All Posts By कोशी प्रेस

    Showing ३,१२१-३,१३० of १२,८१४ items.
  • फेमे खोलामा जोड्न थालियो बेलिब्रिज

    इटहरी। बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा दुई वर्षयता यो बाटो भएर हिँड्ने यात्रु बाहकसँगै ढुवानीका साधन वारपार गर्न कष्ट थियो। गत वैशाख महिनामै नै यहाँ बेलिब्रिजको ठेक्का लागे पनि विपद्कै कारण काम सुरु हुन सकेको थिएन। यसैबिच पूर्वाधार विकास कार्यालयले रेखदेख गर्नेगरी यहाँ बेलिब्रिज जोड्न थालिएको हो। यहाँ जोड्ने बेलिब्रिज संघीय सरकारले उपलब्ध गराए पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी शैलेन्द्र सिंहले बताउनुभयो

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २८३ पटक पढिएको
  • मालिका बचत तथा ऋण सहकारी इटहरीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

    इटहरी — मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। इटहरीस्थित दुर्गा प्यालेसमा आयोजित साधारण सभा सहकारीका अध्यक्ष नबिन गिरीको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।साधारण सभाको खुल्ला सत्र सम्पन्न भएसँगै बन्द सत्रमा प्रवेश गरिने र त्यस क्रममा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने संस्थाका सचिव कल्पन घिमिरेले जानकारी दिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि भारतीले सहकारीले साना कर्जा उपयोगकर्ताका लागि सहज पहुँच प्रदान गर्दै आएको उल्लेख गरे। साना तथा मझौला उद्योग व्यवसायी

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ४४७ पटक पढिएको
  • भोजपुरका ग्रामीण बस्तीमा बजार पहुँचको अभावले दूध उत्पादक किसान मर्कामा, सङ्कलन र व्यवस्थापन कमजोर हुँदा उत्पादन घरायसी खपतमै सीमित

    इटहरी । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पुर्‍याउन कठिनाइ रहेको किसानको गुनासो छ । भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दूध सङ्कलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दूध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका– ५ का स्

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ३०१ पटक पढिएको
  • कोशी प्रदेशका प्रत्येक स्थानीय तहमा कम्तीमा एक सामुदायिक बीउ बैंक स्थापना गरी रैथाने तथा स्थानीय बीउको संरक्षण, खाद्य सुरक्षा र जैविक विविधता प्रवर्द्धन गर्नुपर्नेमा जोड

    इटहरी । कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ बैंकको व्यवस्था गर्न सरोकारवालाले जोड दिएका छन् । जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ९ली–बर्ड० पोखराको सहकार्य तथा कृषि विकास निर्देशनालय, कोशी प्रदेशसँगको समन्वयमा सामुदायिक बीउ बैंक सङ्घ नेपाल, कावासोती नवलपरासीले बुधबार विराटनगरमा ‘कोशी प्रदेशमा सामुदायिक बीउ बैंक  वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा सरोकारवालाले  स्थानीय र रैथाने जातका बीउको संरक्षणका लागि हरेक स्थानीय तहमा बीउ बैंक आवश्यक भएको बताएका हुन् । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा स

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २८१ पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट एक युवक घाइते

    इटहरी । झापामा हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् । जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित हातेमालो सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । बुधबार साँझ करिब ६ बजेतिर दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २३३ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो । गाउँपालिका उपाध्यक्ष रवीन साम्रा ९विकास० का अनुसार लप्सेटारका स्थानीय दर्शन हेल्लोक लिम्बूको घर जलेर नष्ट भएको छ । ढुङ्गा, माटो, काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएको लिम्बूको घर आगलागीले नष्ट भएको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरमा रहेको खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण बिहीबार बिहान मात्र सङ्कलन गरिने उह

    • प्रकाशित मितिः पुस १०, २०८२
    • १८६ पटक पढिएको
  • मोरङको केराबारी गाउँपालिका बन्यो करदाता सेवा दिने पहिलो स्थानीय तह

    इटहरी । मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभयो । त्यस अवसरमा उहाँले प्रशासनिक सङ्घीयतासँगै वित्तीय सङ्घीयतालाई संस्थागत गर्दै लानुपर्नेमा जोड दिनुभयो । मन्त्री खनालले जेनजी विद्रोहपछि प्रणालीगत सुधार सुरु भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको पहिलो काम भएको उल्लेख गर्नुभयो । मन्त्री खनालले प्रशासनिक सङ्घीयतामा अझै सुधार नभएको बताउँदै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २८४ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको आफ्नै प्रतीक चिह्न

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक चिह्न ९लोगो० बनाएको छ । स्थानीय तह स्थापना भएको करिव १० वर्षपछि गाउँपालिकाले आफ्नै लोगो बनाएको हो । साइनबोर्ड, लेटरप्याड लगायतमा प्रयोग गर्नेगरी गाउँपालिकाले आफ्नै प्रतीक चिह्न ९लोगो० बनाएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको लोगो निर्माण भइसकेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बुधबार एक सूचना प्रकाशित गरी स्थानीय वीरेन्द्र राई ९ओमेन्सा० र कृतिका राईले संयुक्तरुपमा निर्माण गरको लोगो छनोट गरिएको उल्लेख गर्नुभएको छ । गाउँपालिकाले आह्वान गरेअनुसार आवश्यक मापदण्ड र शर्तहरु पूरा भ

    • प्रकाशित मितिः पुस १०, २०८२
    • १८६ पटक पढिएको
  • विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु

    इटहरी । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो । विराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट बरगाछीस्थित गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो । दुर्घटनालगत्तै उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २३४ पटक पढिएको
  • कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने

    इटहरी । कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने भएको छ । होटेल एसोसिएसन अफ भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म फेष्टिवल गर्न लागेको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फुड फेष्टिवल कोभिड–१९ महामारीका कारण २०७७ सालमा भने सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा फेष्टि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]