All Posts By कोशी प्रेस

    Showing १,५२१-१,५३० of ११,७७० items.
  • मधुमल्लामा बजाज अटोको आधिकारिक शोरूम, स्थानीय युवालाई रोजगारी

    इटहरी ।  मोरङको मिक्लाजुङ गाउँपालिका–९ का युवा व्यवसायी संगीत शाहले मधुमल्ला बजारबाट बजाज कम्पनीका अटोहरूको आधिकारिक शोरूम सञ्चालनमा ल्याउनुभएको छ । लामो समयदेखि अटो मर्मत तथा पाट्र्स व्यवसायमा सक्रिय शाहले अब आफ्नै शोरूममार्फत सेवा विस्तार गर्नुभएको हो । करिब ११ वर्षअघि आफ्नै घरबाट अटो मर्मत कार्य सुरु गरेका शाहले अनुभव र मेहनतको आधारमा व्यवसायलाई विस्तार गर्दै मधुमल्लामा सुविधा सम्पन्न शोरूम स्थापना गर्नुभएको हो ।  शोरूममा बजाज कम्पनीका अटो उपलब्ध हुनुका साथै पुराना अटोहरूको डेन्टिङ, पेन्टिङ तथा जुनसुकै कम्पनीका अटो मर्मत सेवा प्रदान गरिँदै आएको छ । साथै विभिन्न मोडेलका अटो, बाइकका

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १३७ पटक पढिएको
  • रेडस्टार मावि पथरी शनिश्चरे नगरकै च्याम्पियन ,बुद्ध मावि ’फस्र्ट रनरअप’

    इटहरी । मोरङको पथरी शनिश्चरेको रेडस्टार अङ्ग्रेजी मावि सातौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता –२०८२ को च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न भएको उक्त प्रतियोगिताको विभिन्न खेलकुद प्रतियोगिताहरूमा रेडस्टार माविले १९ स्वर्ण, ५ कास्य र ४ रजत सहित कुल २८ वटा पदक जितेर नगर– च्याम्पियन बन्न सफल भएको हो।यो सँगै रेडस्टार मावि संस्थागत विद्यालयहरूको तर्फबाट पथरी शनिश्चरे नगरपालिकामै सबैभन्दा बढी स्वर्ण सहित धेरै पदक जितेर रनिङ सिल्ड उचाल्ने विद्यालय पनि बन्न सफल भएको छ । यसैगरी, सोहि प्रतियोगितामा पथरी शनिश्चरे वडा नं ०८ को बुद्ध माविले ७ स्वर्ण, ७ कास्य र ६ रजत सहित कुल २० वटा पदक जित्दै ’फ्रष

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १६५ पटक पढिएको
  • चौबिसे गाउँपालिका–४ फलामेटारमा कृषकको ७ सय टमाटर बोट नष्ट, दोषी अझै फरार

    इटहरी ।  अज्ञात समूहले धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा एक कृषकको टमाटर खेती नष्ट गरिदिएको घटना बाहिरिएको छ । घटना यही माघ २१ गते रातिको हो । स्थानीय कृषक महेश कार्कीले ४ रोपनी जग्गामा लगाएको करिब ७ सय टमाटर बोट उखालेर नष्ट पारिएको हो । रातको समयमा अज्ञात व्यक्तिहरूले बोट उखेलेर क्षति पुर्‍याएको कार्कीको भनाइ छ  । उत्पादन दिन थालेको अवस्थामा बाली नष्ट गरिएकाले ठुलो आर्थिक क्षति पुगेको कार्कीले गुनासो गर्नुभयो । उहाँले स्थानीय गणेश भण्डारीको बारी भाडामा लिएर व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएको थियो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्कीले घटना भएको एक हप्ता बितिसक्दा पनि

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १६३ पटक पढिएको
  • सुशीला कार्की आज ताप्लेजुङ भ्रमणमा, पाथीभरा दर्शनपछि निर्वाचन कार्यालय निरीक्षण गर्ने

