All Posts By कोशी प्रेस

    Showing ३,४५१-३,४६० of १३,६५२ items.
  • साकेला शिलीदेखि शिक्षा र पर्यटनसम्म, रैथाने ज्ञानलाई संस्थागत गर्ने उद्देश्यले रामप्रसादराईमा महोत्सव आयोजना

    इटहरी ।  जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत ९रैथाने० ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवमार्फत स्थानीय पहिचानलाई बलियो बनाउने र समुदायभित्र रहेको ज्ञानलाई साझा गर्ने प्रयास गरिएको

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १५४ पटक पढिएको
  • झापाको बिर्तामोड–२ चारपानेस्थित ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय कामदारको मृत्यु

    इटहरी । झापाको बिर्तामोड नगरपालिका(२, चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।सोमबार राति ११ बजेको समयमा सो रेडिमिक्समा हेल्परका रूपमा काम गर्दै आएका शिवसताक्षी नगरपालिका ४ बस्ने २८ वर्षीय राजीव राजवंशी रेडिमिक्स मेसिन सफाइ गर्ने क्रममा अचानक विद्युत सर्ट भई सख्त घाइते हुनुभएको थियो ।उहाँको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा सोही राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । हाल घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । 

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २३० पटक पढिएको
  • सुन्दरहरैँचा नगरपालिका–२ र ३ का दुई युवक अवैध पेस्तोल, वाकीटकी र काठको हतियारसहित पक्राउ, थप अनुसन्धान जारी

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट ९वाकीटकी०सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका वडा नं। २ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र वडा नं। ३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९प्रप्रनाउ० हरिनन्दन चौधरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले माघ २६ गते साँझ सिलास लिम्बूको घरमा खानतलासी गरेको थियो ।खानतलासीका क्रममा लिम्बू सुत्ने कोठाबाट मेडिएन युएसए लेखिएको एक थान

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २२२ पटक पढिएको
  • भ्रष्टाचार अन्त्य र सुशासनका आधारमा कांग्रेसलाई भोट दिन गगन थापाको अपिल

    इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्नुभएको छ । मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन समेत आग्रह गर्नुभयो । उहाँले अहिले निर्वाचन आचार संहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधार सहित काम गर्नु पर्ने पनि बताउनुभयो । उहाँ सोमवार विराटनगर आउनुभएको थियो । मंगलवार बिहान इटहरी, झुम्का, इनरुवा हुँदै उहाँ सर्लाहीतर्फ प

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १८९ पटक पढिएको
  • इटहरीमा बालकला साहित्य महोत्सव २०८२ फागुन १ र २ गते सुरु हुँदै

    इटहरी । पाथीभरा माध्यमिक विद्यालय इटहरीको आयोजनामा यही फागुन १ र २ गते ‘इटहरी बालकला साहित्य महोत्सव २०८२’ सञ्चालन हुने भएको छ। विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।महोत्सव वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्य सर्जकहरूसँगै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने पाथिभरा इङलिस बोर्डिङ स्कुलका अध्यक्ष निर्मल कुमार रिजालले बताउनुभयो।कार्यक्रम संयोजक विक्रम कुमार घ

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३८६ पटक पढिएको
  • ट्राइबेकरमा धरान एफसीलाई हराउँदै पोखराको लालीगुराँस सेमिफाइनलमा

    इटहरी । पोखराको लालीगुराँस एसोसिएसन धरानमा जारी २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै लालीगुराँसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । धरान रंगशालामा सोमबार सम्पन्न खेलको निर्धारित ९० मिनेट तथा थप १५ मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि मुख्य रेफ्री मनिष अधिकारीले खेलको निर्णय ट्राइबेकरमार्फत लिएका थिए । ट्राइबेकरमा लालीगुराँसका लागि राम थापा, आशिष गुरुङ, टिकराज गुरुङ, सुदीप गुरुङ र अब्दुल युसुफ हाउलेले गोल गरे । धरान फुटबल क्लबक

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २५६ पटक पढिएको
  • खोटाङको दिप्लुङमा विवाह भोजपछि सामूहिक बिरामी, फुडपोइजनको आशङ्का

    इटहरी। खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो टोली घटनास्थल दिप्लुङ आएको हो । दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २७० पटक पढिएको
  • फिदिममा अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार वितरण, तीन स्रष्टा सम्मानित

    इटहरी । लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिएको छ । सोमबार फिदिममा एक समारोहको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हो ।पुरस्कृत हुनु हुने स्रष्टामा निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाका साहित्यकार मलिसा याक्थुम्बा हुनुहुन्छ । यो वर्ष वितरण गरिएको पुरस्कार सातौँ संस्करणको हो । पुरस्कार स्वरूप प्रत्येक स्रष्टालाई जनही ५० हजार रुपियाँ नगदसहित कदरपत्र र दोसल्ला ओढाएर प्रमुख अतिथीको आसनबाट साहित्यिक तथा राजनैतिक व्यक्

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २२५ पटक पढिएको
  • मुलकको सम्वृद्धि र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित : अध्यक्ष ओली

    इटहरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ पछि एमालेले जनताको अभिमत लिएर सरकार बनाउने दाबी गर्नुभएको छ । उहाँले मुलकको सम्वृद्धी र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित रहेको जनाउँदै यस्तो दाबी गर्नुभएको हो ।झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहनुभएका ओलीले सोमबार गौरीगन्जमा भएको मतदाता भेटघाट कार्यक्रममा बोल्दै भदौ २३ गतेको घटना दुखद भएको र २४ गतेको बिध्वंसले मूलकको अर्थतन्त्र नै धेरै पछि परेको जनाउनुभयो । कसलाई मतदिने मतदाताको नीजि अधिकार भएको ओलीको भनाइ छ ।  कसैको लैलैमा लागेर मतदान नगर्न अनुरोध गर्दै उहाँले मत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २६३ पटक पढिएको
  • मोरङमा प्रतिनिधि सभा निर्वाचनको लागि सामग्री प्याकिङ सुरु

    इटहरी ।  फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङमा निर्वाचन सामग्री प्याकिङ गर्न थालिएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा ३७ प्रकारका मतदान सामग्रीहरु प्याकिङ शुरु गरिएको र निर्वाचन आयोगबाट उपलब्ध हुने सामग्री प्राप्त भएपछि सबै सामग्री एकमुष्ट मतदान अधिकृतहरुलाई वितरण गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । ३७ प्रकारका मतदान सामग्रीमा अनुसूचि फारम, परिचय पत्र, सियो धागो, लाहा, स्वस्तिक छाप, मतपत्र प्याकिङ गर्ने झोला लगायतका सामग्री रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । उहाँले ३७ प्रकारका सामग

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]