All Posts By कोशी प्रेस

    Showing ३,६११-३,६२० of १२,८५७ items.
  • झापा पुगेका १५ हात्ती मोरङतिरै फर्किए

    इटहरी । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो । बथानमा हात्तीका थुप्रै छावा पनि थिए । मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व लागेको हात्तीको बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बङ्गालतिर फर्किने बाटो पछ्याएको अनुमान गरिएको थियो । दिनभरि स्थानीय जङ्गलमा विश्राम गर्ने ती

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३४४ पटक पढिएको
  • खोटाङ कारागार करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन

    इटहरी। खोटाङ कारागार करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको पाइएको छ । कारागारमा कार्यरत अहेब गत वर्ष पुसमा काजमा अन्तै गएको र हालसम्म फिर्ता नआएको बताइएको छ । १ सय ४० जना कैदीबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या हुने गरेको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताउनुभयो । आधारभूत उपचारका लागि कैदीबन्दीलाई जिल्ला अस्पताल लानु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । कारागारमै स्वास्थ्यकर्मी राखेर आधारभूत स्वास्थ्य उपचार गराउनु पर्ने व्यवस्था भएपनि स्वास्थ्यकर्मी अभावले एक वर्षदेखि जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता छ । कारागारमा सवारी साधन नहुँदा बिरामी कैदीबन्दीलाई गाडी भाडामा लिएर कर

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३६४ पटक पढिएको
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    इटहरी । इटहरी उपमहानगरपालिका–१२ स्थित एक घरबाट ठूलो परिमाणको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले फार्मेसी सञ्चालक श्रीमान–श्रीमतीलाई पक्राउ गरेको हो। नसिव फार्मेसीमार्फत लागूऔषध बिक्री–वितरण भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले फार्मेसी सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्लास्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको प्रतिबन्धित औषध ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषध डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त परिमाणको औषधी बरामद भएपछि चौधरीसहित उनकी श्रीमती सम्झ

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३४३ पटक पढिएको
  • इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

    इटहरी । धार्मिक तथा पर्यटकीय सम्भावना बेहोरेको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापना गरिएको १०८ शिवलिङ्ग परिसरमा आगामी मंसिर ३ गते बाला चतुर्दशी पर्वअन्तर्गत शतबिज छर्ने तयारी अन्तिम चरणमा पुगेको छ। दिवंगत पितृको मोक्षका लागि शतबिज छर्न अन्यत्र टाढासम्म धाउनुपर्ने बाध्यता अब स्थानीयस्तरमै समाप्त हुने भएको छ। माया घर छेउमा रहेको नयाँ त्रिनेत्र मोक्षधाममा श्रद्धालुहरूले आफ्ना पितृहरूको चिरशान्तिका निम्ति मनोकामना राखेर शतबिज छर्न सक्ने केन्द्रकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन्। मंसिर २ गते साँझ दीप प्रज्वलन, भजन सन्ध्या, जाग्राम,

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • २९० पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका २३८ परिवारलाई खानेपानी सुविधा: वर्षौंदेखिको समस्या समाधा

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो । छवटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौवटा वितरण ट्यांकी निर्माण गरिएको जनाइएको छ । खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले बताउनुभयो । आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल रु दुई करोड १२ लाख एक ह

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • २७४ पटक पढिएको
  • विराटनगरमा कपडा तस्कर घरमा प्रहरीको छापा, लाखौंको अवैध कपडा बरामद

    इटहरी । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न एक व्यापारीको घरमा छापामारेर ठुलो परिमाणमा कपडा बरादम गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मङ्गलबार बिहान विराटनगरस्थित कपडा व्यापारीको घर र गोदाममा छापा मारेर लाखौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो । प्रहरीको कारबाहीका क्रममा मुख्य कारोबारी बब्लु अग्रवाललाई भने प्रहरीले पक्राउ गर्न सकेन । कारोबारी अग्रवाल फरार भएको प्रहरीले जानकारी दिएको छ । विराटनगर एयरपोर्टबाट अनुसन्धान सुरु गरेर तस्करीमा संलग्न अग्रवालको घरसम्म पुग्न प्रहरी सफल भएको हो । जाडोका लागि भारतबाट भन्सार छली गरी ल्याइएका महँगा कुर्ता–सुरुवाल अ

