इटहरी । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो । प्रतिकूल मौसमका कारण मङ्गलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उहाँले सबैमा अनुरोध गर्नुभयो । उत्तर
इटहरी। इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमबाट झापा जाँदै गरेको बोलेरो मे १ ज ३१३७० र इलामबाट पाँचथरतर्फ जाँदै गरेको मोटरसाइकल ९प्र १–०१–०१६ प १३६७० एकआपसमा ठोक्किँदा बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका ३६ वर्षीय लक्ष्मीप्रसाद मैनालीसहित १० जना घाइते हुनुभएको हो । इतेको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख ९एसपी० एकनारायण कोइरालाले जानकारी दिनुभयो । बोलेरो सडकबाट करिब १० मिटर तल खसेको छ ।
इटहरी । ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो । बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सूचना जारी गर्दै कात्तिक १४ गतेबाट लागू हुने गरि हरेक साताको एक दिन शुक्रबार बजार पसल बन्द हुने जनाएको छ । सङ्घले चाडपर्वमा उपभोक्ताको चापलाई मध्यनजर गर्दै करिब एक महिना सम्मका लागि बजार पसल शुक्रबार समेत खुला गरेको थियो । नेपालीहरूको महान पर्व दशैँ, तिहार तथा छठ जस्ता चाडमा उपभोक्ताको चाप बढी हुने भएकाले गत भदौ २७ गते शुक्रबार देखि कात्तिक ७ गतेसम्म खुलाउने निर्णय गरेको थियो । पर्वहरू सम्पन्न भएसँग
इटहरी। मेचीनगर नगरपालिका(१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । मेची राजमार्ग अन्तर्गतको चारआली(चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । कार आगजनीबारेमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । चालकले नै वन
इटहरी। पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो । महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको का उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सीप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएका उहाँले उल्ल
इटहरी । मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधार मोन्था चक्रवातका कारण वर्षा हुने र बाढीपहिरोको प्रकोप हुन सक्ने भएपछि मेची राजमार्गमा जोखिम कम गर्नका लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो । मेची राजमार्गको माइखोला (राजदुवाली) सडक खण्डसहित विभिन्न स्थानमा गत असोज १८ गतेको बाढीपहि
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक स्थानीयको भान्सा घरमा आगलागी हुँदा लाखौं रुपियाँ मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका बलबहादुर विकको भान्सा घरमा बुधबार आगलागी हुँदा लाखौंको क्षति भएको हो । स्थानीय शिक्षक निमा लामाका अनुसार विकको काठ र जस्ताको प्रयोग गरी निर्माण गरिएको भान्साघर आलगागीले पूर्णरुपमा क्षति भएको छ । सो आगलागीबाट करिब तीन लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको शिक्षक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट भान्सा घरसहित घरभित्र रहेको भाँडा वर्तन, खाद्यान्नलगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । आगलागीको कारण नखुले पनि चुल्होमा बालिएको
इटहरी । सुनसरीको सीमावर्ती क्षेत्रमा भइरहेको लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा छठ सकिएसँगै प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहितको ‘डग स्नाइपिड’ सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुने चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरु गरेको हो । यहाँ १२ जना नेपाल प्रहरीको टोली र दुई वटा कुकुरसहित प्रहरी टोलीले चेकजाँच गर्दै अभियान सुरु गरेको जनाएको छ । लागुऔषध ओसारपसार नियन्त्रण गर्न नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिन
इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङ्बुङ बजारमा विपतको पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान गरिएपछि स्थानीय ढुक्क भएका छन् । बाढीपहिरो, भूकम्प, आगलागी र वन्यजन्तु आतङ्कलगायतका सूचना घरैबाट प्राप्त गर्न थालेपछि स्थानीय ढुक्क भएका हुन् । फालेलुङ बाढीपहिरो र आगलागीका दृष्टिकोणले जोखिम क्षेत्र हो । त्यहाँ नेपाल रेडक्रस सोसाइटी र फालेलुङ गाउँपालिकाको सहकार्यमा यस्तो साइरन जडान गरिएको छ । साइरनले बाढी, भूकम्प, पहिरो र अत्यधिक वर्षा हुने सूचना दिनुका साथै सुरक्षित रहन आमसर्वसाधारणलाई सूचित गराउन थालेसँगै आफूहरू ढुक्क भएको स्थानीय महेश मगर बताउनुहुन्छ । गत दसैँमा भारी वर्षा भइरहँदा मध्
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा “अरुण बहुमुखी क्याम्पस” सञ्चालनमा आउने भएको छ। उक्त क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कला, कानुन र शिक्षा संकायबाट औपचारिक मान्यता प्राप्त भएको गाउँपालिकाले जनाएको छ।क्याम्पस सञ्चालनमा आएपछि भोजपुर जिल्लामा सञ्चालनमा रहेका क्याम्पसहरूको संख्या चार पुगेको छ। स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, समाजका बुद्धिजीवी र गाउँपालिकाको पहलमा वि.स २०७९ सालदेखि नै क्याम्पस स्थापना र सञ्चालनका तयारी हुँदै आएको थियो।क्याम्पस सञ्चालनपूर्व आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक र सरोकारवालासँग शैक्षिक कार्यक्रम, सुविधा, छात्रव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.