सुनसरी । सुनसरी क्षेत्र नं। ४ मा प्रतिनिधिसभा निर्वाचनको रौनक छाएको छ । संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा व्यस्त बनेका छन् ।

कुल १ लाख २८ हजारबढी मतदाता रहेको यस निर्वाचन क्षेत्रमा यस पटक पनि नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने नेपाली कम्युनिष्ट पार्टी र रास्वपाले टक्कर दिदैछ । प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका यी चार पार्टीमध्येका नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका जगदीश कुसियैतको पक्षमा आमनागरिक खुल्न थालेका छन् । कुसियैतलाई यस अघि प्रदेशसभा सदस्यका रुपमा रहँदा सुनसरी क्षेत्र ४ का ले यसपटक साथ दिने देखिएको छ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं।४ ९ख० बाट निर्वाचित कुसियैत प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्रमा उल्लेखनीय विकास गरेको स्थानीय मतदाताहरू बताउँछन्। स्थानीय मतदाताका अनुसार, विगतमा यो क्षेत्रबाट निर्वाचित नेताहरूले अपेक्षित विकास गर्न नसकेको अवस्थामा कुसियैतले भने जनतासँग प्रत्यक्ष छलफल गरी आवश्यक योजना पहिचान गर्दै काम अघि बढाउनुभएको थियो ।

शेरधन राई नेतृत्वको प्रदेश सरकारमा झण्डै चार वर्ष मन्त्री रहनुभएका कुसियैतले चारवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सुनसरी क्षेत्र नम्बर ४ मा ठूला विकास प्याकेज भित्र्याउनु भएको थियो । उहाँकै कार्यकालमा कोशी कटान क्षेत्रमा देशकै पहिलो नमुना रिफ्रेसमेन्ट सेन्टर निर्माण, कटानदेखि भारतको वीरपुर बोर्डरसम्म करिब ६ किलोमिटर कालोपत्रे सडक भएको थियो । कुसियैतकै पहलमा सिँचाइ, पूर्वाधार, मठ–मन्दिर, मदरसा तथा कब्रिस्तान घेराबेरा जस्ता योजनाहरू सम्पन्न भएका थिए।

विकासको ठोस काम गर्ने नेताका रुपमा कुसियैतलाई स्थानीय मतदाताहरूले दिएका छन् । कुसियैतको पहलमा सुनसरी क्षेत्र नं ४ मा निकै विकासको काम सम्पन्न भएकाले मतदाताहरुमा उहाँलाई पुनः समर्थन गर्नुपर्ने धारणा बलियो देखिएको छ।