इटहरी/ ग्रामीण भेगका आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै र ‘सुरक्षित मातृत्व’ को नारालाई सार्थक बनाउने उद्देश्यले चौधरी फाउण्डेशनले सुनसरीमा एक प्रशंसनीय कदम चालेको छ । फाउण्डेशनले सुनसरीको गढी गाउँपालिकास्थित एक स्वास्थ्य संस्थालाई अत्यावश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउँदै स्थानीय स्वास्थ्य सेवामा नयाँ आयाम थपेको हो ।गढी गाउँपालिका–२, सत्तेरझोरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक विशेष कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालन तथा स्तरोन्नतिका लागि आवश्यक महँगा र आधुनिक उपकरणहरू हस्तान्तरण गर्नुभयो
सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकासपुर स्वास्थ्य चौकीमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै डिजिटल एक्स–रे मेसिनमार्फत छाती परीक्षण (Digital X-Ray with AI Screening Camp) सहितको सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न गरिएको छ।यस स्वास्थ्य शिविरबाट स्थानीय स्तरमा उल्लेखनीय संख्यामा नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा नवीनतम प्रविधिसहितको एक्स–रे परीक्षणबाट प्रारम्भिक चरणमै क्षयरोग पत्ता लगाउन मद्दत पुर्याएको स्वास्थ्य शाखाले जनाएको छ।कार्यक्रम बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा त
इटहरी । खोटाङको वराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर लामो पक्की पुल गत वर्ष मङ्सिर ६ गते शिलान्यास भयो । जिल्लाका नागरिकले सोचिरहेका थिए, शिलान्यास भएर अलपत्र पर्नेमा अर्को एउटा पुल थपियोे । किनकी खोटाङमा विकासको चिनारी त्यसरी नै भएका छन्, सडक र पुलहरु शिलान्यास हुने तर अलपत्र पर्ने । खोटाङको विकासको खराब इतिहासलाई तोड्दै बुवाखोला पक्की पुलले नयाँ इतिहास रचेको छ । शिलान्यास भएको एक वर्षमा १ सय ४८ मिटर लामो पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो। बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान जोड्ने उक्त पुल निर्माणका लागि २०८१ साल वैशाख ३०
इटहरी । नेपाल शिक्षक महासङ्घले शिक्षकहरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् । फिदिम नगरपालिकामा महासङ्घका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण बुझाइएको महासङ्घले जनाएको छ । महासंघले आर्थिक कार्य
इटहरी । सुनसरीको धरान–१७ स्थित जङ्गलमा दाउरा काट्ने विषयलाई लिएर झडप भएको छ। सोमबार दाउरा सगोलमा काटेका स्थानीय आयुष विश्वकर्मा र दिपु परिवारबीच दाउरा बिक्रीको विषयमा विवाद चर्किएपछि झडप भएको हो। बटुलेर राखिएको दाउरा आयुषले तीन भारी दाउरा दिपुलाई जानकारी नदिएर बेचेपछि झडप भएको जनाइएको छ। झडपमा दिपुले धारिलो हतियार प्रयोग गरी आयुषको बायाँ कान काटेको प्रहरीले जनाएको छ। कान काटिएका आयुष गम्भीर घाइते भएका छन्। उनको बायाँ कान तर्फको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट घोपाका प्रमुख प्रहरी नायव निरीक
इटहरी । ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागीपीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आगलागीपीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोस्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलाको उद्घाटन गर्न तेम्बा बजार पुग्नुभएका मन्त्री हाङ्गामले आगलागीपीडितलाई थोरै सहयोग मिलोस् भन्ने हेतुले केही रकम प्रदान गरिएको बताउनुभएको छ । उहाँले आगलागी भएको स्थलको अनुगमन समेत गर्नुभएको छ । मिक्वाखोल
इटहरी । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो । यहाँ पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उहाँको भनाइ छ । यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्
इटहरी । गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवनमा आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब रुपियाँ बराबरको क्षति पुग्यो । भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक क्षतिको कुनै मानक नै बनेको छैन । अहिलेसम्म महानगरपालिकामा दैनिक कार्यसम्पादन लयमा फर्कन सकेको छैन । घर नक्सा शाखा कागजातविहीन हुँदा लयमा फर्कन हम्मे हम्मे परिरहेको छ । सहरी विकास तथा पूर्वाधार महाशाखाले पनि बहुवर्षे ठेक्का प्रणाली र भुक्तानी दिन बाँकी रहेका योजनाको कागजात जुटाउन समस्या परिरहेको गुनासो कर्मचारी गर्छन् तर महानगरपालिकामा आगजनी हुँदा स्थानीय न्यायिक
इटहरी । उदयपुरको त्रियुगा नगरपालिकास्थित जिल्ला सदरमुकामको गाईघाट बजार क्षेत्रको करिब १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु भएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको कालोपत्रे सुरु भएको हो । विश्व बैङ्कले सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यव्रmम ९युजिआइपी० अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ समेत चार वटा वडालाई जोड्ने गरी निर्माणाधीन विभिन्न नौ वटा सडकको कालो पत्रेको गरिएको हो । नगरको महìवपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माण
धरान । प्रहरी सेवामा उत्कृष्ठ काम गरेबापत धराने जनताले सिंघमको उपाधी दिएको धरान वडा प्रहरी कार्यालयका प्रमुख हाल निवृत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले सम्मान सहित विदाइ गरेको छ । यही मंसिर १ गतेदेखि तीस वर्षे प्रहरी सेवाबाट निवृत हुनुभएका खत्रीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले खुकुरी प्रदान गर्दै सम्मान र खदा पहिरियाइदिएर विदाइ गर्नु भएको थियो । २०८० साल फागुन २७ गतेदेखि धरान वडा प्रहरीमा इन्चार्ज भएर आउनु भएदेखिनै वहाँले यातायात मजदुरहरुलाई गर्नु भएको सहयोग र साथका लागि संगठनको तर्फबाट सम्मान र विदाई गरिएको संगठनका धरान उपम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.