All Posts By कोशी प्रेस

    Showing ३,८४१-३,८५० of १२,८६८ items.
  • फाल्गुनन्दलाई हराउँदै कुम्मायक फाइनलमा

    पाँचथर — जारी ८औं तरुण गोल्डकप फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।कुम्मायकका लागि दिल सम्हाम्फेले दुई गोल गर्दै टोलीलाई जित दिलाए। दुबै गोल सुशिल लावतीको पासमा आएका थिए। खेलको पहिलो हाफमै आक्रमक सुरुवात गरेको कुम्मायकले बलमा नियन्त्रण राख्दै लगातार अवसर सिर्जना गर्‍यो। फाल्गुनन्दका खेलाडीहरूले रक्षा मजबुत बनाउने प्रयास गरे पनि कुम्मायकको संयोजन र तालमेल बलियो रह्यो।दोस्रो हाफमा पनि कुम्मायकले खेलको लय आफ्नो पक्षमा राख्न सफल रह्यो

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ६४५ पटक पढिएको
  • लोअर मुन्दुम ट्रेलको एक्सप्लोरेसन सम्पन्न, अब बन्ने ट्रेकिङ म्याप र यात्राको इटिनररी

    इटहरी । ग्रेटर मुन्दुम ट्रेल अन्तर्गतको लोअर मुन्दुम ट्रेलको स्थलगत अध्ययन तथा अन्वेषण कार्य सम्पन्न भएको छ । गएको असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको नेतृत्वमा अध्ययन तथा अन्वेषणको काम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रमेश राईको नेतृत्वमा कार्यसमिति सदस्य वीरबहादुर राई, साल्पा पोखरी विकास समितिका अध्यक्ष वीरकुमार राई, करिना राई र पवन राई सहितको टोलीले स्थलगत अध्ययन गरेको थियो । टोलीले ट्रेकिङ म्याप निर्माणका लागि जीपीएस प्रविधिबाट डाटा संकलन गरेको र पदमार्गमा पर्ने विभिन्न पर्यटकीय आकर्षणहरूको फोटो, भिडियो र सूचनात्मक विवरण संकलन गरेको

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ३६१ पटक पढिएको
  • पथरी शनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय इन्ट्रा गोल्डकप कार्तिक १५ गतेदेखि सुरु हुने

    इटहरी । पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ हुने भएको छ । उक्त प्रतियोगिताको औपचारिक घोषणा हरियाली सामुदायिक वनको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत गरिएको हो । पत्रकार सम्मेलनमा आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टिमहरू सहितका राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय क्लबहरू प्रतियोगितामा सहभागि बन्ने बताउनुभयो । उहाँका अनुसार उद्घाटन खेलमा सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो विजेता टोलीलाई ५ लाख रुपैयाँ नगद पु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ४४८ पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो । त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ४९१ पटक पढिएको
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल द्धारा सरकारले घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चूनाव बाहेक अर्को बिकल्प नरहेको भन्दै तोकिएको समयमा चूनाव गराउन सरकार सफल हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा राख्नुभयो । यद्दपी निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरि तयारी भने गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ४१६ पटक पढिएको
  • मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताउनुभयो ।  आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उहाले बताउनुभयो । उहाले मंसिर ७ गते दिल्लीमा दलहरु र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेको अवस्थामा आएपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा कसै

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ४५५ पटक पढिएको
  • नेपालमा सामाजिक सञ्जाल बन्द नहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल द्धारा स्पष्ट

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभएको छ । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघ संस्थासंस्थाहरुसंगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाललाई व्यबस्थीत र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उहाले बताउनुभयो ।  मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । उहाले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूच

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • १८६ पटक पढिएको
  • अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं लगिदैँ

    काठमाडौं । सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ । ९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकोप्टर बिहान ७ः४१ बजे लुक्लाबाट लोबुचेका लागि उडेको थियो र अवतरणको क्रममा बिहान ७ः५२ बजे दुर्घटनामा परेको थियो । कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको र क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • २६२ पटक पढिएको
  • करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु

    इटहरी । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् ।  नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो । संघीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत कात्तिक १ गतेदेखि एकसय ३८ कर्मचारीलाई एकैसाथ नगरपालिकाले निकालेपछि कर्मचारीमा आश्रित परिवारको बिचल्ली भएको बताइएको छ ।  बुधबार कार्यालय खुलेपछि करार सेवा रद्द गरिएका कर्मचारीले आएर नगरपालिकाको मुख्य गेटनजिक बसेर धर्ना सुरु गरेका हुन् । उनीहरुले करार सेवा रद्द नगर्न र पूर्ववत अवस्थामा काम गर्न पाउनु पर्ने एक सूत्रीय माग अघि सारेका छन् । उनीहरुको मागलाई कतिपय कार्यापाल

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • १६६ पटक पढिएको
  • मेहनती वडाध्यक्षको कमालस् अलैंची खेतीबाट ३६ लाखभन्दा बढी आम्दानी

    इटहरी । खोटाङको सावाकटहरेका वडाध्यक्ष जेफर राईले उदाहरणीय काम गरेका छन्। कुर्सीमा बसेर निर्देशन दिने परम्परागत वडाध्यक्षभन्दा फरक, उनले यस सिजनमा ४० मन अलैंची बेचेर ३६ लाख ८० हजार रुपैयाँ आम्दानी गरेका छन्। वडाध्यक्ष राईले ३० वर्षअघि बुबाले सुरु गरेको अलैंची खेतीलाई ुजोनिया बहुउद्देश्य कृषि फर्मु मार्फत निरन्तरता दिँदै १२५ रोपनी जग्गामा यसको विस्तार गरेका छन्। गत वर्षभन्दा यस वर्ष अलैंचीको उत्पादन बढेको र प्रतिमन ९२ हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। तराईबाट व्यवसायीहरू घरमै आएर अलैंची खरिद गर्ने गरेका छन्। यस पटक सावाकटहरेबाट ८ करोड रुपैयाँ बराबरको अलैंची बिक्री हुने अनुमान गरिएको

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ३६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]