झापा । विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ ।दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो ।शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित हुनुभएको थियो ।दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गर्नुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३
झापा । झापा क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।निर्वाचन अधिकृत केशवराज पन्तका अनुसार उहाँले २८ हजार पाँच सय ९७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी स्वतन्त्र तर्फका उम्मेद्वार स्वागत (भद्रप्रसाद) नेपालले २६ हजार चारसय ४१ मत प्राप्त गर्नुभएको छ ।यस क्षेत्रका दुवै प्रदेश क्षेत्रमा समेत नेकपा एमालेकै उम्मेद्वार चिन्तन पाठक र एकराज कार्की विजयी बन्नुभएको छ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एकका पार्टी इन्चार्ज देवराज घिमिरे पार्टीमा एक इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रुपमा चिनिहुन्छ
इटहरी । बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीले आफ्नो २५ औ रजत जयन्ती समारोह सम्पन्न गरेको छ । जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । तमु ह्योला छोंजधिं प्रदेश १ का सदस्य केशरमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ७० वर्षभन्दा माथिका ३९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले सम्मान पत्र प्रदान गदै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीका अध्यक्ष धन बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरूले रजत जयन्तीको अवसरमा शु
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उठेको झापा क्षेत्र नम्बर ५ को मत गणना जारी छ । ७१ हजार ४१ मत गन्दा ओली निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।प्राप्त विवरणअनुसार अहिलेसम्म ओली पक्षमा ३६ हजार ५२८ आएको छ । प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका ओली मतगणनाको सुरुवातदेखि नै अघि छन् ।उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १८ हजार ४१६ मत ल्याएका छन् । अधिकारी २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग नै हारेका थिए। ५७ हजार १३९ मतसहित ओली प्
सोलुखुम्बु । सोलुखुम्बु निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ ।सोलुखुम्बुको सबैभन्दा विकट मानिएको लिखुपिके गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।सबै क्षेत्रको मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याईएपछि ८ वटा स्थानबाट मतगणना गर्न राजनीतिक दलहरुले प्रस्ताव गरेपछि गणनास्थल निमार्णमा समय लागेको थियो । सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर, कर्मचारी लगायत अन्य व्यवस्थापन गर्दा ढिलागरी मतगणना सुरू भएको हो ।खुम्बु क्षेत्रका मत्रपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो । सोलुखुम्बुमा प्रतिनिधिसमा नेपाली काँग
काठमाडौं । काठमाडौंको तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिजयी भएको छ ।काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएपछि स्वतन्त्रको नाम जोडेर रवि लामिछानेले खोलेको पार्टीबाट काठमाडौं क्षेत्र नम्बर–२ मा सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । गौतम सो पार्टीको उपाध्यक्ष हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा परिन् । नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५, राप्रपाका उ
इटहरी । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डा. शुनिल शर्माले अग्रता फराकिलो बनाएका छन् ।पछिल्लो मत परिणाम अनुसार शर्मा १०७९५ मत सहित अगाडि छन् ।नेकपा एमाले उम्मेदवार भानुभक्त ढकालले शर्मालाई पछ्याइरहेका छन् । ढकालले ६४८८ मत पाएका छन् ।क्षेत्र नम्बर ३ मा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो छिन् । उनले २३५६ मतसहित शर्मा र ढकाललाई पछ्याइरहेकी छन् ।
डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँले सातौँपटक जित हासिल गर्नुभएको हो ।कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम ग
इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा कुल २६ सय ९३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वतन्त्र कमलबाबु मैनाली ८सय २९ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका विजय गच्छदार ५ सय ३६ मत र एमालेकी भगवती चौधरी ७ सय ३४ मत प्राप्त गरेकी छिन् ।बदर मत बदर १ सय १३ रहेकाे छ । क्षेत्र नं. ३ मा कुल ९२ हजार ५ सय ३५ खसेको मत खसेकाे थियाे ।
प्रदेश १ मा मतगणना भइरहेका मध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको धेरै क्षेत्रमा अग्रता देखिएको छ । २२ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा ९ क्षेत्रमा एमाले, ५ स्थानमा काँग्रेस, ३ स्थानमा माओवादी, २/२ स्थानमा राप्रपा र रास्वपा, १ स्थानमा स्वतन्त्र अगाडि छन् । अन्य ९ निर्वाचन क्षेत्रको मतगणनाको अपडेट छैन । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको विवरण अनुसार सुृनसरीको ३ र ४ नम्बर क्षेत्र, सोलुखुम्बु, संखुवासभा, तेह्रथु्म र ताप्लेजुङको मतगणना अपडेट छैन ।कसको कहाँ अग्रता ?पाँचथरमा नेकपा एमालेका उम्मेद्वार बसन्तकुमार नेम्वाङले १६७२ मत ल्याउँद नेपाली काँग्रेसका भिष्मराज आङ्देम्बेले १४५७ म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.