काठमण्डौ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता झनै बढाउँदै लैजानुभएको छ ।
पछिल्लो गणनामा लामिछानेले साढे ७ हजारभन्दा धेरै मतको अग्रता लिनुभएको छ । लामिछानेले १० हजार ८२२ मत ल्याउँदा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले २ हजार २२७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८ सय ४६ मत ल्याउनुभएको छ ।


