इटहरी । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१३ नुनथलाका ५४ वर्षीय राईले शुक्रबार बिहान साढे ४ बजेको समयमा आफूले आफ्नै पेटमा छुरा प्रहार गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पेटमा छुरा प्रहार गरेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । दिक्तेलमा उपचार सम्भ
इटहरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह भएको छ । आर्थिक वर्ष २०८१(८२ का लागि गरिएको मूल्याङ्कनमा ७५३ स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिकाले ७८।५० अङ्क प्राप्त गर्दै प्रदेश तथा जिल्लामै उत्कृष्ट स्थानमा परेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ बमोजिम १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ । सोही मूल्याङ्कनमा थुलुङ दुधकोशी गाउँपालिकाले ६३।७९ अङ्क सहित दोस्रो भएको छ ।त्यस्तै, माप्य दुधकोशी गाउँपालिका
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ का युवा व्यवसायी संगीत शाहले मधुमल्ला बजारबाट बजाज कम्पनीका अटोहरूको आधिकारिक शोरूम सञ्चालनमा ल्याउनुभएको छ । लामो समयदेखि अटो मर्मत तथा पाट्र्स व्यवसायमा सक्रिय शाहले अब आफ्नै शोरूममार्फत सेवा विस्तार गर्नुभएको हो । करिब ११ वर्षअघि आफ्नै घरबाट अटो मर्मत कार्य सुरु गरेका शाहले अनुभव र मेहनतको आधारमा व्यवसायलाई विस्तार गर्दै मधुमल्लामा सुविधा सम्पन्न शोरूम स्थापना गर्नुभएको हो । शोरूममा बजाज कम्पनीका अटो उपलब्ध हुनुका साथै पुराना अटोहरूको डेन्टिङ, पेन्टिङ तथा जुनसुकै कम्पनीका अटो मर्मत सेवा प्रदान गरिँदै आएको छ । साथै विभिन्न मोडेलका अटो, बाइकका
इटहरी । मोरङको पथरी शनिश्चरेको रेडस्टार अङ्ग्रेजी मावि सातौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता –२०८२ को च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न भएको उक्त प्रतियोगिताको विभिन्न खेलकुद प्रतियोगिताहरूमा रेडस्टार माविले १९ स्वर्ण, ५ कास्य र ४ रजत सहित कुल २८ वटा पदक जितेर नगर– च्याम्पियन बन्न सफल भएको हो।यो सँगै रेडस्टार मावि संस्थागत विद्यालयहरूको तर्फबाट पथरी शनिश्चरे नगरपालिकामै सबैभन्दा बढी स्वर्ण सहित धेरै पदक जितेर रनिङ सिल्ड उचाल्ने विद्यालय पनि बन्न सफल भएको छ । यसैगरी, सोहि प्रतियोगितामा पथरी शनिश्चरे वडा नं ०८ को बुद्ध माविले ७ स्वर्ण, ७ कास्य र ६ रजत सहित कुल २० वटा पदक जित्दै ’फ्रष
इटहरी । अज्ञात समूहले धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा एक कृषकको टमाटर खेती नष्ट गरिदिएको घटना बाहिरिएको छ । घटना यही माघ २१ गते रातिको हो । स्थानीय कृषक महेश कार्कीले ४ रोपनी जग्गामा लगाएको करिब ७ सय टमाटर बोट उखालेर नष्ट पारिएको हो । रातको समयमा अज्ञात व्यक्तिहरूले बोट उखेलेर क्षति पुर्याएको कार्कीको भनाइ छ । उत्पादन दिन थालेको अवस्थामा बाली नष्ट गरिएकाले ठुलो आर्थिक क्षति पुगेको कार्कीले गुनासो गर्नुभयो । उहाँले स्थानीय गणेश भण्डारीको बारी भाडामा लिएर व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएको थियो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्कीले घटना भएको एक हप्ता बितिसक्दा पनि
इटहरी । प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको भ्रमणमा आउनुहुने भएको छ । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरुको भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री कार्कीले शुक्रबार ताप्लेजुङको भ्रमण गर्नुहुने भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार आज बिहान ८ बजे प्रधानमन्त्री कार्की ताप्लेजुङ आइपुग्ने कार्यक्रम रहेको छ । ताप्लेजुङ आइपुगेपछि प्रधानमन्त्री कार्कीले सुरुमा प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुहुने र पाथीभरा दर्शनपछि जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्नुहुने प्रजिअ सेढाइँले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा आउँदो फागुन २१
इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन भएको छ । माघ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार माघ महिनामा भक्तजनहरूले १८ लाख ४७ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाइ फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको सङ्लकन गरी फुङलिङ रहेको
इटहरी । झापाको कचनकवल गाउँपालिका वडा नं। ७ स्थित दिप ज्योती सामुदायिक वन क्षेत्र भित्र एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार अपरान्ह जलथल वन क्षेत्रभित्र हात्ती मृत अवस्थामा देखिएपछि सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, चन्द्रगढीलाई जानकारी गराएका थिए । केही समययता यहाँ वन क्षेत्रमा हात्तीको ओहोरदोहोर बढिरहेको थियो ।वन कार्यालयबाट खटिएको प्राविधिक टोली घटनास्थलमा पुगेर आवश्यक निरीक्षण तथा मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरेर हात्तीको शव व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन
इटहरी | विद्यार्थीलाई विभिन्न खानाका परिकारबारे जानकारी गराउने, पकाउने सीप विकास गर्ने तथा व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले इटहरीको शिक्षादीप एकेडेमी स्कुलले ‘फुड फेस्टिभल’ आयोजना गरेको छ।इटहरी उपमहानगरपालिका वडा नं. १६ स्थित शिक्षादीप एकेडेमी स्कुलमा अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित उक्त फेस्टिभलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न परिकारहरू स्टलमार्फत प्रदर्शन तथा बिक्री गरेका थिए।फेस्टिभलमा सहभागी विद्यार्थीहरूले किताबी ज्ञानसँगै व्यावहारिक सीप सिक्न पाएको र सानो स्तरमै व्यापार–व्यवसायको अनुभव हासिल गर्न सकेक
इटहरी । झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज २ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई शंका लागेर चेकजाँच गर्दा अटोभित्र ६ ग्राम ०९ मिलि ग्रामब्राउनसुगर फेला पारेको हो । यससँगै चालक शिवसताक्षी २का दिलकुमार विश्वकर्मा, अटोमा सवार गौरादह ८ का अमन ताजपुरिया, धरान १६ की दीपा परियार र बेलबारी ९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ ।त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ कालाबन्जार चोक स्थितबाट बराहक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.