इटहरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनीकम नेपाल) सुनसरी जिल्ला कार्यसमितिद्वारा आयोजित ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमका सभापति युनीकम नेपाल सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दंगाल रहनुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भीम पौडेल रहेका थिए।त्यसैगरी विशेष अतिथि तथा कोशी प्रदेश सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख दीपकराज भट्ट, झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल, युनिकम नेपाल मोरङ–सुनसरी–झापा नगर इ
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । शुक्रबार करिब साढे ४ बजेको समयमा लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी भएको प्रहरी निरीक्षक जट्टा शंखर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरको टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको छ । उक्त घरमा सिदिङ्वा गाउँपालिकाको क्वाटर समेत रहेको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो प्रह
इटहरी । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उहाँले निरन्तरता दिइरहनुभएको बताउनुभयो । पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दि
इटहरी । पूर्वसन्ध्याको दृश्यावलोकनका लागि पछिल्लो समय सप्तकोशी किनारमा मानिसको भिड लाग्न थालेको छ । किनार क्षेत्रबाट देखिने सूर्यास्तको दृश्य, बालुवाका कण र पानीमा पर्ने सूर्यका सुनौलो किरणका निकै मनमोहक हुने भएकाले बोराबाँधमा मानिसको भिड लाग्ने गरेको हो । सुनसरीको वराहक्षेत्र–२ र ६ को सिमानामा पर्ने बोराबाँध क्षेत्रले अहिने छुट्टै पहिचान बनाउन थालेको छ । स्थानीय युवाको पिकनिक स्पट, टिकटक र फोटो खिच्नेको आकर्षक क्षेत्रका रूपमा रहेको बोराबाँधले परिचय बनाउन थालेको छ । उदाउँदो सूर्यको झुल्को हेर्न इलामको श्रीअन्तु पुग्ने पर्यटक सूर्यास्तको मनोरम दृश्य हेर्न कोशी किनारको बोराबाँध आउने गरेको स्थानी
वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले नया आधुनिक भिडियो एक्स-रे उपकरण खरिद गरेर सञ्चालनमा ल्याएको छ । नगर अस्पतालको आन्तरिक स्रोतबाट खरिद गरिएको उक्त आधुनिक भिडियो एक्स-रे मेसिनको शुक्रवार उद्घाटन गरिएको छ । अस्पतालले ३८ लाखमा खरिद गरेको भिडियो एक्स-रे उपकरणको उद्घाटन नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , इलका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिवस कुबँर , नगर अस्पतालका निमित्त
इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ‘राष्ट्रिय मावि आइडल’ को उपाधि नृत्यतर्फ कक्षा १२ की अस्मिता पराजुलीले जितेकी छन् । यस्तै, गायन तर्फ कृजल रिजाल र साहित्यतर्फ शिक्षा भट्टराईले उपाधि जितेकी छन् । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेकोमा शुक्रबार भएको अन्तिम फाइनलमा दर्शकको भोटका आधारमा नृत्यतर्फ पाँच जनालाई पछि पार्दै अस्मिताले उपाधि जितेकी हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । नृत्यतर्फ
इटहरी । ताप्लेजुङबाट नेकपा ९एमाले० को ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन हुनुभएको हो । एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन० अनुसार तोकिएको १२ जना महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार सहमति जुटेको छ । महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत हुनेमा खुलातर्फ अनन्तबहादुर साँवा, दीपेन्द्र पोमु, घनेन्द्र मादेन, छत्रपति प्याकुरेल, प्रकाश राई ९कैलास० र ज्ञानेन्द्र लावती रहनुभएको छ । यस्तै, महिलातर्फ रनमाया गुरुङ, मीनाकुमारी केदेम, टीका सुवेदी भट्टराई र प्रमिला खनाल चयन हुनुभएको छ । युवातर्फ
इटहरी । यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो । विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिनुभयो । उहाँले कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्रायल’ परीक्षा सुरु गरेको बताउनुभयो । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम
पीडित भनिएको व्यक्तिले पैसा नपाएको भने पनि उसले पैसा बुझिलिएको सहितको कागजपत्रका साथै अदालती प्रक्रियामा रहेको विषय भएको कागजपत्र विद्यालय प्रशासनले उपलब्ध गराएकोले कोशीप्रेसले विवादित विषयलाई हटाइएको जानकारी गराइन्छ पाठक वर्गको पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।
इटहरी । दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो । विजेता टीम गणेश चोकले नगद तीन लाख दुई हजार ८२ रुपियाँ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको ९२ हजार रुपियाँ रहेको थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको आयोजक फङ्फङ्देन झरना पर्यटन विक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.