All Posts By कोशी प्रेस

    Showing २,६२१-२,६३० of १३,६०५ items.
  • युट्युबर रतन कार्की र मिन गुरुङविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

    इटहरी । युट्युबर रतन कार्की र मिन गुरुङसहितका व्यक्तिहरूविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । साइबर बुलिङको सिकार भएको बताउँदै अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएको र चरित्रहत्या गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध उजुरी दिएकी हुन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध आयोजित प्रदर्शनमा सहभागी भएपछि पराजुली सामाजिक सञ्जालमा चर्चामा आएकी थिइन् । सोही क्रममा दिएको अभिव्यक्तिका कारण उनी भाइरल बनेकी थिइन् । आइतबार आफ्नी आमासहित साइबर ब्युरो पुगेकी पराजुलीले कार्की र गुरुङका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटरविरुद्ध पनि उ

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २१४ पटक पढिएको
  • ओखलढुङ्गामा मानसिक रोगी बढ्दै, आत्महत्यादर उच्च

    इटहरी। ओखलढुङ्गा जिल्लामा मानसिक रोगीको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको हो। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७९र०८० मा २७० जना रहेका मानसिक बिरामी आर्थिक वर्ष ०८०र०८१ मा ५२२ पुगेका थिए भने २०८१र०८२ मा यो संख्या ९६३ पुगेको छ। स्वास्थ्य कार्यालय रुम्जाटारका जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार मानसिक रोगीको संख्या यसरी तीव्र रूपमा बढ्नु गम्भीर चिन्ताको विषय हो। उहाँले समयमै प

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २०१ पटक पढिएको
  • फुङलिङमा प्रहरीको आयोजनामा दौड प्रतियोगिता

    इटहरी। जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंसहित जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मी समेतको सहभागितामा पैदल यात्रा(वाकाथन) सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । यो सँगै सुरक्षाकर्मी र सञ्चारकर्मी सहभागी समूहगत दौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो। दौडमा महिला प्रहरी र महिला सञ्चारकर्मी, उत्कृष्ट वाकाथनकर्ता त

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १९५ पटक पढिएको
  • महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

    इटहरी। ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ । मैवाखोला गाउँपालिका–३ साँघुमा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेका हो । फाइनल खेलमा धनकुटाको साँगुरीगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबले उपाधि हात पारेको आयोजक संस्था जलजले क्लबले  जनाएको छ । जितका लागि तेह्रथुमका समीर राईले पहिलो गोल गर्दा धीरज लिम्बुले दोस्रो तथा डिम्पल भण्डारीले निर्णायक गोल गर्नु भएको थियो । विजेता बनेसँगै तेह्रथुमले नगद दुई लाख ६१ हजार १११ रुपियाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता धनकुटाले न

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७४ पटक पढिएको
  • खोटाङको दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    इटहरी । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । आदिकवि भानुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक ह

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १४५ पटक पढिएको
  • प्रचारप्रसार नहुँदा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’ओझेलमा

    इटहरी । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका(४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन ।स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताउनुभयो । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १३७ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र सञ्चालित खोप अभियान सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक खोपको सबै मात्रा लगाउने कार्य सम्पन्न भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार पालिकाका सात वटै वडामा खोप अभियान पूरा भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पालिकालाई पूर्

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७५ पटक पढिएको
  • टाउको दुखाइ बन्दै धनकुटाको सल्लेरी वन

    इटहरी। धनकुटाको ऐतिहासिक सल्लेरी राष्ट्रिय वन अहिले स्थानीय बासिन्दा र त्यहाँ आवतजावत गर्ने यात्रुका लागि जोखिमका कारण बन्दै गएको छ। जीर्ण रुखहरू ढल्ने खतरा बढेसँगै दैनिक आवतजावत गर्नेहरूले त्रास महसुस गरिरहेका छन्। धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको सल्लेरी वनमा डेढ सय वर्ष पुराना सल्लाका रुखहरू रहेका छन्। यो वन हिउँदमा आँधी–हुरी र डढेलो, बर्खामा जरासहित रुख ढल्ने भएकाले अहिले सल्लेरी वन क्षेत्र जोखिममा छ।वनभित्र सरस्वती मन्दिर, विद्यालय, आँखा अस्पताल, वडा कार्यालय सहित विभिन्न कार्यालयहरू रहेका छन्। त्यस्तै, कचिडे र अन्य गाउँ जाने सडकहरू पनि यही वनमार्फत गुज्रने भएकाले जोखिम बढेको स्थानीय य

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १२६ पटक पढिएको
  • झापाको बिर्तामोडमा तीन तलाबाट खसेकी बालिकाको मृत्यु

    इटहरी ।  झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर सख्त घाईते हुनुभएकी  एक  बालिकाको  उपचारका क्रममा मृत्यु भएको  छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य रहनुभएको छ  । शनिवार  बिहान बिर्तामोड–५ बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ–३ घर भएका हेमसागर भट्टराईकहाँ पाहुना आउनुभएकी वालिका  आचार्यको मृत्यु भएको हो ।भट्टराई परिवार आचार्यको बुढो मामली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   घरको तीन तलामाथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडेर बालिका

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १५२ पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि योजनामा साढे एक करोड खर्चिँदै

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सम्बन्धित किसानको ५० प्रतिशत लागत साझेदारीमा डेढ करोड रुपियाँभन्दा बढीको कृषि योजना अघि बढाउन लागेको हो ।गाउँपालिकाका अनुसार किसानको साझेदारी रकमसहित कृषिजन्य योजनामा कुल एक करोड ५८ लाख ३५ हजार रुपियाँ खर्च गरिने छ । उक्त बजेटमध्ये अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रममा मात्रै सबैभन्दा बढी एक करोड रुपियाँ कार्यान्वयन हुने छ । जसमा गाउँपालिकाको ५० लाख र किसानको ५० लाख रुपियाँ लागत साझेदारी रहने छ ।त्यस्तै कफ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]