इटहरी। धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राईले सुरुवाती अग्रता लिएका छन् । एक हजार ४०१ मतको गणना गर्दा राईले ५१४ मत पाएका छन् ।

उनलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका दिनेश राईले १८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का दिनेश भण्डारीले २३, जनता समाजवादी पार्टीका निशान राईले १५ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले ९ मत पाएका छन् ।