    इटहरी । प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको भ्रमणमा आउनुहुने भएको छ । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरुको भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री कार्कीले शुक्रबार ताप्लेजुङको भ्रमण गर्नुहुने भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार आज बिहान ८ बजे प्रधानमन्त्री कार्की ताप्लेजुङ आइपुग्ने कार्यक्रम रहेको छ । ताप्लेजुङ आइपुगेपछि प्रधानमन्त्री कार्कीले सुरुमा प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुहुने र पाथीभरा दर्शनपछि जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्नुहुने प्रजिअ सेढाइँले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा आउँदो फागुन २१

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १४० पटक पढिएको
  • पाथीभरामा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन

    इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन भएको छ । माघ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार माघ महिनामा भक्तजनहरूले १८ लाख ४७ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाइ फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको सङ्लकन गरी फुङलिङ रहेको

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ११३ पटक पढिएको
  • झापामा एक हात्ती मृत अवस्थामा फेला

    इटहरी ।  झापाको कचनकवल गाउँपालिका वडा नं। ७ स्थित दिप ज्योती सामुदायिक वन क्षेत्र भित्र एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार अपरान्ह जलथल वन क्षेत्रभित्र हात्ती मृत अवस्थामा देखिएपछि सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, चन्द्रगढीलाई जानकारी गराएका थिए । केही समययता यहाँ वन क्षेत्रमा हात्तीको ओहोरदोहोर बढिरहेको थियो ।वन कार्यालयबाट खटिएको प्राविधिक टोली घटनास्थलमा पुगेर आवश्यक निरीक्षण तथा मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरेर हात्तीको शव व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १२२ पटक पढिएको
  • इटहरीको शिक्षादीप एकेडेमी स्कुलमा फुड फेस्टिभल आयोजना

    इटहरी | विद्यार्थीलाई विभिन्न खानाका परिकारबारे जानकारी गराउने, पकाउने सीप विकास गर्ने तथा व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले इटहरीको शिक्षादीप एकेडेमी स्कुलले ‘फुड फेस्टिभल’ आयोजना गरेको छ।इटहरी उपमहानगरपालिका वडा नं. १६ स्थित शिक्षादीप एकेडेमी स्कुलमा अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित उक्त फेस्टिभलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न परिकारहरू स्टलमार्फत प्रदर्शन तथा बिक्री गरेका थिए।फेस्टिभलमा सहभागी विद्यार्थीहरूले किताबी ज्ञानसँगै व्यावहारिक सीप सिक्न पाएको र सानो स्तरमै व्यापार–व्यवसायको अनुभव हासिल गर्न सकेक

    • प्रकाशित मितिः माघ २९, २०८२
    • २१५ पटक पढिएको
  • झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित पाँच जना पक्राउ

    इटहरी । झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज २ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई शंका लागेर चेकजाँच गर्दा अटोभित्र ६ ग्राम ०९ मिलि ग्रामब्राउनसुगर फेला पारेको हो । यससँगै चालक शिवसताक्षी २का दिलकुमार विश्वकर्मा, अटोमा सवार गौरादह ८ का अमन ताजपुरिया, धरान १६ की दीपा परियार र बेलबारी ९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ ।त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ कालाबन्जार चोक स्थितबाट बराहक

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १४४ पटक पढिएको
  • खसीको नाममा बाख्राको मासु बेच्ने दुई पसलमाथि विराटनगर महानगरको कारबाही

    इटहरी ।  उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसल माथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको पहिचान चिन्ह नभएको मासु बिक्रीका लागि राखिएको भेटिएपछि परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको महानगरले जनाएको छ । उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान पसलविरुद्ध

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १७१ पटक पढिएको
  • आफूले मतदाताको निकै माया र विश्वास पाएको अध्यक्ष ओलीकबो भनाइ

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताउनुभएको छ । झापा भ्रमण पूरा गरी काठमाडौँ फर्किने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।झापा क्षेत्र नं ५ का मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो भन्ने जिज्ञासामा अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका जनताबाट अगाध स्नेह र भरोसा प्राप्त भएको उल्लेख गर्नुभयो । एक सातासम्म आफ्नै निर्वाचन क्षेत्रमा मतदातासँग समय बिताउनुभएका ओलीलाई स्थानीयले विकासका योजना, अपुरा आयोजना र स्थानीय समस्याका बारेमा जानकारी गराएका थिए ।भेटघाटका क्रमम

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]