All Posts By कोशी प्रेस

    Showing २,०८१-२,०९० of १२,८१४ items.
  • मोरङको रंगेलीमा पहिलोपटक आमाको नामबाट नागरिकता वितरण सुरु

    इटहरी ।  मोरङको रंगेली नगरपालिकामा पहिलोपटक आमाको नामबाट नेपाली नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा इलाका प्रशासन कार्यालय रंगेलीमार्फत सेवा सुरु गरिएको हो।यसअघि आमाको नामबाट नागरिकता लिन सेवाग्राहीहरूलाई विराटनगर पुग्नुपर्ने बाध्यता थियो। दूरी, खर्च र समयका कारण धेरै नागरिकहरू अधिकारबाट वञ्चित हुने अवस्था रहेको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल स्वयं रंगेली पुगेर सेवा प्रवाह सुरु गरेका हुन्। उनले नागरिकलाई आधारभूत अधिकार दिलाउन प्रशासन घरदैलोमै पुग्नुपर्ने नीति अनुसार काम भइरहेको बताए।रंगेली नगरपालिका–६ का कपिल कर्मकार र व

    • प्रकाशित मितिः चैत ४, २०८२
    • २२२ पटक पढिएको
  • ताप्लेजुङमा आर्थिक गणना कार्यालय स्थापना

    इटहरी। ताप्लेजुङमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित हुलाक लाइनमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी मङ्गलबारदेखि सेवा प्रारम्भ गरिएको हो ।जिल्ला आर्थिक गणना अधिकारी जीतेन्द्र बैठाले आर्थिक गणना कार्यालय स्थापना भएसँगै सेवा प्रारम्भ एको जानकारी दिनुभयो । जिल्ला आर्थिक गणना कार्यालयमा तीन जना सुपरीवेक्षक र १८ जना गणकसहितका जनशक्ति कार्यरत रहने पनि गणना अधिकारी बैठाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथ्याङ्क विभागमार्फत छनोट भएका सुपरीवेक्षक तथा गणक जिल्ला तहको जिम्मेवारीमा आउनु भएको हो । ताप्लेजुङका लागि छनोट भएका सुपरीवेक्षक र गणकलाई चैत अन्तिम स

    • प्रकाशित मितिः चैत ४, २०८२
    • १९० पटक पढिएको
  • खोटाङ दुर्घटनाः हेलिकोप्टर क्षतिग्रस्त, यात्रुहरू सकुशल

    इटहरी । खोटाङमा भएको हेलिकोप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकोप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकोप्टरमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । हेलिकोप्टरमा लास राखिएको बाकस नअटेपछि लास गाडीबाट पठाएर मृतकका आफन्त हेलिकोप्टरमा गाउँ आएको पाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । शवको दाहसंस्कार गर्न गाउँ आएका स्थानीय चढेको हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा बुधबार दिउँसो १२ बजे दुर्घटना भएको हो । काठमाडौँबाट बालाबेँसी पुगेर ल्यान्ड गर्ने क्रममा एयर डाइनेस्टिको हे

    • प्रकाशित मितिः चैत ४, २०८२
    • २११ पटक पढिएको
  • खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक जना घाइते

    इटहरी ।  काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो दुर्घटना भएको हो । बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ । चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो । घाइते राईलाई अर्को हेलिकप्टरमार्

    • प्रकाशित मितिः चैत ४, २०८२
    • १८१ पटक पढिएको
  • पाँच दिन पछि खुल्यो एकतर्फी रुपमा भेडेटार राजारानी रविराके सडक

    इटहरी ।  गत शुक्रवार वाट बन्द रहेको भेडेटार राजारानी रविराके सडक  बुधवारबाट  एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।सुख्खा पहिराको निरन्तर झरेका कारण भेडोटार थुम्की खण्डमा पर्ने लभडाँडामा सडक अवरुद्ध भएको थियो ।यो स्थान भेडेटारवाट करिब अढाइ किलो मिटरको दूरीमा रहेको छ । करिब एक सय मिटर क्षेत्रमा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । पाँच दिनको निरन्तर प्रयास पछि पहिरो हटाएर सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो । उहाँको अनुसार नेपाल प्रहरी र सडक निर्माण गरीरहेको एप्को इन्फाटेक कम्पनीले सडक खुलाएको हो । निर्माणधीन सडक

