All Posts By कोशी प्रेस

    Showing ३,१०१-३,११० of १२,८१४ items.
  • पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू

    इटहरी । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २९४ पटक पढिएको
  • कोशीटप्पु वन्यजन्तु आरक्षमा पोथी गैँडा पुष्पा र अञ्जलीका लागि चितवनबाट भाले गैँडा ल्याइँदै

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका पोथी गैँडा पुष्पा र अञ्जलीका लागि भाले गैँडा छिट्टै पठाइने भएको छ । दुई वर्षअघि चितवनबाट कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टरमा ल्याइएका पुष्पा र अञ्जलीले यसै आर्थिक वर्षभित्र भालेसँग सहवास पाउने भएका हुन् ।  कोशीटप्पु वन्यजन्तु आरक्षको वातावरणमा रमाइरहेका पोथी गैँडा पुष्पा र अञ्जलीबाट वंश विस्तार गर्न भाले गैँडा ल्याउन लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार दुई पोथी गैँडाका लागि आरक्षमै वंश विस्तार गर्न यसै आवभित्र चितवनबाट भाले गैँडा ल्याउन लागिएको छ । भाले गैँडालाई राख्न इन्क्लोज

    • प्रकाशित मितिः पुस १३, २०८२
    • १२४ पटक पढिएको
  • ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र सुनसान

    इटहरी। ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयातका क्षेत्र पनि सुनसान बनेको छ । पर्यटकीय मौसम अर्थात् हिमालको भ्रमण गर्ने याम ९समय० सकिएसँगै आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २४३ पटक पढिएको
  • मोरङमा गाँजा तस्करी रोक्न हवाई फायर, दुई भारतीय पक्राउ

    इटहरी । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । घटनामा ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार राति जहदा गाउँपालिका–२ तारिगामाबाट नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरिएको गोप्य सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । प्रहरी टोली पुग्दा केही व्यक्तिहरू टाउकोमा गाँजाका बोरा बोकेर सीमा पार गराउने प्रयासमा रहेको अवस्थामा देखिएका थिए

    • प्रकाशित मितिः पुस १३, २०८२
    • १९३ पटक पढिएको
  • नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी सर्वसम्मत चयन

    इटहरी । नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशनका लागि वाजीलाई सभापति बनाउन मिक्लाजुङ कांग्रेसमा सहमति जुटेको हो । वाजी नेतृत्वमा कांग्रेसको गाउँपालिका समिति अगाडि बढाउने सहमतिसहित १४ औं अधिवेशनबाट निर्वाचित समितिको अन्तिम बैठक सम्पन्न भएको वहालवाला सभापति सन्तकुमार सेर्माले बताउनुभयो । उहाँका अनुसार कांग्रेस केन्द्रीय समितिले तोकेको तालिका अगावै बैठकबाट यस्तो सहमति गरिएको हो । कांग्रेसले पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । यद्यपी निर्धारित मितिमा अधिवेशन हुने सम्भावना न्यून छ । जेनजी आन्दोलन पश्चा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २४६ पटक पढिएको
  • अनाथ बालबालिकालाई स्टेशनरी तथा फलफूल वितरण

    इटहरी । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले ३३ औँ स्थापना दिवस अनाथ बालबालिकालाई फलफूल र स्टेशनरी वितरण गरेर मनाएको छ । पत्रकार महासंघ धनकुटा शाखाले धनकुटा नगरपालिका वडा नं. ४ मा रहेको मदन आश्रित प्रतिष्ठान द्धारा सञ्चालिन बालपुन स्थापना केन्द्रमा रहेका १३ जना बालबालिकालाई स्टेशनरी तथा फलफूल वितरण गरेको हो । २०४९ साल पुस १३ गते स्थापना भएको नेपाल पत्रकार महासंघले ३३ औँ स्थापना दिवस मनाएको हो। स्टेशनरी तथा फलफूल वितरण गर्दै पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईले पत्रकारहरु समाचार मात्रै लेख्ने नभइ सहयोग पनि गर्छन भन्ने सन्देश दिएको बताउनु भयो। कार्यक्रममा बालपुन स्थापना केन्