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • १९७ पटक पढिएको
  • प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा शिक्षण विकास कार्यशाला सम्बन्धी समीक्षा तथा जानकारीमूलक

    धरान | प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा आयोजित "शिक्षण विकास कार्यशाला" सम्बन्धि जानकारी आदान-प्रदानका लागि आज एक औपचारिक प्रेस-मिट आयोजना गरिएको छ। कार्यक्रम प्रमुख आर्कषणका रूपमा नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रीय शिक्षा क्षेत्रका बिज्ञ विल भान कोनिङ्सब्रुग (नेदरल्याण्ड) को विशेष उपस्थित थिए ।कोनिंग्सब्रगे शिक्षण सीप अभिवृद्धि तथा शिक्षकको शिक्षा पद्धति सुधारका उत्कृष्ट विशेषज्ञता र विशेष गरी हस्पिटालिटी क्षेत्रमा आवश्यक क्षमता विकास, कार्यप्रणाली, कार्य-आधारित सिकाइ तथा शिक्षक क्षमता उहाँको नेतृत्व वृद्धि हो ।उनको अनुभव तथा योगदानहरु ४० वर्ष भन्दा धेरै वर्षको शिक्षण अनुभव र शिक्षक तालि

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ४९७ पटक पढिएको
  • डा.योगी विकासानन्दद्वारा बराहक्षेत्रमा एक दिवसीय जागरण कार्यक्रम सम्पन्न

     सुनसरी । चक्रघट्टी जेसिजको आयोजनामा डा. योगी विकासानन्दज्यूबाट शारीरिक, मानसिक तथा अध्यात्मसम्बन्धी एक दिवसीय जागरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।बराहक्षेत्र–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिका नगरप्रमुख तथा पूर्व अध्यक्ष रमेश कार्की प्रमुख अथिका रूपमा उपस्थित रहेका थिए । त्यसैगरी उप–प्रमुख नन्दकुमारी सुनुवार बिशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।कार्यक्रममा डा. योगी विकासानन्दले स्वास्थ्य, मानसिक स्थिरता, योग, ध्यान तथा सकारात्मक उर्जा विकासका विषयमा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो ।कार्यक्रमलाई विकाशानन्द फाउण्डेशन विश्व प

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ४२६ पटक पढिएको
  • ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो अडिसनमा ४० जना सहभागी

    इटहरी । बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने, बौद्धिक क्षमतालाई अझ निखार्ने र उनीहरूलाई भावी कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने उद्देश्यका साथ ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु भएको छ । ओपन स्पेस प्रा।लि। को आयोजनामा हुने प्रतियोगिताको इटहरीमा भएको पहिलो अडिसनले दोस्रो संस्करणको औपचारिक सुरुवात गरेको छ । शनिवार इटहरीस्थित फुडशाला क्याफेमा सम्पन्न प्रतियोगिताको पहिलो अडिसनमा ४० जना बालबालिकाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धीहरूको प्रस्तुतिलाई मूल्याङ्कन गर्नका लागि अडिसनको निर्णायक मण्डलमा मिस इसईई इटहरी २०२५ की विजेता श्रेयसी भट्टराई, मिस इसईई इटहरी २०२५ की अर्गन

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ५३९ पटक पढिएको
  • हतुवागढी गाउँपालिकामा छात्राहरुलाई महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रदान

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकामा छात्राहरुलाई महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रदान गरिएको छ । पुनम फाउण्डेशनद्धारा आयोजित महिला हिंसा विरुद्ध आत्मरक्षा तथा खेलकुद प्रशिक्षण कार्यक्रम शनिबार हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातिले उद्घाटन गर्नुभएको हो । श्री सगरमाथा माध्यमिक विद्यालय घोडेटारको सहकार्यमा आयोजित प्रशिक्षणमा पञ्चकन्या, भिमेश्वरी र सगरमाथा माविबाट छात्रा विद्यार्थी र शिक्षिकाहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणमा बलात्कार र महिलाहरुमाथि हुने गरेको हिंसालाई कम गर्न सैद्धान्तिक र व्यवहारिक सिप प्रदान गरिएको थियो । खेलकुदमा महिलाहरुको सहभागिता वृद्धी गर्न र छात्राहर

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ४३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]