    • प्रकाशित मितिः चैत ४, २०८२
    • १५४ पटक पढिएको
  • झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ

    इटहरी ।  झापाको भद्रपुर नगरपालिकामा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष चेकजाँच अभियानको क्रममा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको जनाएको छ । मङ्गलबार राति गरिएको दुई छुट्टाछुट्टै जाँचमा ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर–६ स्थित श्रवण यादवको घरमा लागुऔषध रहेको गोप्य सूचनाका आधारमा छापा मारेर घर खानतलासी गर्दा प्लास्टिकसहित ५४ ग्राम ४३० मिलिग्राम र प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जनाउनु भयो । प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आङ्शका

    • प्रकाशित मितिः चैत ४, २०८२
    • १४५ पटक पढिएको
  • इटहरीको जनता माविमा व्यवस्थापन समिति गठनमा १० महिनादेखि अन्योल

    इटहरी । गत वैशाखमा म्याद सकिएको इटहरीको जनता माध्यमिक विद्यालय ९मावि० व्यवस्थापन समितिले अझै कायममुकायमको भरमा चलिरहेको छ । नेकपा एमाले भित्रको आन्तरिक कलह र नेपाली काँग्रेस सँगको भागबन्डा नमिल्दा १० महिना देखि नयाँ व्यवस्थापन समिति गठन हुन नसकेको हो ।समितिको पदावधि समाप्त हुनु भन्दा एक महिना अगावै अभिभावक भेला बोलाउनुपर्ने कानुनी व्यवस्था भएपनि जनता मावि आन्तरिक कलहमा डुब्दै गएको छ । निवर्तमान अध्यक्ष काशीनाथ दंगालले पुनः अध्यक्ष बन्नेगरि सदस्यमा मनोनयन दर्ता गराएपछि विवाद चुलिएको छ । अभिभावक बिचमा सहमतिको प्रयास भइरहेको अवस्थामा दंगालको उम्मेदवारीले थप तरङ्ग ल्याएको हो ।पालिकाको शिक्षा शाखा

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १५६ पटक पढिएको
  • हावाहुरीले खोटाङमा रेडियोको रिपिटर टावर भाँचियो, प्रशासरण बन्द

    इटहरी । हावाहुरीले खोटाङको सामुदायिक रेडियो हलेसी एफमए १०२।४ मेगाहर्जको रिपिटर टावर भाँचिदा प्रसारण बन्द भएको छ । चैत २ गते साँझ चलेको हावाहुरीले रेडियोको टावर भाँचिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । टावर भाँचिएपछि रेडियोको प्रशारण बन्द भएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताउनुभयो । टावरको बीच भागमा भाँचिएर भुइमा थुप्रिएको छ । टावर भाँचिएपछि एन्टेनामासमेत क्षति पुगेको छ । कामै नलाग्ने गरी एन्टेनामा क्षति भएको अध्यक्ष राईको भनाइ छ । यस्तै एफएमको टावरसँगै रहेको दुई भवनमध्ये एक भवनको जस्

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २४५ पटक पढिएको
  • ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घर तथा सार्वजनिक संरचनमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

    इटहरी। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ ।प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो । मानिसको घर गोठ र वडा कार्यालयसहितका सार्वजनिक संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा ७५ लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रनाउ गौतमले जानकारी दिन

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १५७ पटक पढिएको
  • इनरुवा जिल्ला अस्पताल सुधारका लागि ३४ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाइयो

    सुनसरी । जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ ।जिल्ला अस्पताल इनरुवा सुधार सङ्घर्ष समितिले ३४ बुँदे मागसहित अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको समितिका संयोजक दिलीपचन साहुले जानकारी दिए । मेसु, प्रशासन र अस्पताल विकास समितिका अध्यक्ष राजन मेहतासँग छलफल र अन्तरक्रिया गर्दै ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए । एन्टिरेबिज भ्याक्सिन ९एआरभी० को अभावमा बिरामी विराटनगर वा अन्य निजी क्लिनिकमा जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, बिरामी, कुरुवा र नागरिक समाजमैत्री सेवा हुनुपर्ने, ल्याब नियमित सञ्चालन, ब्लड बैंक, सघन उपचार कक्ष ९आइसियू०

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]