इटहरी । पुर्वी नेपालमा  पछिल्लो केही वर्ष यता देखि निजी  साना सवारी साधान प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सवारी साधनको मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सर्भिसिगं सेन्टरहरु समेत खुल्ने क्रम पनि वढी रहेको छ ।  पछिल्लो समयमा पुर्वी नेपालको व्यापारी केन्द्रको रुपमा विकासित इटहरीमा साना ठुलो सवारीका साधन विक्री गर्ने शो रुम सहित मेकानिक काम गर्ने सर्भिसिगं सेन्टर समेत खुल्ने क्रम बढेका छन । विगत ११ वर्ष देखि इटहरीमा सवारी साधन मर्मट, डेन्टिगं,पेन्टिगं, स्पेयर पार्टस् , वासिगं लगायतको काम गर्दै आएको आशिष सर्भिसिगं सेन्टरले आफनै भवनबाट थप सुविधा सहित सर्भिसिगं सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

IMG_0370

पत्रकार सम्मेलनको आयोजना गरी सेन्टरका सञ्चालक गणेश कार्कीले साना गाडीहरुको सवै प्रकारको मर्मत मेकानिक काम सहित डेन्टिगं,पेन्टिगं ,स्पेयर पार्टस , वासिगं नाइट्रोजन फिलिगं व्हील व्यालेन्सिगं सहितका कामहरु आधुनिक प्रविधि र कुशल मेकानिक टिमबाट दिने गरी यही माघ २३ गतेबाट सञ्चालनमा ल्याउने जानकारी दिए ।IMG_0382

उनले हाल पनि आफुहरुले प्रदेश नम्बर १का सवै जिल्ला सहित प्रदेश २का सप्तरी र सिराहा सम्मका सेवाग्राहीहरुलाई सेवा दिदै आएको समेत वताए ।

   गाडिको मर्मत संभारका साथै आगामी दिनमा सर्भिसिगं सेन्टरसंगै गाडी सर्भिस र मर्मतका लागि आउने आफना ग्राहकहरुलाई लक्षित गरी एकै छानामुनीबाट क्याफे ,सैलुन , रिसोर्ट लगायतको सेवा समेत प्रदान गर्ने गरी काम भई रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।