इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसंग सीमा जोडिएका नाकाहरु बन्द गरिएको छ । निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म ७२ घण्टाका लागि सिमाना सील गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सीमा सिल गरिएपछि आयात निर्यात ठप्प भएका छन् भने आवतजावतमा समेत रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो । मोरङको करिब ६३ किलोमिटर भारतसंगको सीमा सिल भएपछि सुरक्षा सतर्कता बढाउन दुबै तर्फका सुरक्षा निकायहरुले आवश्यक गस्ती पेट्रोलिङ गर्न थालेका
इटहरी । रङहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार मंगलबार त्यस क्षेत्रमा होली मनाइएको हो । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने होली पर्वको आफ्नै गरिमा छ । होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्
इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, घेराबारा लगायत सामग्रीहरु सम्बन्धित मतदान केन्द्रमा पठाइएको छ भने मतदान स्थल निर्माण गर्ने कार्य पनि शुरु भएको छ । फागुन २० गते सम्म सबै मतदान स्थलहरुमा मतदान केन्द्र बनाई सक्ने तयारी रहेको छ । मतदान अघि नै राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा मतदान स्थलको मुचुल्का, मौन अवधि र अन्य सुरक्षाका विषयमा सहमति गरी सूचना निकाल्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो ।
इटहरी। ताप्लेजुङमा निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राखिने भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति ताप्लेजुङले निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राख्ने निर्णय गरेको हो ।पालिकामा रहेका एम्बुलेन्सहरुलाई कुनै समस्याका बेला उद्धार गर्न सकिने गरी तयारी हालतमा राख्ने निर्णय भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम फुङलिङसहित जिल्लाभरमा १९ वटा एम्बुलेन्स तयारी हालतमा राखिने छन् ।आवश्यकता परेको खण्डमा एम्बुलेन्स रहेको स्थानबाट नजिकमा क्षेत्रमा परिच
इटहरी । आगामी बिहीबार हुने निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण प्रकारले आवश्यक प्रशासनिक र प्राविधिक तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सबै प्रबन्ध मिलाएको जनाइएको छ । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका अधिकांश मतदान अधिकृतले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छापसहितका ६० भन्दा बढी प्रकारका सामग्री बुझिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । झापाको क्षेत्र नं। ५ अन्तर्गत दमकबाहेक अन्यत्र सबै ठाउँका मतदान अधिकृतले आवश्यक सामग्री बु
इटहरी । धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन्। जिल्लाका ११९ मतदान स्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र सामग्री पु¥याइएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।मतदान केन्द्रमा पुगेर सोमबार नै अनुसूची ३, ४, ६ र ७ टाँस गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो। अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, अनुसूची ४ मा मौन अवधिमा प्रचारप्रसार निषेध, अनुसूची ६ मा मादक पदार्थ प्रयोग तथा सेवन निषेध र अनुसूची ७ मा हातहतियार निषेधसम्बन्धी सूचना उल्लेख गरिएको छ।मङ्गलबारदेखि मतदान केन्द्र निर्माणलगायतका थ
इटहरी । भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको नेपालको पूर्वी नाका झापा जिल्लामा ७२ घण्टाका लागि सीमा सिल गरिएको छ । निर्वाचनका बेला हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो निर्णय गरिएको बताइएको छ ।मङ्गलबार बिहानैदेखि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन भएका छन् । सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मी आ–आफ्नो देश तर्फ तैनाथ भएका हुन् । निर्वाचनको समयमा ७२ घण्टा सिमा क्षेत्र सिल गरिने गर्छ ।अतिआवश्यक काम बाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभएको छ । केहि दिन अघि भारतीय अधिकारीहरुसँग निर्वाचन केन्द्रित छलफल
इटहरी। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी खोटाङ्ग जिल्लाको खोटेहाङ गाउँपालिका–७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाईते भएका छन् ।गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । उक्त गाडीमा चालक र एक जना यात्रुमात्र सवार रहेको बताईएको छ ।सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा घाईते भएका
इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा ९एमाले०ले सुनसरी १ बाट टीकाराम लिम्बू ९माङ्लेन० लाई उमेदवारका रुपमा अघि सारेको छ । कानुनमा स्थातक र राजनीतिशास्त्रमा एमए गरेका ४१ वर्षिय लिम्बू अब्बल उमेदवारका रुपमा जनताले चर्चा गर्ने गरेकाछन् । लिम्बूका अनुसार उनीसँग नीति र विचार छ । जसले समृद्धिलाई अंगालेको छ । जनताको भावनाबाट निर्माण भएको नीति र विचारको कसिमा काम गर्न उभिएको सेवकका रुपमा उनी आफूलाई मान्छन् । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बुवा देउकुमार लिम्बू ताप्लेजुङको मामाङ्खे गाविसको राप्रपाका तर्फबाट उपाध्यक्षको उमेदवार थिए । एमालेसँग राप्रपाको गठबन्धन थियो । ब
इटहरी । मोरङ जिल्लाको सुन्दरहरैचा स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ विन्दावन गौशालामा फूलको होली खेल्दै उल्लासपूर्ण वातावरणमा होली पर्व मनाइएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सयौँ भक्तजनको सहभागिताले गौशाला परिसर रंगीन र भक्तिमय बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि जगत गुरु बाल सन्त मोहन शरण देवाचार्यले सम्बोधन गर्दै धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणका लागि हिन्दु मूल्य–मान्यता मजबुत हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्दै हिन्दुवादी एजेण्डा बोकेका राजनीतिक शक्तिलाई समर्थन गर्न भक्तजन तथा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.