इटहरी । पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत मोरङको पथरी बजार क्षेत्रमा छ लेनको सडक कायम गर्न सडकभित्र परेका घरटहरा घरधनी आफैँले हटाउन सुरु गरेका छन् ।

सडकको ५० मिटर क्षेत्रभित्र बजारका ८१ वटा घरटहरा पर्छन् । अधिकांश घरटहराको अधिकतम छ फिटसम्म सडक क्षेत्रमा परेको छ । २०७६ सालमा सडकको डिपिआर गर्दा पथरी बजार क्षेत्रलाई अर्धसहरी क्षेत्र मानेर सडक ३३ मिटर चौडाको बनाउने निर्णय भएको थियो । स्थानीय सङ्घर्ष समितिले पूर्ण सहरी मापदण्ड अनुसार सडक ५० मिटरको बनाउन माग गर्दै काम रोकेपछि आयोजना प्रमुख, नगरपालिका र स्थानीय उपभोक्ताबिच सडक ५० मिटर बनाउने आन्तरिक सहमति जुटेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापाले बताउनुभयो ।

सडक ५० मिटरको बनाउनेसँगै छलफलमा स्थानीयले पथरी बजारपूर्वको लाटीहोलीको कलभर्ट र पश्चिमतर्फको पथरीखोलाको पुल ५०ः५० मिटरको बनाउनुपर्ने माग राखेका छन् । सडक र पुल कलभर्ट ५० मिटरको बनाउनुपर्ने माग राखेपछि हाल पथरी बजार खण्डमा निर्माण रोकिएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार योजना काँकडभिट्टा–लौकही सडक पश्चिम खण्ड इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले सडक ५० मिटर बनाउने विषयमा आयोजना सधैँ सकारात्मक नै छ ।

कलभर्टको साइज ५० मिटर बनाउन पनि निर्माण कम्पनीसँग सहमति जुटाउन सकिन्छ तर हाल चार लेनका दुई वटा पुल निर्माण अन्तिम चरणमा छन् । दक्षिणतर्फको एकतर्फी पुल बनिसक्यो । पुलको साइज विस्तार गर्ने विषयमा आयोजनाले एक्लै निर्णय गर्न सक्दैन । उहाँले स्थानीय र नगरपालिकाको माग अनुसार साइट क्लियर भए सडक विस्तार गरी छ लेनको बनाउन सकिने तर पुल विस्तारका लागि दातृ निकाय र निर्देशनालयको सहमति आवश्यक हुने बताउनुभयो ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माणाधीन सडकको २०७६ सालमा डिपिआर निर्माण अर्धसहरी क्षेत्र मानेर चार लेनको बनाउने निर्णय भएको थियो तर स्थानीयले नाला, फुटपाथ, सर्भिस लेनसहित छ लेनको सडक हुनुपर्ने र पूर्ण सहरी मापदण्ड अनुसार निर्माण हुनुपर्ने माग राखेपछि हाल निर्माण पथरी बजार क्षेत्रमा ठप्प छ । पथरीलाई सहरका रूपमा विकसित गर्न नसकिए ५० वर्षपछि वडाध्यक्ष राईले बताउनुभयो ।

यता सङ्घर्ष समितिका सदस्य राजेन्द्र भण्डारीले पुलको चौडाइ ५० मिटर बनाउन नगरपालिकाको पहलमा आयोजना प्रमुखलाई सँगै लिएर सङ्घर्ष समिति र वडा नं। १ का वडाध्यक्ष सडक विभाग डेलिकेसन जाने तयारी भइरहेको जानकारी दिनुभयो ।