इटहरी । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ । सरकारले डिजेलको मूल्य प्रतिलिटरमा १२ रुपियाँले वृद्धि गरेपछि इँटाको ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । इँटा उद्योगबाट निर्माणस्थलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्च बढेपछि उद्योगीले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपियाँसम्म मूल्य बढाएका छन् । सुन
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाले वसन्त माध्यमिक विद्यालयमार्फत निःशुल्क शिक्षाको नयाँ अभ्यास सुरु गरेको छ । विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी खाना, बाससहित निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएको हो । विद्यालयमा आधुनिक छात्रावास भवन निर्माण गरिएसँगै विद्यार्थीको बसोबास सुरक्षित र व्यवस्थित बनेको छ । यसले टाढा टाढाबाट आउने विद्यार्थीलाई सहज भएको छ । विशेष गरी विद्यालय टाढा परेका तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवास र खानासहितको शिक्षा व्यवस्था गरिएको पालिका अध्यक्ष अर्जुन मावोहाङले जानकारी दिनुभयो । पालिकाका प्रम
इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लालविक्रम थापा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३०३ र श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत पाउनुभएको थियो। करिब ४१ हजारभन्दा बढी मतान्तरसहित विजयी हुनुभएका थापा यसअघि २०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहनुभएको थियो । सिभिल इन्जिनियरिङ अध्ययनसँगै कलेज सञ्चालन र समाजसेवामा सक्रिय रहँदै आएका था
सुनसरी | लोहरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै उदयपुरको बसाह क्लबले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि जितेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा बसाहलाई उपाधि जिताउन कप्तान रितेश तामाङले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको २६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।प्रतियोगिताको विजेता टिम बसाहले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता लोहरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाएको छ । लोहरुङका मिलन लिम्बु प्लेयर अफद फ
धरान | चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनबाट सुबास संकल्प श्रेष्ठ(खेमराज) अध्यक्षमा चयन भएका छन्।आज धरान–१५ स्थीत होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा(रश्मी), कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्।सदस्यहरुमा रबिन काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिप तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ, विशाल काफले चयन भए। यसैगरी प्रदेश प्रतिनिधीमा एनएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की, सुमन भट्टराई र केन्द्रिय प्रतिनिधि बिनोद विश्वकर्मा र आरती थापा(रश्मी) चयन भए
इटहरी । ताप्लेजुङमा चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिने मन्त्रजप कार्यक्रम हुनेबारे जानकारी गराएको हो ।विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटारमा चैत १२ देखि १४ गतेसम्म ३ दिने मन्त्रजप कार्यक्रमको आयोजना गरिएको समितिका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ।बिसं २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड म
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आयोजित अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा झापाकै सुवर्ण भट्टराई र कोषाध्यक्षमा मोरङका सन्तोष कुमार राई निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुनसरीका उमेश महतो, मोरङका लोक बहादुर रोका, महेन्द्र कुमार राई, झापाका धिरज नारायण गणेश चयन हुनुभएको
इटहरी । सहितशान्तिनगर इग्लिस स्कुलले आयोजना गरेको एक दिने इफेक्टिभ प्यारेन्टिङ कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुको सामाजिक , शारीरिक, मानसिक र भावनात्मक विकास गराउनमा अभिभावकहरु कसरी लाग्नुपर्छ भन्ने विषयमा परामर्श प्रदान गरिएको थियो । अभिभावकहरूले प्यारेन्टिङको विषयमा धेरै कुरा जानेको भएपनि दैनिक जीवनमा वेवास्ता गरिएका कतिपय कुराबारे सजग गराईएको थियो । शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको आवश्यकता र औचित्यमाथि विद्यालयका प्रिन्सिपल उत्तम पौडेलले प्रकाशपार्नु भएको थियो । झण्डै ५ घण्टा चलेको उक्त कार्यक्रमको विचविचमा
इटहरी। शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका –६ थुम्कीमा शनिवार साँझ पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।इलाका प्रहरी कार्यालय भेडेटार तथा निर्माणाधीन सडकको ठेकेदार कम्पनीले अबरोध हटाएर सडक सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सडक कटिङ गरिएको स्थान भिरालो भएकाले माथिबाट निरन्तर पहिरो झरी रहँदा सडक पटक–पटक अबरुद्ध हुनेगरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । यो सडक धनकुटाको साँगुरीगढी, चौबिसे तथा पाँचथर पश्चिम दक्षिणी क्षेत्रका बासिन्दाको धरानसहित तराई क्षेत्
इटहरी । १८ औ संस्करणको रामनवमीका कप भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि धनकुटाको हिलेमा सञ्चालन हुने भएको छ । हिले भलिबल क्लबले रामनवमीको अवसर पारेर कोशी प्रदेश पालिका स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगितामा विजेता टोलीले नगद दुई लाख दुई हजार २२२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद एक लाख एक हजार १११ रुपियाँसहित ट्रफी, मेडल पाउने क्लबका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।त्यस्तै, प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई १० हजार रुपियाँ प्रदान गरिने छ । सेमिफाइनलमा पुग्ने टिमलाई प्रति टिम १५ हजार रुपियाँको व्यवस्था गरिएको जनाइएको छ । स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.