भोजपुर | षडानन्द नगरपालिका ले महिलाहरूमा देखिने आङ्ग (पाठेघर) खस्ने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले पाँच जना महिलाको सफल शल्यक्रिया गराएको छ।“महिलाहरूको आङ्ग खस्ने समस्या मुक्त नगर” बनाउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत यस वर्ष नगरपालिकाका चौध वटै वडाका स्वास्थ्य चौकीहरूमा स्क्रिनिङ अभियान सञ्चालन गरिएको थियो। स्क्रिनिङपछि शल्यक्रिया आवश्यक पर्ने पाँच जना महिला पहिचान भएका थिए।पहिचान भएका सबै महिलाले शल्यक्रियामार्फत उपचार गराउने निर्णय गरेपछि जिल्ला अस्पताल धनकुटा का चिकित्सकहरूको प्राविधिक सहयोग र भोजपुर जिल्ला अस्पताल को समन्वयमा सफल शल्यक्रिया गरिएको हो।अस्पताल प्रश
इटहरी । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो । चालु आर्थिक वर्षमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने त्रियुगा नदीको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुलचोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा ५५७ मिटर लामो झोलुङ्गे पुलको निर्माण थानी निर्माण सेवा काठमाडौँले गरेको हो । बर्सौदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्च जोखिम मोल्दै आएका स्थानीयले अब भने बर्सातको समयमा ज्यानै जोखिममा राखेर बाढी तर्नुपर्ने अवस्था अन्त्य भएको र आफूले यहाँ पुल निर्माणका लागि योजना ल्याउन अथक प्रयास गरेक
इटहरी । नेपाली कांग्रेस धनकुटाले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। नेपाली कांग्रेस निर्वाचन मूल प्रचारप्रसार समिति धनकुटाले धनकुटास्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेको हो। कार्यक्रममा कांग्रेस धनकुटाका उम्मेदवार दिनेश राईले धनकुटा–हिले–उत्तरपानी–पाख्रीबास–सिधुवा क्षेत्रलाई समेटेर बृहत् नगर निर्माण गर्ने मुख्य संकल्प प्रस्तुत गरिएको जानकारी दिनुभयो। उहाँले हरेक निर्वाचनमा एउटै प्रतिबद्धता दोहो¥याएर मत माग्ने चलन अब अन्त्य हुनुपर्ने उल्लेख गर्दै यसपटकको घोषणापत्रलाई धनकुटा विकासको स्पष्ट खाकाका रूपमा लिन आग्रह गर्नुभ
इटहरी । झापा क्षेत्र नं। ३ मा आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पुराना दल आफ्नो आधारक्षेत्र जोगाउन कसरत गरिरहेका छन् भने संसदीय निर्वाचनमा पहिलो पटक भाग लिएकाहरू त्यसमा चुनौती थपिरहेका छन् । जम्मा पाँच वटा निर्वाचन क्षेत्र भएको झापामा राजनीतिमा स्थापित र कहलिएका उम्मेदवारदेखि संसदीय अभ्यासमा नयाँ उम्मेदवारबिचको प्रतिस्पर्धा रोचक मतदाताको आकलन रहेको छ । अघिल्ला निर्वाचनमा उम्मेदवार प्रायः ठाउँ ठाउँमा सभा गर्ने र सामूहिक रूपमा मत माग्ने गर्थे । यस पटक भने उम्मेदवार मतदाताका घर घर, पसल पसल र खेतबारीसम्मै पुगेको देखिन्छ । गठबन्धनविहीन रूपमा उम्मेदवारहरू आफ्नो पार्टीको पक्षमा मत माग्
इटहरी । प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो । जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार जिल्ला कारागार र गोकुण्डेश्वर मावि धनकुटा–६ सिरानबजारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यस्तै जिल्ला कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको छ भने गोकृण्डेश्वर मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने कार्यालयका प्रमुख माधव अधिकारीले जानकारी दिनुभयो । धनकुटा जिल्लामा दुई हजार त
इटहरी । नेपाल सरकार र नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलअन्तर्गत एनसीसी अल्मुनाई कोशी प्रदेशको सल्लाहकार समिति तथा कार्य समिति गठन गरिएको छ । अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो भन्ने आदर्श बोकेर युवा विद्यार्थीहरूमा चरित्र, आत्मविश्वास र नेतृत्वदायी क्षमताको विकास गर्ने उद्देश्यले स्थापना भई सञ्चालन हुँदै आएको एनसीसीको प्रदेश स्तरीय कार्य समिति र सल्लाहकार समिति गठन गरिएको हो । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीको नेतृत्वमा कोशी प्रदेशका विभिन्न सामाजिक अगुवाहरूको सहभागितामा सात सदस्य सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरू
इटहरी। ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेका ८४ मतदानस्थलमध्ये १२ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ५२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा ८४ मतदानस्थल र १५८ मतदान केन्द्र कायम छन् । विगतका निर्वाचनमा देखिएका हिंसात्मक घटना, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चार पहुँचको अवस्था तथा सम्भावित सुरक्षा जोखिमका सूचकका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो । प्रजि
इटहरी । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक भएको बताउनुभएको छ । आवत–जावतमा सहज पहुँचका लागि राम्रो सडकको अपरिहार्यता रहेको जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो । बुधबार बिहान झापाको दमकमा सिटी सफारी तथा अटो चालकहरूसँग छलफल गर्दै ओलीले दमकमा अधिकांश मुख्य सडकहरू कालोपत्रे भइसकेको उल्लेख गर्दै जसका कारण आज ५ हजारभन्दा बढी सिटी तथा अटोहरू कुदिरहेको जनाउनुभयो । श्रमिकहरूको पीडा तथा समस्या आफूले बुझेको ओलीले बताउनुभयो । ग्रामीण भेगसम्म सडक सञ्जाल पुर्याएर स्थानीय उत्पादनलाई बजारसँग जोड्ने नीति एमालेले अघि
इटहरी । सुनसरीको इनरुवा नगरपालिकामा पाँच सय दरको आठ थान जाली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको इनरुवा नगरपालिका–५, बलाहास्थित सब्जी बजारमा सब्जी खरिद गरी जाली नोट दिएको सूचनाको आधारमा इनरुवा–१०, जल्पापुरका २५ वर्षीय आजाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी टोलीले मियाँलाई चेकजाँच तथा खानतलासी गर्दा जाली नोट ५०० दरका आठ थान गरी चार हजार रुपियाँ फेला पारेको छ । मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.