All Posts By कोशी प्रेस

    Showing १३,४६१-१३,४७० of १३,७४९ items.
  • बालिकासँगको अवैध सम्बन्ध लुकाउन, हत्या गरेको आरोपमा एक जना पक्राउ

    पर्सामा बालिका अपहरण गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छन् ।पक्राउ पर्ने वीरगन्ज महानगरपालिका– १६ का ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी रहेका छन् । आरोपित कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको अपहरण गरी हत्या गरेको अनुसन्धान मार्फत खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।कुर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर– १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशुवाहाकी १० वर्षीय छोरी रिजवाना महतोको हत्या गरेका हुन । गत पुस २४ गते वीरगन्ज महानगरपालिका वडा नं.१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनमा रिजवाना महतोको शव फेला परेको थिय

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १०२ पटक पढिएको
  • रामधुनीमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै (खोप केन्द्र सहित)

    रामधुनी : रामधुनी नगरपालिकाले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको अमेरिकन मोडर्ना खोप लगाउँदै छ ।आज देखि माघ १८ गते सम्म पहिलो दिन ८ बटा, दोस्रो दिन ७ बटा र अन्तिम दिन ६ वटा  रामधुनीक नगर भित्रका विद्यालयलाई खोप केन्द्र तोकी खोप लगाइएकको रामधुनी नगर स्बास्थ साखाले जानकारी दिएको छ ।  कोरोना विरुद्धको मोर्डना खोप पहिलो डोज रामधुनीमा ६ देखी ७  हजार बालबालिकालाई लगाइने लक्ष लिइएको बताइएको छ ।खोप केन्द्र विद्यालय तोकिए पनि आफूलाई पायक पर्ने विद्यालय तथा खोप केन्द्रहरूमा जन्म दर्ता देखाइ विद्यालय पढ्ने नपढ्ने सबै बालबालिकाले खोप लगाउन पाउने बताइएक

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १७५ पटक पढिएको
  • महालक्ष्मीमा औद्योगिक ग्राम स्थापना गर्न मेयर नेपाल र उद्याेग मन्त्रालय बीच सम्झौता

    धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम सञ्चालन गर्न नगरपालिका र उद्योग मन्त्रालय बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार महालक्ष्मीका मेयर पर्शुराम नेपालले उद्योग मन्त्रालय पुगेर सम्झौता गरेका हुन् ।स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरवासीलाई स्वरोेजगार बनाउने अवधारणा अनुरुप वडा नम्बर १ को कटहरेमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रालयसँग दोहोरो सम्झौता गरिएको नगरप्रमुख नेपालले बताए । महालक्ष्मी र आसपासका क्षेत्रमा हरेक व्यक्तिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरुप औद्योगिक ग्राम स्थापनाको प्रकृया अघि बढाइएको उनको भनाई छ । ‘हामी निर्वाचित भएपछि नगरभित्र पूर्वाधार विकासक

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १७१ पटक पढिएको
  • गिरीबन्धु टी स्टेटको जग्गा बिक्री प्रकरण: आर्थिक मन्त्री आङ्वो भन्छन्- ‘सरकारीकरण गरिनुपर्छ’

    झापा । माघ १५ गते । झापाको पुरानो र ठूलो चिया बगान गिरी बन्धु टी स्टेटको जग्गा बिक्रीको विषयलाई लिएर राजनीतिक आरोप प्रत्यारोप सुरु भएको छ ।गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा बढी राखेको चियाबगानको जग्गा सट्टापट्टाको नाममा बिक्रीवितरण गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णयको स्थानीय राजनीतिक दलले विरोध गरिरहेका छन् ।गिरीबन्धु टी स्टेटको स्वामित्वमा झापाको विर्तामोड र अर्जुनधारा गरी ३४१ बिघाभन्दा बढी जग्गा रहेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले भूमिसम्बन्धी ऐन २०२१ संशोधन गरी चिया बगानको जग्गा बिक्रीका लागि बाटो खुला गरेको थियो ।प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १५८ पटक पढिएको
  • नेपालसँग मरिसस १-० ले पराजित

    विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ ।शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे ।२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • २१४ पटक पढिएको
  • जनमतको तागतले सत्तारुढ गठबन्धन निर्वाचन गराउन बाध्य : एमाले महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन् । शनिबार सत्तारुढ गठबन्धनको बैठकले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै एमाले महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा भनेका छन्, ‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ, ‘जेठ अगावै चुनाव गर्ने ।’ हो, यसैलाई भनिन्छ जनमतको तागत ।’प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै निर्वाचन गर्नुपर्ने दबाब दिँदै आए पनि सरकारले निर्वाचनको मिति तोक्न आलटाल गर्दै आएको थियो । सत्तारुढ गठबन्धन निर्वाचन

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १२९ पटक पढिएको
  • प्रदेश १ सरकारद्वारा सत्ता टिकाउन मन्त्रालयको सङ्ख्या बढाउने तयारी

    पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरी मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य गरिरहेको छ ।मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी गरिरहेको हो ।गठबन्धन भित्रको खटपटले घोषित मन्त्रीमण्डल विस्तारको काम अलमलमा परेको बेला सरकारले राजनीतिक भागबन्डा मिलाउन मन्त्रालय विभाजनको तयारी थालेको हो । सरकारको उक्त तयारीसँगै सरकारको टाउकोमा व्ययभारको बोझ थपिने निश्चित छ ।सेवा प्रवाहमा चुस्त बनाउनुको सट्टा राजनीतिक भागबन्डा पुर्‍याउनकै निम्ति मन्त्रालय फुटाउने तयारी गर्नु गलत भएको राजनीतिक विश्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १४० पटक पढिएको
  • बैशाखमा स्थानीय निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा‍ बाबुराम भट्टराईले २०७४ सालमा तीनै चरणको निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल पूरा भएपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति भएको पुष्टी गरेका छन् ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १२४ पटक पढिएको
  • आशिष सर्भिसिगंले आधुनिक प्रविधि सहित सर्भिसिगं सेन्टर सञ्चालनमा ल्याउने

    इटहरी । पुर्वी नेपालमा  पछिल्लो केही वर्ष यता देखि निजी  साना सवारी साधान प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सवारी साधनको मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सर्भिसिगं सेन्टरहरु समेत खुल्ने क्रम पनि वढी रहेको छ ।  पछिल्लो समयमा पुर्वी नेपालको व्यापारी केन्द्रको रुपमा विकासित इटहरीमा साना ठुलो सवारीका साधन विक्री गर्ने शो रुम सहित मेकानिक काम गर्ने सर्भिसिगं सेन्टर समेत खुल्ने क्रम बढेका छन । विगत ११ वर्ष देखि इटहरीमा सवारी साधन मर्मट, डेन्टिगं,पेन्टिगं, स्पेयर पार्टस् , वासिगं लगायतको काम गर्दै आएको आशिष सर्भिसिगं सेन्टरले आफनै भवनबाट थप सुविधा सहित सर्भिसिगं

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १७२ पटक पढिएको
  • गछिया जेसिजको पदस्थापन सम्पन्न, अध्यक्षमा दाहाल

    सुन्दरहरैँचा ।  गोकर्ण रिसोर्टमा नेपाल जेसिज पूर्व राष्ट्रिय अध्यक्ष भोलेस्वोर दुलालको प्रमुख अतिथ्यतामा  भएको  कार्यक्रममा  जेसिज वर्ष २०२२ का अध्यक्ष मदन दाहालसहित पदाधिकारीको पदस्थापन भएको हो । जेसिज वर्ष २०२१ का अध्यक्ष रबिन सिटौलाले नयाँ अध्यक्षलाई पदस्थापन र सपथ ग्रहण गराएका थिए । आगामी कार्यकाल बर्ष २०२२ का लागि उपाध्यक्षमा पप्पु साह, सुमिना कटुवाल,संयोग ढकाल, निश्चल घिमिरे , निराजन धमला, अनिल सिग्देल, कानुनी सल्लाहाकार प्रदिप बिष्ट, कोषाध्यक्ष शान्तिराम श्रेष्ठ, महासचिब पुष्पा ढुंगेल, सचिब रोहित लिम्बू र जनसम्पर्क अधिकारीमा भूपेन्द्र चौलागाई

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]