नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उनले भने । नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ । कांग्रेसले विश्वासको मत दिएका ब
भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । दरबार
केराबारी/ गत बैशाकमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु कोहि चुपचाप काम गर्दै जनताको मन जितिरहेका छन् भने कोहि स्टनबाजी गर्दै रमाईरहेका छन्।हुन त हिन्दिमा एउटा उखानै छ ‘जो देख्दा हे ओ बिक्ता हे’ तर बिकाउन कै लागि स्टनबाजी गरिरहनुभन्दा काम गरेर स्थानीयको मन जित्नु नै उपर्युक्त हुन्छ। स्टनबाजी गर्दा ‘भाईरल’ त भईएला तर भाईरलहरुको ‘यथार्थ’ भने स्थानीयहरुलाई मात्रै अवगत हुन्छ।हल्लाखल्ला नगरी चुपचाप गरेका बाचाहरु पुरा गर्दै स्थानीयको मन जितिरहेका ब्यक्ति हुन केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग। उनले निर्वाचन ताका आश्वासनका पुलिन्दा बाँडेनन् सक्ने जति मात्र गर्छौँ
ताप्लेजुङ । पाचौँ पटकमा ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट लगिएको पानी पुगेको छ ।फुङलिङ नगरपालिका –११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी पाथीभरा मन्दिरमाथि पुग्न सफल भएको हो । प्रसिद्ध तिर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुगेको छ । यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पानी पुगेको हो ।यस मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको चाप हुने भए पनि खानेपानी अभाव थियो । यो अभाव पूर्तिका लागि यहाँ विभिन्न किसिमका प्रयास हुँदै आएका थिए । यो पटकको प्रयासले
धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ । धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राच
तरहरा । तरहरा जेसीज वर्ष २०२३ को अध्यक्षमा बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार र आइतबार तरहरामा भएको अधिवेशन तथा चुनावी सभाले तामाङको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचन आयुक्त सुनील तिम्सिनाका अनुसार कार्यकारीणी उपाध्यक्षमा विवेक विवश रेग्मी र निशाल खुलाल चयन भएका छन्। यस्तै, उपाध्यक्षमा मदन बस्नेत, रोशन भुजेल, ओनिश अधिकारी र विनिता तामाङ, सचिवमा गोविन्द लामिछानेर जनसम्पर्क अधिकारीमा प्रभास गौतम निर्वाचित भएका हुन् । तरहरा जेसीजले नेपाल जेसीजमा उम्मेदवारी प्रस्तुत गर्ने भएकाले सहमति
इटहरी । तामाङ समुदायका मानिसहरुले मनाउने सोनाम ल्होछारको अवसर पारेर सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरियो । तामाङ घेदुङ इटहरी उपमहानगर समितिको आयोजनामा बाघ वर्गलाई विदा गरी बिरालो वर्गलाई स्वागत गरिएको हो । तामाङ समुदाायका मानिसहरुले ल्होछारलाई वर्षका रुपमा मनाउने गरेका छन । तिथी अनुसार ल्होछार मनाउने तामाङ समुदायले यस वर्ष सोनाम ल्होछार पर्व भोली अर्थात आइतबार मनाउदै छन । तामाङ घेदुङ इटहरीले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान सहित सागितीक कार्यक्रम इटहरी उपमहानगरपालिका प्रमुख हे
इटहरी । गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा दक्षता प्रदान गर्ने उद्धेश्यले विद्यार्थीका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विश्वआर्दश एकेडेमीले यस वर्ष पनि वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विगत ६ वर्ष देखि विश्वआर्दश एकेडेमीले वार्षिक कार्यक्रमहरु आयोजना गर्दै आए अनुसार यस वर्ष पनि विभिन्न प्रतियोगिता सहित खेलकुदका गतिविधिहरु सञ्चालन गरेको हो । शैक्षिक तथा खेलकुदका प्रतियोगितात्मक कार्यक्रमहरु सहितको वार्षिक कार्यक्रमको समापन कार्यक्रम इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य तथा विश्वआर्दश एकेडेमीका अध्य
बिराटनगर/ नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश १ सरकारका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६जना बिना बिभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको हो। मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै नौवटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरूले जिम्मेवारी पाएका हुन्। अव प्रदेश १ सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वा
झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको हुन्छ। यहीकारण साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन्, मानिसलाई लाजमर्नु बनाउछ मुखको दुर्गन्धले। मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ। खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्। तर, यसबाट सजिलै छुट्कारा पाउन सकिन्छ।पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउँछ। वास्तवमा हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउन थाल्छ। यसका साथै कब्जियत, पेटमा घाउ, रक्सी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.