    • प्रकाशित मितिः पुस १३, २०८२
    • १६२ पटक पढिएको
  • कोशी प्रदेश सरकारद्वारा इटहरीमा सफारी चालकहरूको अनुगमन

    इटहरी | कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोशी प्रदेशको प्रमुख सहर इटहरीमा सञ्चालनमा रहेका सफारी सवारी साधन र चालकहरूको व्यापक अनुगमन गरेको छ। शुक्रबार इटहरीका पूर्व–पश्चिम तथा उत्तर–दक्षिणका चार वटै भेगमा सफारी चालकहरूको कागजात तथा सवारी व्यवस्थापनसम्बन्धी अवस्था निरीक्षण गरिएको हो।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले सफारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स), बिलबुक, सवारी दर्ता कागजात लगायत आवश्यक कागजपत्रहरूको जाँच गरेको थियो। अनुगमनका क्रममा नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन र कागजात नपु

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ३०१ पटक पढिएको
  • हातेमालो जनसरोकार संस्थाद्वारा इनरुवामा निशुल्क कपडा बैंक सञ्चालन

    इनरुवा | हातेमालो जनसरोकार संस्थाले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–५ मा निशुल्क कपडा बैंक सञ्चालनमा ल्याएको छ। पछिल्लो समय बढ्दो चिसो र अत्यधिक जाडोलाई लक्षित गर्दै आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय वर्गका नागरिकहरूलाई राहत पुर्‍याउने उद्देश्यले कपडा बैंक सञ्चालन गरिएको हो।‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने मानवीय नारालाई आत्मसात गर्दै संस्थाले समाजमा आपसी सहयोग, सहकार्य र सहानुभूतिको भावना विकास गर्न यो अभियान सुरु गरेको जनाएको छ। जाडोयाममा न्यानो कपडाको अभावमा कष्ट भोग्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले कपडा बैंकमार्फत आवश्यक व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराइनेछ।हात

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ६०६ पटक पढिएको
  • सुनसरीको विजयपुरगढीदेखि धनकुटाको साँगुरीगढीसम्म नेपाली सेनाको पदयात्रा र दौड प्रतियोगिता गर्ने

    इटहरी । नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ । सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको साँगरीगढी दोेड प्रतियोगिता तथा पत्रदयात्रा गर्न लागेको हो । सेनाले पुस २७ गतेदेखि ३० गतेसम्म पदयात्रा र दौड प्रतियोगिता गर्न लागेको हो । पदयात्रा सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखी सुरुभई धराको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रिबासमा गएर समापन हुने छ । धनकुटाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको भीमदल गण सल्लेरी धनकुटाका गणपती गणेश थापाले जानकरी

    • प्रकाशित मितिः पुस ११, २०८२
    • २८७ पटक पढिएको
  • धनकुटाका क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी सङ्घ धनकुटाद्वारा ६५ हजार रुपियाँ आर्थिक सहयोग

    इटहरी । धनकुटा नगरपालिका –९ घर रहेका मुखको क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी सङ्घ धनकुटाले आर्थिक सहयोग गरेको छ । सङ्घले उपचारार्थ रहेका क्यान्सर पीडित श्रेष्ठलाई ६५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । निर्माण व्यवसायी सङ्घले ३० हजार ५ सय रुपियाँ र व्यवसायीबाट ३३ हजार ५ सय रुपियाँ गरी जम्मा ६४ हजार रुपियाँ सहयोग गरेको छ । सङ्घ धनकुटाका सदस्यसमेत रहेका अनु एण्ड अभि कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर विजय श्रेष्ठका छोराको मुखको क्यान्सर भएको थियो । क्यन्सर  पीडित रहेका बालक हाल भारतको दिल्लीस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ । उनको उपचार प्रक्रिया लामो तथा खर्चिल

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ३२१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]