इटहरी । तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार ढकालले ४ हजार १०७ मत प्राप्त गरेका छन्।

यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३ हजार ७८० मत प्राप्त गरेका छन्। दुई दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ। यसअघि सुब्बा अगाडि थिए।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ३ हजार ४०७ मत प्राप्त गरेका छन्। चौथो स्थानमा श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बुले एक हजार ७९७ मत प्राप्त गरे।