All Posts By कोशी प्रेस

    Showing २,७५१-२,७६० of १२,८१४ items.
  • झापा क्षेत्र नं। ३ मा कांग्रेस–एमाले–राप्रपा–रास्वपाबीच कडा चुनावी भिडन्त

    इटहरी । झापाको क्षेत्र नं। ३ यस पटकको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । अघिल्ला दुई निर्वाचनमा निर्णायक बनेको दलगत तालमेल यो पटक भत्किएको छ । यसभन्दा अघि तालमेलमा भएको यहाँको चुनाव विचार, व्यवस्था र राजनीतिक हैसियतको खुला प्रतिस्पर्धामा रूपान्तरित भएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), गणतन्त्रवादी मुख्य धारका दल कांग्रेस र एमाले, तथा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका अन्य दलका उम्मेदवार एकै मैदानमा एक्लाएक्लै निर्वाचनमा लागेका छन् । नेकपा (एमाले) को सहयोगमा झाप

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १८६ पटक पढिएको
  • इलाममा नौनीघिउको मूल्य आकासियो, बजारमा अभाव

    इटहरी ।  पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । घिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव पनि हुन थालेको छ । एक महिनाअघिसम्म बजारमा ५८० रुपियाँदेखि ५३० रुपियाँ प्रतिकिलोसम्म पाइने घिउको मूल्य अहिले प्रतिकिलो सात सयदेखि ७३० रुपियाँ पुगेको छ । अहिले बजारमा माग धेरै भए पनि गाउँबाट आउने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले बजारमा घिउ पाइन छाडेको इलाम चोक बजारमा घिउ तथा छुर्पी व्यापार गर्दै आएकी मन्दिरा घिमिरे बताउनुहुन्छ । गत वर्षभन्दा यो वर्ष घिउको माग बढी रहेको सन्दकपुर गाउँपालिका–३ का डेरी सञ्चालक खडानन्द ढकालले बताउनुभयो । ढकालले महिनामा तीन मनसम्म घिउ उत्पादन र निकासी हुने गरेको बताउनुभ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २२८ पटक पढिएको
  • भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा बढाइयो सतर्कता

    इटहरी ।  भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षलाई नै प्रयोगमा ल्याउने गरी तयारी थालिएको स्वास्थ्य निर्देशानालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । निपा भाइरस कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कार्यक्रम स्थानीय तहमार्फत थालिने उहाँले बत

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १७६ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिदै

    इटहरी । ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिन थालेका छन् । अर्गानिक तथा प्राङ्गारिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेका स्थानीय तहले प्राङ्गारिक तथा जैविक मल उत्पादनतर्फ जोड दिन थालेका हुन् । जिल्लाको मेरिङ्देन गाउँपालिकाले पनि प्राङ्गारिक अर्थात जैविक मल उत्पादकको योजना अघि बढाएको छ । उक्त योजना कार्यान्वयका लागि गाउँपालिकाले किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरण भएका किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । सुरुमा प्राङ्गारिक मल खरिद गर्न प्रतिकिलोग्राम वा प्रतिलिटर १० रुपियाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने गाउँ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १२६ पटक पढिएको
  • लोकतन्त्र जोगाउन संयम र विवेक आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ । माघ १६ गते (शुक्रबार) सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनाका लागि योगदान दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । जहानियाँ राणा शासनविरुद्ध चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले २००७ सालदेखि २०४६ सालको जनआन्दोलन र २०६२र६३ को ऐतिहासिक आन्दोलनसम्म सहिदहरूको प्रेरणा निरन्तर

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १२४ पटक पढिएको
  • सुधार अभियानलाई चुनौती दिँदै मोरङमा घुमुवा प्रहरी पुनः सक्रिय

    इटहरी ।  गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत पूर्वी नेपालमा सादा पोशाकका घुमुवा प्रहरी परिचालन अझै रोकिएको छैन । त्यसमा पनि विशेषगरी मोरङ जिल्लामा घुमुवा प्रहरी परिचालनको क्रम रोकिएको देखिदैन । खुला नेपाल–भारत सीमा क्षेत्र, सीमावर्ती नाका तथा तस्करी संवेदनशील क्षेत्रलाई केन्द्र बनाएर घुमुवा प्रहरी परिचालन गर्दै अवैध असुली भइरहेको भन्दै गम्भीर जनगुनासो आउन थालेका छन् । मन्त्रालयले विगत केही वर्षदेखि सादा पोसाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपमा बन्देज लगाएको छ । त्यस अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले पनि सुधार अभियानअन्तर्गत देशभर वर्षौंदेखि एउटै स्थ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १५६ पटक पढिएको
  • संखुवासभाको भाङ्गटारस्थित पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

    संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका–६ वाना भाङ्गटारमा स्थापना गरिएको सिद्धदेवी पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ।वि.सं. २०७९ फागुन २१ गते पण्डित खेमनाथ दाहालको नेतृत्वमा वैदिक विधिअनुसार देवीको प्राणप्रतिष्ठा गरी मन्दिरको औपचारिक स्थापना गरिएको हो। सो अवसरमा सिद्धदेवी पाथीभरा माता र सिद्धेश्वर महादेवका मन्दिरहरू समेत निर्माण गरिएको थियो ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर पुरीका अनुसार मन्दिर स्थापना पछि धार्मिक आस्थाका कारण पाँचखपन नगरपालिका भित्र तथा बाहिरबाट भक्तजनहरूको आवागमन बढ्दै गएको छ । संखुवासभाको विच भेगमा पाथीभरा मन्दिर भएकाले

    • प्रकाशित मितिः माघ १५, २०८२
    • ५९९ पटक पढिएको
  • भोजपुरमा माइती नेपालको संरक्षणमा रहेकी महिलालाई नागरिकता

    इटहरी ।  माइती नेपालको संरक्षणमा रही बुवा(आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गर्नुभएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सकुमायालाई ०९–०१–८२–०३५५९ नम्बरको नागरिकताको प्रमाणपत्र दिइएको हो । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ उनको स्थायी बासस्थान रहेको छ । नागरिकता नहुदाँ समस्यामा रहेकी सुकमायालाई नागरिकता प्रदान गरेपछि राज्यले दिने सेवा सुविधा लिन सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २२१ पटक पढिएको
  • सुनसरी १ मा एमालेका लिम्बुलाई सघाउन केन्द्रीय सदस्य तथा धरान पूर्व उपमेयर भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय कमिटी गठन

    धरान : सुनसरी क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु माङलेनलाई सघाउन पार्टीले केन्द्रीय सदस्य तथा धरानकी पूर्व उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कोशी प्रदेश पूर्व सभामुख प्रदीप भण्डारी सहसंयोजक रहेको समितिको हाई कमाण्डमा विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्य राज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशीला पहाडी ढकाल प्रदेश कमिटीका नेताहरू छन् । 'उम्मेदवार माङ्लेनको प्रतिबद्धताधरान–१० सैनिक भवनमा मङ्गलवार भएको उम्मेदवार घोषणा कार्यक्रममा उम्मेदवार माङलेनले फागुन २१ को चुनाव देशको विकास

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २४३ पटक पढिएको
  • "६४औँ नर्सिङ दिवस: हरि कुमारी राई सम्मानित, नर्सिङ पेशाको मर्ममा जोड"

    धरान — बिपी प्रतिष्ठानमा आज बिहीबार ६४औँ नेपाल नर्सिङ दिवस मनाइएको छ। प्रतिष्ठानकी नर्स हरि कुमारी राई यस अवसरमा सम्मानित भएकी छन्। उनलाई नेपाल नर्सिङ सङ्घ, बिपी प्रतिष्ठानले विशेष रूपमा सम्मान गरेको हो।कार्यक्रममा उपकुलपति विक्रम प्रसाद श्रेष्ठले नर्सहरूको अनुशासन, दक्षता र सेवाभाव जनताले अनुभव गर्न सक्ने भएकाले नर्सिङ दिवसको महत्व बढ्ने बताए। उनले भने, “नर्सिङ दिवस मनाएर मात्र पर्याप्त हुँदैन, पेशाको मर्म व्यवहारमा अपनाउन जरुरी छ।”“सुरक्षित र मर्यादित नर्सिङ पेशा, जनतालाई गुणस्तरीय सेवा” नारासहित कार्यक्रम आयोजना भएको थियो। नेपाल नर्सिङ सङ्घका अध्यक्ष तथा बिपी प्रतिष्ठानकी मेट्रोन कला थापाको

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]