All Posts By कोशी प्रेस

    Showing २,१५१-२,१६० of १२,८१४ items.
  • रामनवमीको अवसरमा मादीमा खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने

    संखुवासभा । मादी नगरपालिका–६ पुलुङस्थित दीप ज्योति  युवा क्लबको आयोजनामा रामनवमी पर्वको अवसरमा “पाँचौँ रामनवमी आमन्त्रित अन्तरपालिका खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।“मादी नगरको द्वार, शान्ति र समृद्ध मादी नगर, खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता २०८२ साल चैत्र ४ गतेदेखि ७ गतेसम्म मादी नगरपालिका–६ पुलुङमा सञ्चालन हुने  खेल संयोजक राजेश राईले जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई रु. ६१ हजार १११ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र   उपविजेतालाई

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ६२० पटक पढिएको
  • अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै

    इटहरी । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ। नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए।उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो। पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ।  निगमले इन्डियन आयल निगम ९आईओसी०सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।तर भारतबाट मागअनुसारको ग्यास आउन छाडेक

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २०३ पटक पढिएको
  • महालक्ष्मी नगरपालिका परिसरमा धुम्रपान र मदिरा प्रतिबन्ध

    इटहरी  । महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालय परिसरभित्र धुम्रपान तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र उपभोग पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यालय, जितपुर धनकुटाबाट जारी गरिएको पत्रअनुसार नगर कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय कार्यान्वयन गर्न मातहतका सबै शाखा, उपशाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईद्वारा हस्ताक्षरित पत्रमार्फत निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई जानकारी गराइएको हो । पत्रमा उल्लेख गरिएअनुसार महालक्ष्मी नगरपालिकाको कार्यालय, कार्यालय परिसर तथा नगरपालिकाअन्

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १८९ पटक पढिएको
  • ताप्लेजुङमा प्रत्यक्षतर्फ उम्मेदवारलाई बढी मत, नयाँ दलका उम्मेदवार कमजोर

    इटहरी  । ताप्लेजुङमा पुराना दलका उम्मेदवारलाई पार्टीको भन्दा बढी मत प्राप्त भएको छ । पुरानो दलका उम्मेदवारले पार्टीले प्राप्त गर्ने समानुपातिक प्रणालीतर्फको मतभन्दा बढी प्राप्त गरेका हुन् । पुराना दल नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले प्राप्त गरेको मतभन्दा ती दलका उम्मेदवारले बढी मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार पुरानो दलका उम्मेदवारले पहिलो हुने निर्वाचित हुने प्रणाली वा प्रत्यक्षतर्फ अर्थात उम्मेदवारले पाउने मत पार्टीको मतभन्दा बढी रहेको छ ।नयाँ दलका रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारले

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १८० पटक पढिएको
  • सामाजिक अभियन्तादेखि संघीय संसद्‌सम्मस् हर्कराज राईको राजनीतिक यात्रा

    इटहरी । सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाउनुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० संघीय संसद्‍मा पुग्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उहाँको राजनीतिक यात्रा स्थानीय मुद्दाबाट राष्ट्रिय राजनीतिसम्म विस्तार भएको हो ।गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनसँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो । नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँले श्रमदानलाई पुनर्जीवित गर्दै विभिन्न जनअभियान स

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १८४ पटक पढिएको
  • इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कारवाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

    इटहरी । इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै बिभिन्न समूहहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगाएतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले इनिशा बिकको हत्यारालाई कारवाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २३४ पटक पढिएको
  • ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा

    इटहरी । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा पुगेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण रथको दुईवटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएपछि नयाँ पाङ्ग्रा बनाइएको हो । रातो मछिन्द्रनाथको पाङ्ग्रा हरेक १२ वर्षमा एक पटक मात्र बनाउने गरेकोमा आगामी बर्षमा हुने जात्राका लागि नै पाङ्ग्रा नभएपछि अहिले नै बनाइएको मछिन्द्रनाथको रथ निर्माण समूहका नाइके दिलकुमार बाराहीले बताउनुभयो । श्री पञ्चमीको दिनदेखि विधिवत पूजा गरेर पाङ्ग्रा बनाउने काम सुरु गरिएको र आउने शनिबार सम्ममा पूर्ण रुपमा निर्माण भइसक्ने उहाले जानकारी दिनुभयो । रातो मछिन्द्रनाथको जात्रा अन्तर्गत २०८२ सा

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १७७ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनका लागि परिचालित निर्वाचन प्रहरीको विदाई

    इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको सेवा पूरा भएपछि बिहीबार विदाई गरिएको हो । विदाई कार्यक्रममा निर्वाचन प्रहरीलाई धन्यवाद पत्र सहित सम्मान गरिएको थियो । नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । जसमध्ये काठमाडौंमा ३ हजार ८ सय ५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५ सय ९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरीलाई बिदाइ गरेको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १५१ पटक पढिएको
  • वराहक्षेत्रमा नगरपालिका स्थापना दिवसको अवसरमा रक्तदान , १ सय ३९ पिन्ट रगत संक्लन

    इटहरी । वराहक्षेत्र नगरपालिकाले आपनो दशौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको शिविरमा १ सय ३९  पिन्ट रगत संक्कल भएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिनुभयो । बिहिवार बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समन्वयमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भई बिरामीहरूलाई समस्या भइरहेको अवस्थामा “रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिकाले आफ्नो दशौँ स्थापना दि

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २०१ पटक पढिएको
  • सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

    इटहरी। सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गाउँपालिका वडा नं। ४ को कोशी कटानमा पूर्व–पश्चिम राजमार्गमा इनरुवाबाट भाण्टाबारी तर्फ आउँदै गरेको स १ च ९२१ नम्बरको स्कार्पिओले विपरीत दिशाबाट आउँदै गरेको मदेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको ३५० सिसिको रोयल बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो।ठक्करमा मोटरसाइकल चालक, सप्तरीको विष्णुपुर नगरपालिका वडा नं। २ का २८ वर्षीय सञ्जय साहको मृत्यु भएको छ। उनलाई तत्काल जिल्ला अस्पताल इनरुवामा ल्याइयो, तर चिकित्सकले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए। मोटरसाइकलमा

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]