इटहरी / १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप–२०८२ यही चैत ३० गतेदेखि इटहरी रंगशालामा सुरु हुने भएको छ। प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहनेछ। विजेताले रु. १० लाख र उपविजेताले रु. ५ लाख पुरस्कार पाउनेछन्।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजना गरिने उक्त प्रतियोगिताले पूर्वी नेपालको फुटबल विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।