सुन्दरहरैँचा : प्रदेश नं. १ कै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित हुँदै आएको मोरङको सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको स्वर्ण महोत्सव समारोह समापन कार्यक्रम भव्य रुपमा गरिरहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गुरागाईंले माध्यमिक शिक्षाको क्षेत्रमा नगरको शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउने कुरालाई ध्यान र महत्व दिने बताउँदै विद्यालयको भौतिक र शैक्षिक उन्नयनको विषयमा नगरले विद्यालय सँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
२०७६ सालको कक्षा १२ को परीक्षामा राष्ट्रिय रुपमा दोस्रो स्थान बनाउन सफल यो विद्यालयमा १ सय ३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत रहेको र ४ हजार ५ सय भन्दा बढी बिधार्थी अध्यनरत रहेका छन्। सुकुना माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक लक्ष्मी कुमार श्रेष्ठ, साजीलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरू साथै राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रम विद्यालयका प्रतिनिधि राजेन्द्र प्रसाद गिरीले सञ्चालक गरेका थिए।


