उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।
३७९४ मत गणना भइसक्दा नेकपा एमालेका उम्मेद्वार गंगा प्रसाद खरेल नगर प्रमुख पदमा १४४९ मत सहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्ग फागोले हाल्सम्म ११६४ मत प्राप्त गरेका छन् ।
यता नगर उपप्रमुखमा पनि एमालेकै मिना कुमारी खतिवडा अगाडि देखिएकी छिन् । उनले १३२८ मत ल्याएकी छिन्। उनलाई पछ्याइरहेकी कांग्रेसकी उम्मेदवार सिता कार्कीले ११५२ पाएकी छिन् । अहिले मतगणना जारी छ ।


