All Posts By कोशी प्रेस

    Showing २,८०१-२,८१० of १२,८१४ items.
  • रामधुनीमा चौथो नगरस्तरीय कराते प्रतियोगिता सम्पन्न

    इटहरी । नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो रामधुनी–४ मानपुरको आयोजनामा एक दिवसीय चौथो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता कार्यक्रम संयोजक तथा कराते प्रशिक्षक हरिबहादुर राउतको अध्यक्षतामा तथा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक हरिबहादुर राउतले स्थानीय स्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै खेलाडीहरूको उत्साहले आगामी दिनमा अझ ठूला प्रतियोगिता आयोजना गर्ने प्रेरणा मिलेको भनाइ राख्नुभयो । प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि नगरप्रमुख शंकरल

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २२९ पटक पढिएको
  • इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ आयोजना हुँदै

    इटहरी । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको आयोजनामा यही माघ १६ र १७ गते इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ आयोजना गरिने भएको छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको प्राङ्गणमा हुने कन्क्लेभमा २५ वटा विद्यालयका ३२५ जना विद्यार्थी तथा शिक्षकको सहभागिता रहनेछ। उपशाखाका सभापति उमेश राईका अनुसार प्रत्येक विद्यालयबाट विद्यार्थीका साथै शिक्षक नायक र सहनायक गरी १३ जनाको सहभागिता रहनेछ। उनका अनुसार विद्यालय तहमा रेडक्रसको महत्व, उद्देश्य र मानवीय सेवाप्रति सचेतना बढाउनु कन्क्लेभको प्रमुख लक्ष्य हो। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न तालिम तथा सेमिनारसमेत आयोजना गरिने राईले बताए।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १८३ पटक पढिएको
  • दुहबीमा पौडेल वंश महासंघ नेपाल सुनसरी जिल्ला भेला सम्पन्न

    इटहरी । पौडेल वंश महासंघ नेपाल सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा दुहबी नगरपालिकामा जिल्ला भेला सम्पन्न भएको छ। २०८२ साल माघ १० गते शाह अतिथि गृह, दुहबीमा सम्पन्न भेलाको सञ्चालन हेमप्रसाद पौडेलले गर्नुभएको थियो भने भेलाको संयोजक जिल्ला सदस्य ढुण्डीप्रसाद पौडेल रहनुभएको थियो । भेलाको अध्यक्षता जिल्ला अध्यक्ष नवराज पौडेलले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि पौडेल वंश महासंघ नेपालका केन्द्रीय महासचिव उद्दव पौडेल रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय सह–कोषाध्यक्ष बेनु प्रसाद पौडेल, केन्द्रीय सदस्य दिनेश पौडेल, संस्थापक महिला उपाध्यक्ष बालिका पौडेल, कोशी प्रदेश अध्यक्ष राजेन्द्र पौडेल, जिल्ला पदाध

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १८४ पटक पढिएको
  • प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुँदै

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा सोमबार सेमिफाइनलका खेल हुने भएको हो । जसअन्तर्गत पहिलो सेमिफाइनल खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघु र साथीभाई सामाजिक युवा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । लालिमाले शुक्रबार भएको उद्घाटन खेलमा प्रगतिशील युवा क्लब आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता आइतबार भएको खेलमा साथीभाईले पुवाजुङ युथ क्लब इलामलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लालिमासँग भेट

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २१२ पटक पढिएको
  • दाइजो नल्याएको निहुँमा २४ वर्षीया रुबी खातुनको हत्या आरोप

    इटहरी । भोक्राहा नरसिंह गाउँपालिका–४ की २४ वर्षीय रुबी खातुनलाई विवाहमा मागेजति दाइजो नदिएका कारणले घरपरिवारले झुन्ड्याएर हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । ज्वाइँ वैदेशिक रोजगारमा रहेको मौकामा विगतदेखि माग्दै आएको दाइजोको सरसामान, गरगहना र जग्गा नल्याएको भन्दै सासू र ससुरा मिलेर रुबीको हत्या गरेको रुबीका ५० वर्षीय बुवा अजमल अन्सारीको आरोप छ । अन्सारीले आफ्नो छोरीको ससुरा भोक्राहा नरसिंह गाउँपालिका–४ का ५५ वर्षीय दाउद मियाँ र सासू ५० वर्षीय जलेशा खातुनले  झुन्ड्याएर हत्या गरेको दाबी गर्नुभयो । परिवारले मारेर झुन्ड्याए पनि आत्महत्या भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरीसमेत लिन

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २०२ पटक पढिएको
  • खोटाङमा पुरानै दल हाबी, तर नयाँ पार्टीको बलियो उपस्थिति

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङमा पुराना तीन पार्टीबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट १५ जनाले मनोनयन दर्ता गरे पनि २०७९ मा भएको चुनावको मतपरिणाम अनुसार मुख्य प्रतिस्पर्धा पुरानै तीन पार्टीको हुने देखिन्छ । यद्यपि नयाँ पार्टीले पनि उत्तिकै चुनौती दिने देखिन्छ । विसं २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धनबाट नेकपा माओवादीका रामकुमार राई निर्वाचित भएका थिए । राईले ३१ हजार ३५१ मत ल्याएर विजयी हुँदा नेकपा (एमाले) का विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको थियो । य

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १९८ पटक पढिएको
  • सुमो जिप दुर्घटना, दुईको मृत्यु, तीन जना गम्भीर घाइते

    इटहरी ।  संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको सुमो जिप चैनपुर नगरपालिका– २ नुनढाकीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर नगरपालिका– १ का ५९ वर्षीय बिरबहादुर लिम्बु र सोही वडाको पैरे घर भएका करिब १७ वर्षीय अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । मृतक दुबैको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १६४ पटक पढिएको
  • प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’ को उपाधि नेर्पा स्पोर्टस् क्लबलाई

    इटहरी ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो । उपाधि विजेता नेर्पाले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारको साथमा ट्

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २४६ पटक पढिएको
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री धनकुटा घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएका अन्दाजी ४५ वर्षका पूर्णप्रसाद राईको मृत्यु भएको हो । घटनास्थलबाट उपचारका लागि प्रहरीको भ्यानमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएपनि शनिवार राति २१ः५४ बजेतिर चिकित्सकले मृत घोषणा गरेका छन्। दुर्घटनापछि स्थानीयले आक्रोश व्यक्त गर्दै चोकमा सवारी आवागमन अवरुद्ध गरेका थिए। दुर्घटनामा

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २३४ पटक पढिएको
  • इटहरीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएका दुई चारपाङ्ग्रे सवारी प्रहरी नियन्त्रणमा

    इटहरी । आफुखुशी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँचका क्रममा धरान उपमहानगरपालिका वडा नम्बर १७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुन्डाई कम्पनीको कार तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा कम्पनीको बोलेरो गाडी नियन्त्रणमा लिएको हो। जाँचका क्रममा ती सवारी साधनहरूको सवारी नम्बर, इन्जिन नम्बर र चेचिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखमा फेला नपरेको प्रहरीले जनाएको छ। आवश्य

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]