इटहरी । सामाजिक उत्तरदायित्व अन्तर्गत राइजिङ इनरुवा युथ क्लबले सुनसरी बहुमुखी क्याम्पसलाई उपहार स्वरूप पुस्तक वितरण गरेको छ।
विद्यार्थीहरूको अध्ययन(अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पस पुस्तकालयका लागि विभिन्न विधाका उपयोगी पुस्तकहरू प्रदान गरिएको हो। क्लबका अध्यक्ष श्री महेश्वर शाह, सल्लाहकार लालबहादुर पण्डित, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
क्याम्पस प्रशासनले यस्तो सहयोगले शैक्षिक वातावरण अझ सुदृढ हुने बताउँदै राइजिङ इनरुवा युथ क्लबप्रति धन्यवाद व्यक्त गरेको छ । क्लबका प्रतिनिधिले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

