इटहरी। दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो । घटनालगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानु
इटहरी । बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएको छ। बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सुनसरीका हिन्दु धर्मावलम्बीको क्षेत्रमा काम गर्ने संस्थाहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको हो । सुनसरीको इनरुवामामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचोक अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेको स्थानीय मुन्ना साहले जानकारी दिनु भयो । केही बेर प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेशमा अल
इटहरी। ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ स्थित मितेरी सामुदायिक वन क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डा ९हाब्रे० फेला परेको पुष्टि भएको छ । साविक पात्ले गाविस–४ अन्तर्गत पर्ने ताक्लुङ, नयाँवन र तारकेन आसपासको क्षेत्रमा रेड पाण्डा देखिएको भन्दै स्थानीयवासीले विगत केही वर्षदेखि जानकारी दिँदै आएका थिए । प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालय ओखलढुङ्गाले उक्त क्षेत्रमा रेड पाण्डाको फोटो, भिडियो, मलमूत्र, वासस्थान, चिन्ह तथा फुटप्रिन्टको परीक्षणका लागि टोली परिचालन गरेको थियो । डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनराज राई, सब–डिभिजन वन कार्यालय खिजीदेम्बाका वन सहायक प्रमुख प्रमेश अधिकारी स
इटहरी । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३।१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २।५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।
इटहरी। भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरु पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा उपचारका लागि आउने बिरामीको चाप उल्लेखनीय रूपमा बढेको बताउनुभयो । केन्द्रका अनुसार हाल दैनिक रूपमा १०० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन् । केन्द्रमा पेट, अल्सर, नसा च्यापिएको, पायल्स, ढाड दुख्ने समस्या, जन्डिस, ग्यास्ट्रिक, दम–खोकी, हाडजोर्नी तथा महिनावारी, पिनास, रोगका बिरामी सङ
इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा ९इएचएस० सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना ९ओपिडी तथा आइपिडी० सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ । उक्त प्रयोजनका लागि हाल सञ्चालनमा रहेका आपतकालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला यही पुस ५ गतेदे
इटहरी। उदयपुरका आधा दर्जन ठुला पक्की पुलको निर्माण बिचैमा अलपत्र परेको छ । पहाडी क्षेत्रका बासिन्दालाई तराईसँग जोड्न उदयपुरका आन्तरिक खोलामा निर्माण गर्न थालिएका आधा दर्जन पुल निर्माण बजेट अभावका कारण बिचैमा अलपत्र परेको हो । सर्वसाधारणलाई वर्षायाममा ती खोला वारपार गर्न निकै सास्ती हुने गरेको छ । सिराहाको लहानस्थित डिभिजन सडक कार्यालय अन्तर्गत रहेका विभिन्न पुलमध्ये उदयपुरको बेलका नगरपालिका–को गिदेरीखोला पुलको निर्माण २०७४ असार ३० गते सम्पन्न हुने गरी २०७१ असार ३० गते ठेक्का सम्झौता गरिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । पप्पु मृत सञ्जीवनी निर्माण कम्पनीले १५ करोड १३ लाख ८३ हजार रु
इटहरी । दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु। एक लाख एक हजार १११ मा चित्त बुझाउनुपरेको छ । इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा इन्ट्र
इटहरी । इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। अफर सुरु भएको तेस्रो दिनसम्ममा ४३ भन्दा बढी टिभिएस ब्रान्डका बाइक तथा स्कुटर बिक्री भइसकेका छन्।बिक्री भएका सवारीमध्ये ३४ जना ग्राहकले एक्सचेञ्ज तथा फाइनान्स सुविधा प्रयोग गरी नयाँ बाइक तथा स्कुटर खरिद गरेका हुन्। पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्थाका कारण ग्राहकको आकर्षण बढेको पारस अटो मोबाइल्सले जनाएको छ।महाअफर अन्तर्गत ग्राहकलाई पुरानो सवारीको रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास छुट, रु. १० हजार बराबरको भ्यालु एडिसन, न
इटहरी । दोस्रो तरहरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा आयोजकलाई हराउँदै खारखोला फुटबल क्लब वराहक्षेत्र विजयी भएको छ । आयोजक योङ ब्वाइज फुटबल क्लबलाई ०१ गोल गदै खारखोला सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो आफको अन्तिममा समयमा खारखोलाका आकाश राईले निर्णायक गोल गरेका थिए । प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहु भाषी खेलमैदानमा आयोजना ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.