All Posts By कोशी प्रेस

    Showing ३,६४१-३,६५० of १२,८५७ items.
  • जिफन्टसंग श्रमिकहरुले सोधे ः महगी बढ्यो ज्याला बढेन

    धरान । मजदुर बाहुल्य धरानका विभिन्न क्षेत्रका मजदुरहरुसंग जिफन्टले सम्वाद् गरेको छ । निर्माण मजदुर, यातायात मजदुर, उद्योगमा काम गर्ने मजदुर, अटो मेकानिक्स मजदुर, सुरक्षा श्रमिक, सरसफाइ मजदुर, लोडअनलोड मजदुर, स्वास्थ्य स्वयमसेवी मजदुर र सौन्दर्यकर्मी मजदुरहरुसंग सम्वाद गरिएको हो । शनिबार धरानमा जिफन्ट नगर कमिटीले आयोजना गरेको सम्वाद कार्यक्रममा स्वास्थ्य स्वयमसेवी मनकुमारी लिम्बूले वर्षौदेखि आफुहरुले चार सय भत्तामा काम गर्नु परिरहेको बताउनुभयो । वहाँले भन्नुभयो हामीले दिनरात, घामपानी काम गर्नु परेको छ । तर, स्वयमसेवीका लागि स्थानीय सरकारले त वास्ता गरेन प्रदेश र संघ सरकारले पनि ध्यान दिएन

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ४९४ पटक पढिएको
  • ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित

    इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण ९चढाएका० गरेका घन्टी सुरक्षित रहेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरामा ११० वर्ष पहिलेका घन्टीहरु रहेका छन् । विभिन्न धातुबाट निर्मित भक्तजनले चढाएका घन्टीहरु सुरक्षित रहेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । हाङ्बाङका अनुसार भक्तजनले आफ्नो नाम र पाथीभरामा चढाएको मिति उल्लेख भएका पुराना घन्टीहरु सुरक्षित रहेका छन् । अहिले पनि दर्शनमा आउने भक्तजनले घन्टी र त्रिसूलहरु पाथीभरामा चढाउँदै आएका उहाँले बताउनुभयो । उहाँका अनुस

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ४१७ पटक पढिएको
  • धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

    इटहरी । विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरीले धरानमा ठूलो परिमाणको गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–४ बौद्ध बिहार नजिक कोशी राजमार्गमा प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारबाट खटिएको संयुक्त टोलीले दुई मोटरसाइकललाई जाँचका लागि रोक्न खोज्दा चालकहरू फरार भएका थिए । भेडेटारबाट धरानतर्फ आइरहेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका मोटरसाइकल रोक्न खोज्दा रोक्न नमानेपछि पछ्याउने क्रममा दुवै चालक मोटरसाइकल छाडेर फरार भएका हुन् । पछि चेकजाँच गर्दा दुवै मोटरसाइकलमा प्याक गरिएको अवस्थामा ४९ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको लागूऔषध तथ

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ३५६ पटक पढिएको
  • आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

    इटहरी । आफ्नै घरमा बसेर सरकारबाट आवास भत्ता लिएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी विवादमा तानिएका छन् । इटहरीका स्थायी बासिन्दा भण्डारी मन्त्री नियुक्त भएको १० महिनादेखि आफ्नै घरबाट कार्यालय आउजाउ गर्दै आएका छन् । तर, सरकारले मन्त्रीलाई आवास उपलब्ध नगराएमा मासिक २९ हजार रुपैयाँ घरभाडा ९आवास भत्ता० दिने कानुनी व्यवस्था अनुसार भण्डारीले १० महिनामा २ लाख ९० हजार रुपैयाँ बुझेको तथ्य बाहिरिएपछि प्रश्न उठेको हो । खासगरी १७ मंसिर ०८१ मा मन्त्री नियुक्त भएका उनले १० महिनाको घरभाडा बुझिसकेका छन् । समाचार बाहिरिएपछि उनको सामाजिक सञ्जालमा आलोचना भएको छ

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ३८० पटक पढिएको
  • एमालेको विशाल जनजागरण र्‍याली, छ हजार भन्दा बढी बाइकको सहभागी

    सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न स्थानमा विशाल जनजागरण र्‍याली आयोजना गर्दै इनरुवामा भव्य कोणसभा सम्पन्न गरेको छ। जिल्लाभरिका नेता-कार्यकर्ता, युवा, व्यापारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागितासहित कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार र्‍यालीमा ६,००० भन्दा बढी मोटरसाइकल सहभागी थिए। विभिन्न स्थानीय तह, वडा संरचना तथा जनस्तरसम्मको सक्रिय समन्वयमा इतिहासकै भीडसहित र्‍याली अघि बढेको उहाँले बताउनुभयो।र्‍यालीका प्रमुख मार्गहरूदुहबी र धरानबाट छुट्टिएर निस्किएका दुई ठूला मोटरसाइकल समूह इटहरीमा भेला भई रामधुनी हुँदै इनरुवा

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ४६८ पटक पढिएको
  • अर्थोडेन्टिक चिकित्सकहरुको १६ औैं अन्तराष्ट्रिय सम्मेलन धरानमा सुरु

    इटहरी । अर्थोडोन्टिक सम्बन्धि १६ औं अन्तर्राष्ट्रिय सम्मेलन धरान उपमहानगरपालिकामा शुरु भएको छ । अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल ९ओडान० र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आयोजनामा धरानमा भएको सम्मेलनमा १०१ जनाको सहभागि छ । जसमा ११ जना छिमेकी देश भारतको प्रतिनिधिहरु र ९० जना नेपालको प्रतिनिधिहरु  रहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एसोसिएट प्रोफेसर अर्थोडेन्टीस प्रभात रन्जन पोख्रेलले जानकारी दिनुभयो ।  सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञहरूले अर्थोडोन्टिक उपचार, क्लिनिकल अभ्यास, नयाँ उपकरण तथा प्रविधि, अनुसन्धान विधि तथा दन्

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • २९७ पटक पढिएको
  • उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुल्यो

    इटहरी । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका(५, जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता(भुटार खण्ड अवरुद्ध भएको थियो । गत वर्षको वर्षाले ग्रामीण सडक भत्काइनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो । हालै रसुवा खोलामा अस्थायी पुल निर्माण गरिनुका साथै अन्य अवरुद्ध हटाएपछि यस क्षेत्रका ग्रामीण सडकमा यातायात सञ्चालन हुन थालेका स्थानीय बताउँछन् । उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते(भुटार(मुर्कुच

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ३७५ पटक पढिएको
  • हाङदेवामा लडेर एक बालिकाको मृत्यु

    इटहरी ।  ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीरबहादुर नुगो लिम्बू (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेका छन् । फुङलिङ नगरपालिका ९ हाङदेवामा डेरा गरी बसेका बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा बढइले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणाधीन मादेन वंशको माङहिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा प्रहरी टोली परिचाल

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • १८८ पटक पढिएको
  • बुद्धशान्तिमा एक वृद्धले आफ्नै शरीरमा लगाए आगो

    इटहरी ।  झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११ः३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इ.प्र.का) बुधबारेमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्र

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • २४३ पटक पढिएको
  • छोराछोरीबाट अपहेलित आमाहरुहरुलाई खाद्यन्न प्रदान

    इटहरी । इटहरी वडा नं. १७ मा रहेको श्री राम जानकी शान्ति बृद्धाश्रममा बस्दै आएका वृद्धा आमाहरुका निम्ति मानव अधिकार तथा शान्ति समाज सुनसरीले खाद्यन्न सामग्री प्रदान गरेको छ ।  शुत्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा आमाहरुको दैनिक गुजारा टार्नका निम्ति चामल, चिनी र दाल सहयोग गरिएको संस्थाका जिल्ला सभापति रोबनराज कार्कीले बताए । वृद्धा आमाहरुलाई खाद्य सामग्री साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा प्रदान गरिएको हो । वृद्धाश्रम सञ्चालक समितिका सदस्य सन्तोष ओझाका अनुसार आश्रममा बस्ने महिलाहरुका लागि विभिन्न दातासँगै सरकारी निकायबाट पनि बेला बेलामा सहयोग गर्ने गरिएको  छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • ३५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]