All Posts By कोशी प्रेस

    Showing १,७५१-१,७६० of १३,६०१ items.
  • पाँचथरको हिलिहाङ गाउँपालिकामा विपद् व्यवस्थापनमा खटिएका वडा सदस्यमाथि कुटपिट, वडाध्यक्षद्वारा घटनाको भर्त्सना

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा विपद् व्यवस्थापन तथा सरसफाइ अभियानमा खटिएका एक वडा सदस्यमाथि कार्यस्थलमै कुटपिट भएको छ। अविरल वर्षापछि प्रभावित क्षेत्रको पहिरो व्यवस्थापन तथा सरसफाइको काममा संलग्न रहनुभएका वडा सदस्य छबिन्द्र योङहाङमाथि वीरेन्द्र भनिने स्थानीय मनराज सुहाङले कुटपिट गरेका हुन्। गत असार ४ र ५ गतेको वर्षापछि वडा क्षेत्रमा उत्पन्न विपद्को व्यवस्थापनका लागि खटिरहेका बखत वडा सदस्य योङहाङमाथि असार १२ गते बिहान आकस्मिक आक्रमण भएको हो।आक्रमणकारी सुहाङले योङहाङलाई हेल्मेटले टाउको र छातीमा प्रहार गरेको बताइएको छ। आक्रमणबाट गम्भीर घाइते हुनुभएका योङहाङको हाल झापास्थित बी एन्ड सी अस

    • प्रकाशित मितिः असार १४, २०८३
    • १३५ पटक पढिएको
  • विराटनगरमा ६ अर्ब ७६ करोडको लगानीमा पोडवे चलाउन अनुमति,रानीदेखि बसपार्कसम्मको ७ किलोमिटरमा साउनदेखि विस्तृत अध्ययन सुरु हुने

    इटहरी । विराटनगरमा पोडवे सेवा सञ्चालनका लागि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गरिएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि बसपार्कसम्म सात किलोमिटर दुरीमा पोडवे यातायात परियोजनाको सम्भाव्यता अध्ययन, निर्माण तथा सञ्चालनका लागि अनुमति दिएको हो । काठमाडौं पोडवे कम्पनी प्रालिले करिब छ अर्ब ७६ करोड रुपियाँ ९अमेरिकी डलर चार करोड ५१ लाख० अनुमानित लागतसहित प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो । यसलाई अनुमोदन गर्दै बोर्डको ३३ औँ बैठकले डिपिआरका लागि अनुमति दिएको लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले जानकारी दिनुभयो ।&nb

    • प्रकाशित मितिः असार १४, २०८३
    • २०३ पटक पढिएको
  • वर्षासँगै आएको लेदो र पहिरोले इलामको राजदुवाली र रोङ खण्ड अवरुद्ध, मेची राजमार्ग ठप्प हुँदा चार जिल्लाका यात्रु अलपत्र

    इटहरी। वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उहाँले बताउनुभयो ।  सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताउनुभयो । लगातार लेदो सडकमा

    • प्रकाशित मितिः असार १४, २०८३
    • १२० पटक पढिएको
  • जोखिमपूर्ण 'महभीर' छिचोलिएसँगै खोटाङबासीको वर्षौँदेखिको सपना पुरा, दिक्तेल–तराई जोड्ने छोटो सडक सञ्चालनमा

    इटहरी  । महभीर फोडिएसँगै खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको सडक सञ्चालनमा आएको छ। महभीर नजिक दुवैतर्फ सडक ट्रयाक जोडिए पनि भीरका कारण सडक सञ्चालनमा आउन सकेको थिएन। करिब पाँच महिनाको निरन्तर प्रयासपछि महभीर फोडिएसँगै पहिलो पटक छोटो दूरीको सडक जोडिएको हो। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्लासम्म पुग्ने सबैभन्दा छोटो मार्ग मानिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभीरसम्म ट्रयाक केही वर्षअघि नै खोलिएको

    • प्रकाशित मितिः असार १४, २०८३
    • २८० पटक पढिएको
  • इटहरीमा ७५औँ मदन भण्डारी जयन्ती विविध कार्यक्रमसहित मनाइयो

    इटहरी, असार १४ — ७५औँ मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इटहरीको आयोजनामा नेकपा एमाले इटहरी उपमहानगर कमिटीको कार्यालयमा विविध सांस्कृतिक कार्यक्रम तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।मदन भण्डारी फाउन्डेसन इटहरीका अध्यक्ष उमेश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठ, मदन भण्डारी फाउन्डेसन सुनसरीका अध्यक्ष प्रहलाद पहरेदार, फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरू, नेकपा एमालेका प्रदेश, जिल्ला र नगर कमिटीका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उ

    • प्रकाशित मितिः असार १४, २०८३
    • १२१ पटक पढिएको
  • धरानमा अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा

    इटहरी । धरान उपमहानगरपालिका–८, तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ। शनिबार आयोजित एक विशेष समारोहबिच धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले बसपार्कको औपचारिक उद्घाटन गर्नुभएको हो। करिब २७ कट्ठा जग्गामा फैलिएको यस बसपार्कमा भूमिगत पार्किङको सुविधसहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दक्षिण–पश्चिमतर्फको केही भाग भने निर्माण हुन बाँकी रहेको धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभयो।बसपार्कको बेसमेन्टमा करिब एक हजार ८४० वर्गमिटर क्

    • प्रकाशित मितिः असार १३, २०८३
    • २६४ पटक पढिएको
  • डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सम्पन्न

    इटहरी । पर्यटन तथा होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले इटहरी–५ स्थित सत्सङ्ग प्यालेसमा सञ्चालन गरिएको तीनदिने निःशुल्क डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको सहयोग तथा नेपाल पर्यटन बोर्डको आयोजनामा असार ११ देखि १३ गतेसम्म सञ्चालन भएको तालिममा सुनसरी सहित कोशी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष केशव गिरीले जानकारी दिनुभयो । संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्

    • प्रकाशित मितिः असार १३, २०८३
    • २४८ पटक पढिएको
  • भोक्राहा नरसिंहमा विद्यार्थीहरूको व्यक्तित्व विकाससम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

    सुनसरी। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा “विद्यार्थीहरूको व्यक्तित्व विकास सम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको तालिमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप तथा सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेको थियो।तालिममा गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३०६ पटक पढिएको
  • भोक्राहा नरसिंह गाउँपालिकामा “भ्रामक समाचार विरुद्ध सचेतना अभियान” सम्पन्न

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका मा “भ्रामक समाचार विरुद्ध सचेतना अभियान” सम्पन्न भएको छ। गाउँपालिकाका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा एकदिने सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।“भ्रामक समाचार फैलाउनु अपराध हुन सक्छ, सचेत बनौं र जिम्मेवार बनौं”, “तथ्य पुष्टि गरौं, कानुनी जोखिमबाट बचौं” तथा “सत्य सूचना प्रवाह गरौं, सभ्य र सुरक्षित समाज निर्माण गरौं” भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा, शिक्षकहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल ले सहजीकरण तथा प्

    • प्रकाशित मितिः असार १३, २०८३
    • ५३ पटक पढिएको
  • भोजपुरमा डेङ्गी सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालय र प्रहरीको संयुक्त पहल, प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान चलाइने

    इटहरी । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्‍यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् । अभियानअन्तर्गत अब जिल्ला तहमा डेङ्गी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ ।डेङ्गीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावका

    • प्रकाशित मितिः असार १३, २०८३
    • १५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]