इटहरी। सुनसरीको इनरुवा स्थापना गर्ने परिवारका सदस्यहरूलाई इनरुवा नगरपालिकाले १९ औँ गणतन्त्र दिवस तथा ‘इनरुवा डे’ को अवसरमा सम्मान गरेको छ ।

वि।सं। १९८८ जेठ १५ गते झोडा फडानी गरी सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्व। धनबहादुर श्रेष्ठका नातिहरू रमेश श्रेष्ठ ९होमबहादुर श्रेष्ठका छोरा० र क्याबिनेट श्रेष्ठ ९दिलबहादुर श्रेष्ठका छोरा० लाई शुक्रबार आयोजित विशेष समारोहमा सम्मान गरिएको हो ।

इनरुवाको स्थापना, विकास र ऐतिहासिक योगदानको कदर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी र उपप्रमुख विनिताकुमारी मेहताले उहाँहरूलाई दोसल्ला, खादा र ताम्रपत्रसहित सम्मान पत्रद्वारा सम्मान गर्नुभयो । नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते ‘इनरुवा डे’ मनाउने क्रममा विभिन्न विधाका ३३२ जनालाई सम्मान गरेको सूचना अधिकारी निरज पोखरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख केदार भण्डारीका अनुसार इनरुवा स्थापनामा ऐतिहासिक योगदान गर्ने श्रेष्ठ परिवारसहित विभिन्न विधाका ‘इनरुवा पहिलो’ व्यक्ति ६९ जना, विद्यावारिधि गर्ने २४ जना, राष्ट्रिय खेलाडी १३ जना, वरिष्ठ अधिवक्ता सात जना, ज्येष्ठ नागरिक २० जना, सामाजिक सङ्घसंस्था ३२ वटा, पहिलो एसएलसी र एसईई उत्कृष्ट ३५ जना तथा जग्गादाता १३१ जना गरी कुल ३३२ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा स्वागत गर्दै नगर प्रमुख भण्डारीले नगर कार्यपालिकाबाट स्वीकृत कार्यक्रम अनुसार इनरुवाको स्थापना, विकास तथा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सम्मान गरिएको बताउनुभयो ।