All Posts By कोशी प्रेस

    Showing १२,३२१-१२,३३० of १३,७४६ items.
  • उर्लाबारीमा ३७९४ मतगणना, एमालेको अग्रता कायमै

    उर्लाबारी । मोरङको  उर्लाबारी नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ । ३७९४ मत गणना भइसक्दा नेकपा एमालेका उम्मेद्वार गंगा प्रसाद खरेल नगर प्रमुख पदमा  १४४९ मत सहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्ग फागोले हाल्सम्म  ११६४ मत प्राप्त गरेका छन् । यता नगर उपप्रमुखमा पनि एमालेकै मिना कुमारी खतिवडा अगाडि देखिएकी छिन् । उनले १३२८ मत ल्याएकी छिन्। उनलाई पछ्याइरहेकी कांग्रेसकी उम्मेदवार सिता कार्कीले  ११५२ पाएकी छिन् । अहिले मतगणना जारी छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५४ पटक पढिएको
  • दमकमा एमालेको अग्रता कायमै

    दमक | झापाको दमक नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्।एमालेका मेयर उम्मेदवार गीताकुमारी अधिकारी (पौडेल) १ हजार ७ सय ३२ मतसहित अगाडि छन्। यहाँ सत्तागठबन्धनबाट राप्रपाका राम थापा मेयर उम्मेदवार छन्। थापाले एक हजार ६ सय ४८ मत ल्याएका छन्। यहाँको उपमेयरमा भने कांग्रेसको अग्रता छ। अहिलेसम्म दमकमा ४५४१ मत गणना भएको छ। नगरमा ३९ हजार ९४९ मत खसेको छ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५८ पटक पढिएको
  • स्थानिय निर्वाचन मोरङकाे अपडेट : १७ पालिका मध्ये ९ मा कांग्रेस ८ मा एमाले अघि

    इटहरी |  मोरङको १७ वटा पालिकामध्ये ९ वटामा कांग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ ।विस्तृत विवरणविराटनगर महानगरपालिका प्रमुख/उपप्रमुख कांग्रेस (रुख) २५८३/६७५ (छाता) एमाले (सूर्य) १६१५/८५३उर्लाबारी नगरपालिका प्रमुख/उपप्रमुख कांग्रेस (रुख) १११८/३६८ एमाले (सूर्य) १८००/५१७बेलबारी नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) ७३३/६५१ कांग्रेस (रुख) ५६८/५०६सुन्दरहरैंचा नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) ९४५/१०२७ कांग्रेस (रुख) १०८३/५६५ (हँसिया हथौडा)पथरीशनिश्चरे नगरपालिका प्रमुख/उपप्रमुख एमाले (सूर्य) १६९/१२५ कांग्रेस

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको
  • महालक्ष्मी ४ मा एमालेका उम्मेद्वारको अग्रता

    धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा एमालेका उम्मेद्वारले अग्रता लिएका छन् । ३०० मत गन्दा मेयर पदमा २ मतको मात्रै मतान्तर छ ।नेकपा एमालेका दीपक बुढाथोकीले सो वडामा १४२ मत पाउँदा नेपाली कांग्रेसका ध्रुव रायमाझीले १४० मत ल्याएका छन् । उपमेयरमा नेकपा एमालेकी मञ्जु अधिकारीले १५१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका प्रेम खड्काले ११२ मत ल्याएका छन् । वडाध्यक्षमा एमालेका शुक्रराज बुढाथोकीले १५९ मत ल्याउँदा नेपाली कांग्रेसका बद्रीनारायण चापागाईँले १२५ मत ल्याएका छन् ।महालक्ष्मीको वडा नम्बर २ मा गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका पदम रखाल

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५९ पटक पढिएको
  • विराटनगर महानगरपालिकाःकाङ्ग्रेस उम्मेदवार नागेश काेइरालाकाे अग्रता कायमै

    विराटनगर / विराटनगर महानगरपालिकाकाे ७२६० मत गन्दा काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले २५८३ एमाले उम्मेदवार सागर थापाले ७७४ स्वतन्त्र उम्मेदवार उमेश यादवले १६९० मत प्राप्त गरेका छन् ।मेयररुख २५८३सूर्य १६९०लालटिन ७१५हलो ४१८उपमेयरसूर्य १८००छाता ११८३लालटिन ४०९हलो ४३१

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको
  • इटहरी अपडेट : पाैडेललाई अग्रता, सुब्बा दोस्रो स्थानमा

    इटहरी । इटहरी नगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार मेयर पदमा गठबन्धनबाट मेयरकाे उम्मेद्वारी दिएका हेमकर्ण पाैडेलले अग्रता कायमै राखेका छन् ।कांग्रेसका पाैडेलले ११२९ मत प्राप्त गगर्दा उनका प्रतिद्वन्दि एमालेका सुब्बाले ७२४ मत प्राप्त गरेका छन् ।त्यस्तै गठवन्धन अन्तरगत नेकपा एसबाट उपमेयरका उम्मेद्वार बिस्टले ७५५ मत प्राप्त गरेका छन् भने एमालेकि संगिताले ७९३ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन् । अहिले इटहरी उपमहानगरकाे वडा नं १, २ , १९ र २० काे मतगणना भइरहेकाे छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५६ पटक पढिएको
  • झण्डै दाेब्बर मतका साथ बालेनकाे अग्रता कायमै

    काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै निरन्तरता दिइरहेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गर्दै अग्रता कायम गरिरहेका हुन् । उनीपछि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले धेरै मत प्राप्त गरेका छन् ।स्थापितले हालसम्म ९८५ मत प्राप्त गरेका छन् । अहिलेको अवस्था हेर्दा बालेनले आफ्नो प्रमुख प्रतिद्वन्द्वीसँग ६९० मतान्तर बनाएका छन् । उता पाँचलदीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले भने ८२५ मत मात्रै प्राप्त गरेकी छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५० पटक पढिएको
  • सुन्दरहरैंचामा मेयरमा ढकाल तथा उपमेयरमा चाैधरीकाे अग्रता कायमै

    सुन्दरहरैंचा/ सुन्दरहरैंचा नगरपालिकामा जारी मतगणनामा हालसम्म २५१० मत गनिसकिएको छ । मेयरमा कांग्रेसका शिवप्रसाद ढकाल १८० मतान्तरले अगाडि छन् । उपमेयरमा एमालेकी अकली चौधरीले ४५४ मतान्तरले अग्रता लिएकी छिन् ।मेयरमा ढकालले ११४४ मत ल्याएमा छन् । एमालेका केदारप्रसाद गुरागाईँले ९६४ मत पाएका छन् । उपमेयरमा चौधरीले १०५४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ६०० मत पाएकाे निर्वाचन अधिकृतकाे कार्यलयले जानकारी दिएकाे छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ४८ पटक पढिएको
  • धरानमा मेयर काँग्रेसका किशोर राईले १३४० मतले अग्रता

    धरान / धरानमा ३५ सय मतगणना सम्पन्न हुँदा सम्म मेयरमा गठबन्धनको तर्फबाट किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघाको अग्रता कायमै रहेको छ । गठबन्धनतर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले १३४० मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङलो ९२२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका मञ्जु भण्डारीले ७०६ मत ल्याएका छन् ।यसैगरी उपमेयर तर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १४३९ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ८४४ मत प्राप्त गरेका छन् । धरान १,२, ३ नम्बर वडाहरूकाे मतगणना भइ

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५६ पटक पढिएको
  • सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढायो

    काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य प्रतिलिटर १० रुपैयाँले बढाएकाे छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा रहेकाे निगमले जनाएकाे छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]