विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९६ हजार ५ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।