काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै निरन्तरता दिइरहेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गर्दै अग्रता कायम गरिरहेका हुन् । उनीपछि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले धेरै मत प्राप्त गरेका छन् ।स्थापितले हालसम्म ९८५ मत प्राप्त गरेका छन् । अहिलेको अवस्था हेर्दा बालेनले आफ्नो प्रमुख प्रतिद्वन्द्वीसँग ६९० मतान्तर बनाएका छन् । उता पाँचलदीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले भने ८२५ मत मात्रै प्राप्त गरेकी छन् ।