इटहरी । सप्तकोशी नदीको धरहरा टपन क्षेत्रको पूर्वी तटबन्धन भएर बग्ने नदीको भङ्गालो पश्चिम दिशा लागेपछि वर्षौदेखि समसान घाटको रुपमा रहेको धरहरा टपनको घाट विस्थापित भएको छ । प्रकाशपुर क्षेत्रबाट वर्षौदेखि धरहरा टपनको घाटमै मृत्यु संस्कार गरिँदै आएको थियो । शव जलाएपछि चिता बगाउने र पखाल्ने पानी कम हुँदा घाट विस्थापित भएको स्थानीय वीरबहादुर कार्कीले बताउनुभयो । घाटमा पानी सुकेपछि शव जलाउन राजवास घाटमा लाने गरिएको छ । नदीको पूर्वी भङ्गालो राजावास क्षेत्रको स्पर नम्बर २७ दशमलव ४० बाट २५ दशमलव ५७ र २६ नम्बरको स्परलाई छोएर पूर्वी भङ्गालो पश्चिम दक्षिणबाट बग्न थालेको पूर्वी तटबन्धमै काम गर्दै आउनु
इटहरी । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको हो । बाहुण्डाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेका भारतीय नागरिक जस्तो देखिने अन्दाजी ५०र५५ वर्षका पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । नेपालबाट भारततर्फ जाँदै गरेको हात्तीसंँग जम्काभेट भएपछि हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बाहुण्डाँगी क्षेत्रमा मागी खाई हिँड्ने खुलेपनि उहाँको पहिचान खुलिनसकेको र भारततर्फ पनि जानकारी गराइएको इलाका प्रहरी क
सुनसरी | नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापतिको लागि आगामी १५औं महाधिवेशनको तयारी चल्दै गर्दा ऐयुव अन्सारीको नाम प्रमुख रूपमा चर्चित भएको छ। नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीको दीर्घ राजनीतिक अनुभव र सफलताका कारण उनलाई जिल्ला सभापतिको लागि मजबूत उम्मेदवार मानिएको छ।ऐयुव अन्सारीको राजनीतिक यात्रा:· नेपाल बिद्यार्थी संघ (२०४६ साल) मार्फत राजनीतिक सक्रियता सुरु· २०५० सालमा सुनसरी क्षेत्र नं. ५ को नेपाल बिद्यार्थी संघ सभापति· १२औं महाधिवेशनमा सुनसरी क्षेत्र नं. ५ को सभापतिको लागि स्वर्गीय ताहीर अन्सारीसंग झिनो मतान्तरले पराजित· १३औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा ठूलो मता
इटहरी । ऐतिहासिक एवं पुराताìिवक महìव बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट् राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण सुरु गरिएको छ । पुरातìव विभागले ऐतिहासिक ‘भेडियारी ढिस्को’ को उत्खननबाट प्राप्त इसाको पहिलो र दोस्रो शताब्दीका संरचनालाई थप क्षति हुन नदिन संरक्षणको काम थालेको हो । विभागले २०२७ सालमा पहिलो पटक र २०७८ सालमा पुनः उत्खनन गर्दा यहाँ प्राचीन पर्खाल तथा कक्ष भेटिएका थिए । वर्षा, घाम र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएको उक्त संरचनालाई सुरक्षित राख्न अहिले संरक्षणको काम भइरहेको छ । संरक्षण कार्य अन्तर्गत पुराना संरचनामाथि ‘जियो टेक
सुन्दरहरैंचा । गछिया जेसीजको २०२६ को कार्यकालका लागि नयाँ नेतृत्वका लागी चौंथो साधारणसभाबाट सर्वसम्मत रूपमा कमल ढुंगाना (कुन्दन) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व अन्तर्गत कार्यकारिणी उपाध्यक्षमा आयुषदीप रिजाल र लक्षमण दाहाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा सुजन बाहकोटी, संजीव दाहाल, रिजन पोख्रेल र अनु दाहाल रहेका छन् । सचिवमा गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा अनुप अधिकारी चयन भएका छन् ।हाल १२९ जना सदस्य आबद्ध रहेको गछिया जेसीजले नयाँ नेतृत्व सँगै युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायमुखी कार्यक्रममार्फत संगठनलाई अझ सश
इटहरी | लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिले सुन्दरहरैंचा नगरपालिका–१ स्थित खदमको श्री जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी तथा शौचालय भवन हस्तान्तरण गरेको छ।लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिकी अध्यक्षMJF Lion स्मृति सापकोटा (भट्टराई)को अध्यक्षता तथा लायन्स डिष्ट्रिक्ट ३२५ C का डिष्ट्रिक्ट गभर्नर PMJF Lion बबरजंग थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त संरचना विद्यालयलाई हस्तान्तरण गरिएको हो।कार्यक्रममा खानेपानी तथा शौचालय निर्माणमा सहयोग पुर्याउने २३ जना सहयोगी तथा दाताहरूलाई सम्मानसमेत गरिएको थियो। विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै दुई–दुई कोठा सहितको
इटहरी । खोटाङको दक्षिणी क्षेत्र वाप्लुखामा लामो समयदेखि जीर्ण भवनमा रहेको प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । १४ वर्षदेखि आमा समूहको जीर्ण भवनबाट काम गर्दै आएको वाप्लुखा प्रहरी चौकीले नयाँ भवन पाएको हो । २२ वैशाख २०८० मा गोरखापत्रमा प्रहरी चौकी जीर्ण भवनमा शीर्षकमा समाचार छापिएको थियो । त्यसको डेढ वर्षपछि प्रहरी चौकीको भवन निर्माण भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकीको नयाँ भवन निर्माण भएसँगै सञ्चालनमा आएको हो । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले औपचारिक उद्घाटन गर्नुभएको हो । कोशी प्रदेश सरकारको २५ लाख लागतमा निर्
इटहरी । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भन्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् । नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज ९पिकनिक० खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भन्ज्याङ पछिल्लो समय विस्तारै चिनिन थालेको छ । तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्णरूपमा उपयोग हुन सकेको छैन । मनोरम दृश्यले भरिएको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गा
इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका(५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाख्रीबास(५, गैरीगाँउ बस्ने बस्ने १४ वर्षीय बादल तामाङ छन् । बिहान दाउरा काट्न जङ्गलमा गएका थिए । दाउरा काट्ने क्रममा उनको विद्युतको पोललाई सपोटको लागि भुइँमा गाडिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार करेन्ट लागेका तामाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शवला
इटहरी । मेरिङ्देन गाउँपालिकाले हरेक वर्ष पुस १ देखि ५ गतेसम्म लाग्ने पुसे मेलाका लागि दुई दिन बिदा दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँ कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गतेका लागि स्थानीय बिदा दिइएको हो । बिदाको दिन आकस्मिकबाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घ संस्थामा बिदा हुनेछ । मेला ५ दिन लाग्ने भए पनि यी दुई दिन विशेष भीड लाग्ने गरेको छ । मेलामा गाउँका कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रचारप्रसार, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम हुने गरेको छ । पुसे मेला ५२ वर्षदेखि लगातार लाग्दै आएको गाउँपालिका अध्यक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.