विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९६ हजार ५ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।
विराटनगर । स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर–१ का प्रमुख सीमानाका ‘सिल’ गरिएको छ । नाका सिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको आवागमन पनि आज बिहानैबाट बन्द भएको छ ।प्रशासनले जिल्लाभर मदिराको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाएको छ ।इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना प्रकाशन गर्दै जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकाहरू मंगलबार रातिदेखि शुक्रबार राति १२ बजेसम्म बन्द गरिएको जनाएका छन् ।यस्तै, विराटनगरको जोगबनी नाका पनि बिहानैदेखि बन्द गरिएको छ । भन्सार क्षेत्र भएर हुने मालवाहक सवारीसाधनको आउजाउ बन्द भएको विर
काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ ।निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ । हाल सबै बैंकको औसत सीडी रेसियो ९०.५२ प्रतिशत छ । ९० भन्दा माथि पुगेका बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस
इटहरी । स्थानीय तहको निर्वाचन आउन तीन दिन मात्र बाँकी हुँदा मतदाताहरु परिचयपत्र कहिले पाइने हो भनेर व्यग्र प्रतिक्षामा छन् । मतदान गर्नको लागि परिचयपत्र आवश्यक हुन्छ । निर्वाचनको तीन दिनअघिसम्म पनि मतदाता परिचयपत्र नपाएका मतदाताहरु अन्योलमा छन् ।तर जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको अघिल्लो दुई दिनभरी मतदाता परिचयपत्र वितरण गर्ने योजना बनाएको जानकारी दिएको छ । वैशाख २८ र २९ गते परिचयपत्र वितरण गरिने जानकारी दिएको छ । इटहरीका निर्वाचन अधिकृत नारायण रिमालकाअनुसार सम्बन्धीत मतदान केन्द्र र मतदान स्थलबाट मतदाताहरुलाई मतदाता परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागज
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले पालिकाका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिव
इटहरी । इटहरीको मेयर, उपमेयर को होला अनि वडाहरुमा कसको वर्चस्व होला भन्ने विषय यतिखेर इटहरीवासीको लागि चासोको विषय बनेको छ । निर्वाचनको लागि दुई दिन समय बाँकी हुँदा अन्तीम अड्कलबाजी लगाउन थालिएको छ । इटहरीको मेयरको लागि एमालेबाट याम सुब्बा र गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेल मैदानमा छन् भने उपमेयरको लागि एमालेबाट संगीता चौधरी र गठबन्धनको तर्फबाट नेकपा समाजवादीका केशव विष्ट भिडिरहेका छन् ।खासगरी एमालेले भन्ने गरेको आफ्नो किल्ला अनि त्यो किल्ला भत्काउने नेपाली काँग्रेसको अभिष्टमध्ये कसको पल्ला भारी हुन्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन । किनकी पार्टीको संगठित वा क्रियाशील सदस्यता
काठमाडौं / एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।‘काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् । सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विक
हेटौंडा / हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् ।भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताए ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका हुन् ।स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उनले भने, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’एमालेको जित सुनिश्चित भइसकेको दाबी गरेका ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.