सुन्दरहरैंचा/ सुन्दरहरैंचा नगरपालिकामा जारी मतगणनामा हालसम्म २५१० मत गनिसकिएको छ । मेयरमा कांग्रेसका शिवप्रसाद ढकाल १८० मतान्तरले अगाडि छन् । उपमेयरमा एमालेकी अकली चौधरीले ४५४ मतान्तरले अग्रता लिएकी छिन् ।मेयरमा ढकालले ११४४ मत ल्याएमा छन् । एमालेका केदारप्रसाद गुरागाईँले ९६४ मत पाएका छन् । उपमेयरमा चौधरीले १०५४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ६०० मत पाएकाे निर्वाचन अधिकृतकाे कार्यलयले जानकारी दिएकाे छ ।


