धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् ।मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा उनले दलित समुदायको मानमर्दनमा चोट पुर्याउनेगरी ‘चमारे’ शब्द लेखेपछि विवादमा तानिएका थिए ।विवाद उत्कर्षमा पुगेपछि मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कुनै पनि समुदायलाई ठेस पुर्याउने आफ्नो निहित उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।
इटहरी । नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरीले युवा लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युवा पुस्तालाई अध्यात्मको महत्त्व बुझाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कोशी क्षेत्र प्रमुख महात्मा नन्दनी बाइजीको सभापतित्व रहेको कार्यक्रममा १३५ जना युवाको सहभागी रहेको बताइएको छ । कार्यक्रममा विश्व आदर्श कलेज संचालक समिती अध्यक्ष लेखनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल मानव धर्म सेवा समिती बरिस्ठ सल्लाहकार न्युरोलोजिस्ट मोटिभेसनल स्पिकर डाक्टर जेपि अग्रवालले उपस्थित युवाहरुलाई अध्यात्मको विषयमा जानकारी गराएका थिए । यस्तै, कार्यक्रममा नेप
कतार / फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिवार तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक(एक गोलको बराबरीमा ल्याए ।खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए । जुन गोल नै क्रोएसियाको जितका
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ । आजको बैठकले निर्वाचन समिति गठन गर्ने र चुनावको मिति तय गर्ने सम्भावना छ ।कांग्रेसले आउँदो बुधबारसम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्
इटहरी । सुनसरीको इटहरीमा रहेको चारपाते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं साधारणसभाले दुर्गा खड्का आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा होनाथ रिजाल र सदस्यहरुमा सञ्जीव कुमार यादव , राजन भट्टराई , शशी राजभण्डारी ,ललित चौधरी ,पवनकुमार साह ,संगिता गिरी र रोनिता श्रेष्ठलाई चयन गरेको हो । त्यसै गरी तुलसी प्रसाद आचार्यको संयोजकत्वमा सुरजकुमार साह र दयाकुमारी भट्ट सदस्य रहने गरी सर्वसम्मत रुपमा लेखा समिति साधारणसभाले चयन गरेको छ ।साधारणसभाको खुल्ला सत्र इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलक
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई दलित समुदाय अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न राष्ट्रिय दलित आयोगले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आयोगले आवश्यक कानुनी कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ।सामाजिक सञ्जालमा भाइरल भइरहेको आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको पत्रमा ‘धरान उपमहानगरपालिकाका प्रमुख हकराज राई(साम्पाङ )ले मङ्सिर २७ गते मङ्गलवार आफ्नो फेसबुक वालबाट तराईको दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्ति प्रति आयोगले चासो देखाए आत्मआलोचना गर्न मेयरलाई आग्रह गरेको थियो । तर मेयर राईले बेवास्ता गर्नुका साथै उल्टै अर्ति उपदेश दिएकोमा ध्यानाकर्षण भ
सुन्दरहरैँचा : प्रदेश नं. १ कै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित हुँदै आएको मोरङको सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको स्वर्ण महोत्सव समारोह समापन कार्यक्रम भव्य रुपमा गरिरहेको छ। “सुकुनाको सदिक्षा प्रविधियुक्त गुणस्तरिय शिक्षा ” भन्ने नारा सहित मंसिर २९ गते र पुष १ गते भइरहेको स्वर्ण महोत्सवको समापन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर न्यौपानेको अध्यक्षता रहेको थियो। कार
इटहरी : नेपाल पत्रकार महासङ्घको १३ औँ साधारण सभा सम्पन्न भएको छ । शनिवार इटहरीको लायन्स क्लबमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । खुल्ला सत्र र बन्द सत्रका विभाजित कार्यक्रममा २ सय बढी साधारण सदस्यको उपस्थिति जनाए । बन्द सत्रमा धारणा राख्ने अधिकांश सदस्यहरूले वर्तमान नेतृत्वको आलोचना गरेका थिए । पत्रकारको हक हितमा महासङ्घले ठोस कदम अगाडी बढाउन नसकेको उनीहरूको बुझाई थियो । महासङ्घ पत्रकारहरूको साझा बन्न नसकेको बताउँदै सदस्यहरूले शुद्धीकरणको मुद्दा उठाए । सदस्यहरू सुविद गुरागाईँ, पर्शुराम बाह्रकोटी (विनय), कृष्ण भट्टरा
इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो।नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ।यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ।
इटहरी : इटहरी उपमहानगरपालिकाले थारु भाषाको अध्यापन गर्ने तयारी गरेको छ ।उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको छ । आगामी बैशाखदेखि लागू हुनेगरी उक्त निर्णय गरिएको हो ।इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।यसअघि इटहरी उपमहानगर थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.