा प्रतिकार्य सम्बन्धी प्रस्तुतिकरण तथा गोलबन्ध अभ्यास सञ्चालन गरिएको हो । उक्त जोखिम प्रतिकार्य अभ्यासमा नेपाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.